"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

विश्वकप फुटबलमा मेक्सिकोको विजयी सुरुआत, उद्घाटन खेलमै ३ खेलाडीले पाए रातो कार्ड

Table of Content

विश्वकप फुटबलमा मेक्सिकोको विजयी सुरुआत, उद्घाटन खेलमै ३ खेलाडीले पाए रातो कार्ड

काठमाण्डौ – फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलले पराजित गरेको छ ।

मेक्सिको सिटी रङ्गशालामा आज बिहान सम्पन्न समूह ‘ए’ को खेलमा जुलियन क्विन्योनेस र राउल हिमेनेजले गोल गरे । खेलको नवौँ मिनेटमा जुलियन क्विन्योनेसले पहिलो गोल गरेका थिए । खेलको ६० औँ मिनेटमा राउल हिमेनेजलाई फल गरेपछि दक्षिण अफ्रिकाका याया सिथोले सिधै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए ।

त्यसपछि १० खेलाडीमा सीमित बनेको दक्षिण अफ्रिकाविरुद्ध खेलको ६७ औँ मिनेटमा मेक्सिकोका राउल हिमेनेजले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको अन्त्यतिर तनावपूर्ण अवस्था देखिएको थियो । खेलको ८४औ मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले भीएआर समीक्षापछि रातो कार्ड पाए ।

इन्जुरी समयमा मेक्सिकोका सेजार मोन्टेसले पनि रातो कार्ड पाएपछि मेक्सिको पनि १० खेलाडीमा सीमित भयो ।  जीतसँगै मेक्सिकोले समूह ‘ए’ मा महत्त्वपूर्ण तीन अंक जोडेको छ । यसै समूहअन्तर्गत अर्को खेलमा दक्षिण कोरिया र चेकियाबीच नेपाली समयअनुसार अहिले बिहान ७:४५ बजे प्रतिस्पर्धा हुदैछ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

एभरेष्ट बैंकले सुरु गर्‍यो नेपाल भारत क्रस बोर्डर रियल टाइम ‘पीटुपी’ रेमिट्यान्स सेवा

काठमाडौं-  नेपाल र भारतबीच अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौता भएसँगै एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘इबीएल टच २४’ मार्फत नेपाल र भारतबीच ‘रियल-टाइम क्रस-बोर्डर (पीटुपी) रेमिट्यान्स सेवा’ औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। यो डिजिटल सेवाको सुरुवातसँगै अब दुवै देशका नागरिकहरूले अत्यन्तै छिटो, सरल र सुरक्षित रूपमा तत्कालै रकम आदानप्रदान गर्न सक्ने जनाइएको छ।  नयाँ व्यवस्थाअनुसार...

गुल्मीको छल्दीपनाहमा गाडी दुर्घटना

२९ जेठ, गुल्मी । गुल्मीको छल्दीपनाह भन्ने ठाउँमा गाडी दुर्घटना भएको छ । बागमती प्रदेश ०१–०२६ च ८२७० नम्बरको निजी गाडी सडकमै पल्टिएको हो । प्रत्यक्षदर्शीका अनुसार आफैं अनियन्त्रित भएर गाडी सडक किनारमा पल्टिएको हो । दुर्घटनाको कारण पनि खुलेको छैन । प्रहरीले दुर्घटनाका कारण मानवीय क्षति नभएको र अनुसन्धान जारी रहेको जनाएको छ ।

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रलाई कोभिडपछिकै कमजोर अवस्थामा पुर्‍याउने विश्व बैङ्कको चेतावनी

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रलाई कोभिडपछिकै कमजोर अवस्थामा पुर्‍याउने विश्व बैङ्कको चेतावनी काठमाण्डौ – मध्यपूर्वमा चलिरहेको इरान-अमेरिका द्वन्द्वका कारण विश्व अर्थतन्त्र कोभिड–१९ महामारीपछिकै सबैभन्दा सुस्त वृद्धिदरतर्फ जाने जोखिम बढेको भन्दै विश्व बैङ्कले चेतावनी दिएको छ ।  विश्व बैङ्कले सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स प्रतिवेदनमा सन् २०२६ का लागि विश्व आर्थिक वृद्धिदरको अनुमान २.९ प्रतिशतबाट घटाएर २.५...

सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो काठमाण्डौ – हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाउ तोलमा ५ हजार ३०० रुपैयाँले बढेको छ । हिजो ५ हजार १०० रुपैयाँले घटेको सुनको भाउ आज ५ हजार ३०० रुपैयाँले बढेर तोलाको २ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  हिजो सुनको भाउ तोलाको २ लाख...

विश्वकप फुटबलमा दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले हरायो

विश्वकप फुटबलमा दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले हरायो काठमाण्डौ – फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।  मेक्सिकोको ग्वादालाहारा रङ्गशालामा सम्पन्न खेलमा दक्षिण कोरियाले उत्कृष्ट प्रदर्शन गर्दै महत्त्वपूर्ण तीन अङ्क हात पारेको हो ।  पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०