"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सर्वोच्चको ऐतिहासिक आदेश : विदेशबाट पनि बयान र बकपत्र गर्न दिनू

Table of Content

काठमाण्डौ – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान, बकपत्र गराउन सकिने ऐतिहासिक आदेश गरेको छ । 

न्यायाधीशद्वय हरि फुयाँल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको प्रयोगले भौगोलिक सिमानालाई सङ्कुचित गरिरहेको अवस्थामा न्याय सम्पादनको सहजताका लागि विदेशबाट अनलाइन बयान, बकपत्र गर्न सकिने आदेश गरेको हो । अदालतले विदेशमा रहेका नेपालीलाई दूतावास वा कूटनीतिक निकायमा उपस्थित भई नेपालमा चलिरहेको मुद्दामा बयान र बकपत्र गर्न पाउने सुविधा दिनुपर्ने ठहरसहित आदेश गरेको हो । 

आदेशसँगै अध्ययन वा रोजगारीका लागि विदेशमा रहेका लाखौँ नेपालीलाई भौतिक रूपमा अदालत उपस्थित हुँदा लाग्ने समय र आर्थिक स्रोतको बचत भई राहत पुग्ने भएको छ । सर्वोच्च अदालतले धरौटी वा जमानत बुझाउनुपर्ने भएमा प्रतिवादीले सम्बन्धित दूतावासको खातामा वा नेपालस्थित कानुनी वारिसमार्फत अदालतमा रकम दाखिला गर्न सक्ने व्यावहारिक विकल्प पनि दिएको छ । 

यसअघि विशेष अदालत काठमाण्डौका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले भ्रष्टाचारसम्बन्धी मुद्दामा दुई सदस्य श्रेष्ठ र थापाले विदेशबाट अनलाइनमा बयान, बकपत्र गर्न अनुमति दिन नसकिने र अध्यक्ष कुँवरले अनुमति दिन सकिने राय दिनुभएको थियो । 

यो मुद्दामा भएको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन परेको थियो । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने

काठमाडौँ । सरकारले कर्णालीमा विद्युत् अवरुद्ध हुने समस्या समाधानका लागि ‘यान्त्रिक क्रेन’ पठाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको पहलमा कर्णालीमा विद्युत् आपूर्तिमा भइरहेको अवरोधलाई समाधान गर्न ‘यान्त्रिक क्रेन’ पठाउने निर्णय गरेको हो । कर्णाली प्रदेशमा लाइन ट्रिपिङका कारण पटक–पटक विद्युत् अवरोध हुने समस्या र मर्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेन पठाउने निर्णय...

स्पेनका पूर्वप्रधानमन्त्रीले फ्रान्सेली विश्वकप टोलीबारे गरे ‘रंगभेदी’ टिप्पणी

काठमाडौं । स्पेनका पूर्वप्रधानमन्त्री मारियानो राजोयले फ्रान्सको राष्ट्रिय फुटबल टोलीमा कोही वास्तविक फ्रान्सेली खेलाडी नरहेको आशयको टिप्पणी गरेका छन् । योसँगै स्पेन र फ्रान्स दुवै देशमा उनको व्यापक आलोचना भइरहेको छ । स्पेनले मंगलबार (नेपाल समयानुसार बुधबार बिहान) विश्वकपको सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्दै छ । आइतबार स्पेनिस अनलाइन समाचारमाध्यम एल डिबेटमा प्रकाशित एक विचार लेखमार्फत...

सुनचाँदीको भाउ घट्यो,  सुन तोलको २ लाख ८५ हजार २०० रुपैयाँमा कारोवार

काठमाण्डौ — सुनचाँदीको भाउ आज घटेको छ । हप्ताको दोश्रो कारोबार दिन आज सुन २ हजार ८०० रुपैयाँले घटेर तोलाको २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ २ लाख ८८ हजार रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ...

खरबुजाको बीउ बरामद गर्न एसपीकै कमान्डमा ५५ प्रहरी परिचालन

झापा — भद्रपुर नगरपालिका–३ को एक निजी घरमा छापा मारेर ९ सय ४८ बोरा खरबुजाको बीउ बरामद गर्न जिल्ला प्रहरी प्रमुख (एसपी) वसुन्धरा खड्काकै कमान्डमा ५५ जना प्रहरी परिचालन गरिएको छ । सामान्यतया यस्ता बरामदमा सीमित प्रहरी टोली खटिने भए पनि यसपटक जिल्ला प्रहरी कार्यालयले उच्च तहको कमान्ड र ठूलो संख्यामा जनशक्ति परिचालन गरेपछि अपरेसनको संवेदनशीलताबारे...

मोदी खोलाको बाढीले घर–रेष्टुरेन्ट बग्यो, घान्द्रुक सडक अवरुद्ध

काठमाण्डौ —  कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा रहेको किम्रुङ खोलामा आएको  लेदोसहितको आकस्मिक बाढीका कारण मोदी खोलाको जलसतह एक्कासी बढ्दा नदी किनारका घर, रेष्टुरेन्ट तथा सडकमा ठूलो क्षति पुगेको छ । बाढीका कारण प्रसिद्ध पर्यटकीय गन्तव्य घान्द्रुक जाने नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने मोदी खोलामा सञ्चालित चारवटा जलविद्युत् आयोजनाले विद्युत् उत्पादन बन्द गरेका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०