"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

चाडपर्व लक्षित सुरक्षा योजना लागू : सार्वजनिक गाडीमा यान्त्रिक परीक्षण रिपोर्ट अनिवार्य

Table of Content

काठमाण्डौ – बडादशैँ, दीपावली, नेपाल संवत् र छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्व लक्षित सुरक्षा योजना–२०८३’ लागू गरेको छ ।

देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार चोरी, डकैती, जुवातास तथा सट्टेबाजी, सीमा अपराध, तस्करी, भन्सार छली, बैंक तथा वित्तीय संस्थामा हुने लुटपाट, कालोबजारी, कृत्रिम अभाव, म्याद गुज्रिएका तथा मिसावटयुक्त वस्तुको बिक्री, हुण्डी र नक्कली नोटको कारोबार नियन्त्रणलाई प्रहरीले प्राथमिकतामा राखेको छ ।

चाडपर्वका समयमा यात्रुको सहज आवागमनका लागि ४ सय ८ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । यस्तै, अन्तर्राष्ट्रिय सीमा नाकामा १ सय ८ सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

काठमाण्डौमा उपत्यका, प्रदेश र जिल्ला प्रहरी कार्यालयमा कमाण्ड पोस्ट स्थापना गरी प्रहरी परिचालनको व्यवस्था मिलाइएको छ । चाडपर्वमा ठूलो संख्यामा यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिने भएकाले गाडी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सार्वजनिक यातायातमा विशेष निगरानी गर्ने भएको छ ।

प्रहरीका अनुसार सार्वजनिक गाडीले यात्रु बोकेर लामो दूरीमा सञ्चालन हुनुअघि सात दिनभित्र गरिएको यान्त्रिक परीक्षण रिपोर्र्ट पेस गर्नुपर्नेछ । प्रहरीले नेपालमा पहिलोपटक यस्तो रिपोर्ट अनिवार्य गर्न लागेको जनाएको छ ।

यस्तै, चालकको लाइसेन्स जाँच, लामो दूरीका गाडीमा दुई जना चालकको व्यवस्था र क्षमताभन्दा बढी यात्रु नराख्ने नियमलाई कडाइका साथ कार्यान्वयन गरिनेछ ।

चाडपर्वका क्रममा हुन सक्ने बाढी, पहिरो, दुर्घटना तथा अन्य विपद्का घटनामा तत्काल उद्धार तथा राहतका लागि विपद् व्यवस्थापन गुल्मका प्रहरी कर्मचारीलाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

पूर्व उपमेयर लामाको पहलमा अग्निपीडित चेपाङ परिवारको घर निर्माण हुँदै

राप्ती। राप्ती नगरपालिका–१ मखरानीका अग्निपीडित अति विपन्न जयबहादुर चेपाङको घर निर्माण कार्य सुरु भएको छ। पूर्व उपमेयर इमानसिंह लामाको विशेष पहल तथा पास्टरद्वय दिनेश चेपाङ र उमेश चेपाङको संयोजनमा चेपाङको घर निर्माण गर्न लागिएको हो।केही समयअघि भएको आगलागीबाट चेपाङको घर पूर्ण रूपमा क्षति भएपछि उनको परिवार अहिले त्रिपालमुनि रातदिन बिताउन बाध्य छ। विपन्न परिवारको अवस्थालाई...

विपद्पछिको पुनर्निर्माण : अवसर, समन्वय र दिगो विकासको खाँचो

रसुवाको भोटेकोशी बाढीले बागमती प्रदेशका विभिन्न क्षेत्रमा ठुलो जनधनको क्षति पुर्‍यायो । बाढीले क्षति पुगेको ३ महिना बितिसक्दा पनि पीडित नागरिकको जनजीवन अझै सामान्य बन्न सकेको छैन । कतिपय प्रभावितहरू अझै पनि अस्थायी टहरा र टेन्टमुनि रात काट्न बाध्य छन् । विपद्पछिको राहत, उद्धार र पुनर्निर्माणमा देखिएको सुस्तता तथा अन्योलका बिच विपद्ले निम्त्याएको क्षति अपूरणीय...

रत्ननगरको सार्वजनिक सुनुवाइमा सडक, शिक्षा, फोहोर व्यवस्थापनदेखि रोजगारीसम्म सुधार गर्न नगरवासीको सुझाव

रत्ननगर । रत्ननगर नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाइमा नगरवासीले नगरको समग्र विकासका लागि सुझाव दिएका छन् । २०८३ साउनदेखि कात्तिक मसान्तभित्र भएका कामकारबाहीको समीक्षा गर्दै नगरवासीको सुझाव सङ्कलनका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको थियो ।कार्यक्रममा नगरवासीले सडक, ढल विकास, फोहोर व्यवस्थापन, पार्किङ व्यवस्थापन, डिजिटल बोर्ड, सार्वजनिक शौचालय, शैक्षिक गुणस्तर वृद्धि,...

दुई किलोभन्दा धेरै सुनसहित त्रिभुवन विमानस्थलबाट दुई जना चिनियाँ महिला पक्राउ

काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलोभन्दा धेरै सुनसहित दुई जना चिनियाँ महिला पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चीनको ग्वाङडोङ स्थायी ठेगाना भएकी ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन सिनपिङ रहेका छन् । हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत गएराति काठमाण्डौ आइपुगेका उनीहरूलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले समातेको हो । प्रहरीका अनुसार उनीहरुको साथबाट...

कैलालीमा किसानबाट १५ हजार ८५२ क्विन्टल धान खरिद

काठमाण्डौ – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका ६ वटा खरिद उपकेन्द्रमार्फत किसानको १५ हजार ८५२ क्विन्टल धान खरिद गरेको छ । कार्यालयका प्रमुख दीपक थापाकाअनुसार यही मंसिर १ गतेदेखि शुरु भएको धान खरिद प्रक्रियाअन्तर्गत अहिलेसम्म झण्डै १६ हजार क्विन्टल धान खरिद गरिएको हो । सरकारले चालू आर्थिक वर्ष २०८३/८४ का...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०