२०८३ जेठ २४ गते आइतबार
मेषः शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ, अतिथिको रूपमा सत्कार पाइनेछ, सोचेअनुसार काम बन्दै जानेछ ।
वृषः आर्थिक पक्ष सदृढ हुंंदै जानेछ । अनुहारमा कान्ती, मनमा शान्ति छाउने छ, वैदेशिक कार्यमा सफलता प्राप्त हुनेछ ।
मिथुनः धार्मिक तथा सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ, तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ, रमाइलोमा समय व्यतीत हुनेछ ।
कर्कटः आफ्नै कमजोरीले इष्टमित्रहरु टाढिन सक्नेछन्, विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ, लेनदेनमा सजग बन्नुपर्ने समय छ ।
सिंहः चलअचल सम्पत्ती हात पर्ने योग रहेको छ, भौतिक साधन जुट्नाले पेशा–व्यवसायमा उत्साहजनक परिवर्तन आउनेछ, मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
कन्याः उद्योग व्यापार व्यावसाय फस्टाउला, उठ्नुपर्ने रकम हातलागी हुनेछ । धन सम्पत्तीको लाभ हुनेछ ।
तुलाः आफ्ना सहपाठीहरूलाई उछिन्दै पुरस्कार एवं प्रशंसा आदि प्राप्त गर्न सकिनेछ, समय तपाईंको पक्षमा रहला ।
बृश्चिकः बोलीको विपरीत अर्थ लाग्न सक्नेछ, अवसरले पछ्याए पनि मौकाको फाइदा उठाउन निकै मिहिनेत गर्नुपर्ला, नसोचेको ठाउँमा धन खर्च हुन सक्ने ।
धनुः धन वस्त्र अलंकार प्राप्तीको योग रहेको छ, मित्रवर्गबाट पूर्ण सहयोग मिल्नेछ । अरुको मन सजिलै जितेर काम बनाउन सकिएला ।
मकरः कुटम्ब तथा आफन्तजनको सुख सहयोग पाइनेछ, मनमा उत्साह बढेर आउने जानेछ, दैनिक काम सुचारु रहला ।
कुम्भः अभिष्ट कार्य सिद्धि हुने समय छ, एउटै कामबाट दोहोरो लाभ मिल्नेछ, अनुहारमा कान्ती, मनमा शान्ति छाउने छ ।
मीनः खुसी मनले काम गर्ने प्रयत्न गरिनेछ, सकेसम्म समयानुकूल रहने प्रयास गर्नु राम्रो पक्ष हुन आउने छ, गरेका काममा सफलता प्राप्त हुनेछ ।
