"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बूढीगण्डकी बाढी : आरुघाट आधारभूत अस्पतालका बिरामी अन्तै सारिए

Table of Content

काठमाडौँ : बूढीगण्डकी नदीमा आएको बाढीको जोखिम बढेपछि गोरखाको आरुघाट आधारभूत अस्पतालमा भर्ना भएका बिरामीलाई एम्बुलेन्समार्फत सुरक्षित स्थानमा सारिएको छ।

गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका अनुसार हाल  आरूघाट आधारभूत अस्पतालमा उपचाररत बिरामीहरूलाई एम्बुलेन्स मार्फत सुरक्षित स्थानमा सारिएको छ भने अस्पतालका कर्मचारीहरूलाई पनि सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ। स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय युवा क्लब र स्वास्थ्यकर्मीहरू उद्धार तथा स्थानान्तरणमा निरन्तर खटिएका छन्। हालसम्म कुनै मानवीय क्षति नभएको स्वास्थ्य शाखाले जनाएको छ।   

नदी करिडोरमा उच्च सतर्कता अपनाउन आग्रहबाढीको दोस्रो लहर तलतिर सरिरहेकाले गण्डकी प्रदेश सरकार र स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अपिल गरिएको समेत जनाइएको छ। 

विशेष गरी चुमनुब्री (लोका र छुलिङबीचको क्षेत्र), जगत, सल्लेरी, माछाखोला, दोभान, तातोपानी, खोलार्बेंसी तथा आरूघाटदेखि त्रिशूली दोभानसम्मको नदी करिडोरका बासिन्दा, पर्यटक, पदयात्री र होटेल व्यवसायीहरूलाई नदी किनार तथा जोखिमयुक्त बाटोमा नजान आग्रह गरिएको छ।  

गोरखा, लमजुङ र तनहुँका जिल्लास्तरीय द्रुत प्रतिकार्य टोली (आरआरटी) र आपत्कालीन चिकित्सकीय टोली (इएमटी) लाई जुनसुकै परिस्थिति सामना गर्न तयारी अवस्थामा राखिएको गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

यस्तै सम्भावित जोखिमलाई मध्यनजर गर्दै गोरखा, लमजुङ र तनहुँ जिल्लाका जिल्ला स्तरीय द्रुत प्रतिकार्य टोली (आरआरटी)) र प्रदेश अस्पताल, गोरखा, तनहुँ र लमजुङका आपतकालीन चिकित्सकीय टोली (इएमटी) तयारी अवस्थामा रहनका साथै गोरखा जिल्लाका सम्बन्धित स्थानीय तहका आरआरटीलाई तयारी अवस्थामा रहन प्रदेश स्वास्थ्य जनस्वास्थ्य कार्यालय, गोरखाबाट आवश्यक समन्वय, सहकार्य गर्न, जोखिम अवस्थालाई मध्यनजर गर्दै उल्लिखित तीन वटै जिल्लाका जनस्वास्थ्य कार्यालयहरूले निरन्तर अद्यावधिक सूचना प्रवाह गर्नुहुन, प्रदेश स्तरबाट हुनसक्ने सहयोग तथा अत्यावश्यक स्वास्थ्य सामग्री, आपूर्ति व्यवस्थापनका लागि समेत जानकारी गराउन गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयबाट अनुरोध गरेको छ।

बूढीगण्डकीको बाढीको पहिलो लहर र सो पश्चात्को दोस्रो लहरले फिलिम, सल्लेरी, जगत र माछाखोलाका स्वास्थ्य संस्थाहरू माथिल्लो उचाइमा रहेकाले कम जोखिममा रहेको सम्बन्धित स्वास्थ्य शाखाबाट जानकारी भएको समेत प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलको अग्रता कायमै

काठमाण्डाै – कांग्रेस महामन्त्री पदको मतगणना चलिरहँदा प्रदीप पौडेलले अग्रता कायमै राख्नुभएकाे छ । पछिल्लो मत परिणामअनुसार पौडेलले १ हजार ३७० मत प्राप्त गर्नुभएको छ । महामन्त्री पदकै प्रतिस्पर्धामा रहनुभएका उदयशमशेर राणाले अमरसिंह पुनलाई पछि पार्नुभएको छ । पछिल्लो परिणामअनुसार राणाले ७८३ मत प्राप्त गर्दा पुनले ६८७ मत पाउनुभएको छ । यस्तै अर्का प्रतिस्पर्धी सुनिल...

भारतमा ‘कक्रोच’ आन्दोलनका संस्थापकसहित ३ जना नेता रिहा

भारतमा निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने तयारीमा रहेका युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनका संस्थापक अभिजीत दिप्केसहित तीन जना नेता आज रिहा भएका छन् । नयाँ दिल्लीमा हिजो आयोजना गर्ने भनिएको बृहत् प्रदर्शन रोक्ने उद्देश्यले उनीहरूलाई नियन्त्रणमा लिइएको एक दिनपछि रिहा गरिएको हो । कक्रोच जनता पार्टी (सीजेपी) की मुख्य कानूनी सल्लाहकार रत्ना सिंहका अनुसार कार्यकारी मजिस्ट्रेटको अदालतले...

विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा : प्रतिवेदन

काठमाण्डाै – नेपालमा पछिल्लो एक दशकमा बालविवाहको दर घटे पनि अति विपन्न परिवारका किशोरी अझै धेरै जोखिममा रहेका संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) को प्रतिवेदनले देखाएको छ । अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा युनिसेफले सार्वजनिक गरेको ‘नेपालमा बालविवाह अन्त्यका लागि एक दशकको तथ्याङ्क र एक आह्वान’ नामक नयाँ पैरवी प्रतिवेदनअनुसार २० देखि २४ वर्ष उमेर समूहका १८...

सानेपामा उपसभापति र महामन्त्रीको मतगणना

तपेटिककाबारे विवाद सिर्जना भएसँगै प्रभावित भएको कांग्रेस १५ औँ महाधिवेशन अन्तर्गत पदाधिकारीहरुको मतगणना सुरु भएको छ । शनिबार ढिला गरी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको मतगणना मतपेटिकाको विवादसँगै केही समय प्रभावित भएको थियो । मतगणना अगाडि बढाउने बित्तिकै सिल नगरिएको मतपेटिका भेटिएपछि विवाद सुरु भएको थियो । मधेस प्रदेशको सिल नगरेको बाकस भेटिएको थियो भने मुचुल्का...

बूढीगण्डकी बाढी : आरुघाट आधारभूत अस्पतालका बिरामी अन्तै सारिए

काठमाडौँ : बूढीगण्डकी नदीमा आएको बाढीको जोखिम बढेपछि गोरखाको आरुघाट आधारभूत अस्पतालमा भर्ना भएका बिरामीलाई एम्बुलेन्समार्फत सुरक्षित स्थानमा सारिएको छ। गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका अनुसार हाल  आरूघाट आधारभूत अस्पतालमा उपचाररत बिरामीहरूलाई एम्बुलेन्स मार्फत सुरक्षित स्थानमा सारिएको छ भने अस्पतालका कर्मचारीहरूलाई पनि सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ। स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय युवा क्लब...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०