"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

एसियामा ऊर्जा संकटको आँधी र रुसी रणनीति

Table of Content

मे २०२६ पछि एसिया एकैसाथ उत्पन्न हुने अनेकौँ संकटहरूको केन्द्रबिन्दु बन्ने छ । हाल फिलिपिन्सले ऊर्जा आपूर्तिसम्बन्धी राष्ट्रिय संकटकाल घोषणा गरेको छ । अघिल्ला झट्काहरूबाट मुस्किलले उकासिन थालेको श्रीलङ्का अहिले, जहाँबाट भएपनि पेट्रोलियम लिने प्रयासमा छ । तर सबैको शर्त के छ भने पेट्रोलियम पदार्थ होर्मुज जलडमरुको नाकाबन्दीभन्दा बाहिरबाट आउनुपर्छ ।

हङकङ र सियोलका शेयर बजार सूचकाङ्कहरूमा क्रमशः हरियो संकेतमा देखिरहेका छन् । किनभने मध्यपूर्वको द्वन्द्व क्रमशः अब शान्त हुँदै जाने अपेक्षा गरिएको छ । तर यी शीर्ष समाचारहरूको पछाडि अझ गहिरो र आधारभूत परिवर्तनको रूपरेखा देखा पर्न थालेको छ । 

एशियाले केवल आफ्नो ऊर्जा आपूर्ति मार्गहरूको मात्र होइन, सम्पूर्ण आर्थिक सम्बन्धहरूको संरचनाकै पुनर्मूल्यांकन गरिरहेको छ । र, यही उथलपुथलपूर्ण प्रवाहबिच रुस, एक अप्रत्याशित लाभग्राहीका रूपमा उभिएको देखिन्छ ।

पुरानो आपूर्ति शृङ्खलाको विघटन

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले त्यस्तो सम्बोधन गरेका छन्, जुन एक वर्षअघि मात्रै सुनिएको भए त्यो कुनै ‘डिस्टोपियन’ कथाको पटकथा जस्तो लाग्थ्यो । ऊर्जा क्षेत्रमा आपत्कालीन अवस्था लागू गरिएको छ । इन्धन वितरण व्यवस्थापन गर्न विशेष समिति गठन गरिएको छ र मोटरसाइकल ट्याक्सी चालकहरूलाई प्रतिव्यक्ति ८३ अमेरिकी डलर प्रदान गरिएको छ । केवल यातायात प्रणाली पूर्ण रूपमा ठप्प हुनबाट जोगाउनका लागि ।

सम्पूर्ण अवस्थाको मुख्य कारण होर्मुज जलडमरू बन्द हुनु हो । पहिले यसबाट दक्षिण–पूर्वी एसियातर्फ जाने आपूर्तिको अत्यन्त ठुलो हिस्सा पार हुन्थ्यो । आपूर्ति शृङ्खलाहरू विखण्डित भएका छन्, पेट्रोल र डिजेलको मूल्य आकासिएको छ र मनिलालाई कालोबजारी तथा अत्यधिक मागको विरुद्ध प्रत्यक्ष रूपमा हस्तक्षेप गरेर संघर्ष गर्न बाध्य हुनुपरेको छ ।

यसैबिच, श्रीलङ्काले युआनमा रुसी पेट्रोलियम खरिद गर्ने स्पष्ट पारेको छ । यो वक्तव्य छोटो भए पनि यसको अर्थ अत्यन्त गम्भीर र आश्चर्यजनक छ । केही समयअघिसम्म पूर्ण रूपमा डलर प्रणालीमा निर्भर रहेको एउटा सानो द्वीपीय राष्ट्रले जानाजानी वैकल्पिक मुद्रालाई रोजेको छ । 

एशियाका विभिन्न देशका सरकारहरू इन्धनको तीव्र खोजीमा सक्रिय भइरहेका बेला, रुसले फरक तर समान ढंगको गम्भीर समस्या झेलिरहेको छ । त्यो हो– श्रमिक अभाव । पछिल्ला पाँच वर्षमा देशको मानव संसाधन भण्डार ७ मिलियनबाट घटेर ४ मिलियनमा पुगेको छ । अर्थात् झन्डै आधा संख्यामा जनशक्ति श्रृणात्मक भइरहेको छ । 

श्रीलङ्काका ऊर्जा मन्त्रीले यसो गर्नुको व्यवहारिक कारणबारे स्पष्ट पार्दै भनेका छन्, ‘रुसी पेट्रोलियम मध्यपूर्वको पेट्रोलियम भन्दा सस्तो छ र पश्चिमी वित्तीय माध्यमहरूलाई छल्दै व्यापार गर्न चाहनेहरूका लागि आजका दिन युआन सबैभन्दा सुविधाजनक कारोबारको साधन बनेको छ ।’

यस विषयमा कोलम्बो एक्लो छैन । पाकिस्तानले पनि मस्कोसँग युआनमै भुक्तानी गरिरहेको छ । भारतीय तेल प्रशोधन उद्योगहरूले पनि यही सम्भावनाको अध्ययन गरिरहेका छन् । र, रुसी–चिनियाँ पेट्रोलियम व्यापारमा रुबल तथा युआनको संयुक्त हिस्सा ९० प्रतिशतभन्दा माथि पुगेको छ ।

जर्मन बैक डेयचे बैंकका अनुसार, मध्यपूर्वको द्वन्द्वले पेट्रोडलर एकाधिकारको अन्तिम क्षयलाई तीव्र बनाउने उत्प्रेरकका रूपमा काम गर्न सक्ने सम्भावना रहेको छ ।

रोजगारीदेखि निर्यातसम्म

एशियाका विभिन्न देशका सरकारहरू इन्धनको तीव्र खोजीमा सक्रिय भइरहेका बेला, रुसले फरक तर समान ढंगको गम्भीर समस्या झेलिरहेको छ । त्यो हो– श्रमिक अभाव । पछिल्ला पाँच वर्षमा देशको मानव संसाधन भण्डार ७ मिलियनबाट घटेर ४ मिलियनमा पुगेको छ । अर्थात् झन्डै आधा संख्यामा जनशक्ति श्रृणात्मक भइरहेको छ । 

1

यसको मुख्य कारण उत्पादन क्षेत्रमा तीव्र विस्तार हुनु हो । जबकि श्रम बजारमा पर्याप्त दक्ष विशेषज्ञहरू उपलब्ध छैनन् । साथै, धेरै कामदारहरू मस्को र सेन्ट पिटर्सबर्ग जस्ता ठूला शहरतर्फ आकर्षित भइरहेका छन् । यसका कारण अन्य क्षेत्रहरूमा जनशक्ति अभाव छ ।

प्रशोधन उद्योगमा विशेषज्ञहरूको अभाव दीर्घकालीन समस्याका रूपमा बल्झन लागेको छ । मेसिन अपरेटर, प्राविधिक कर्मचारी तथा लजिस्टिक्स विशेषज्ञहरूको संख्या पर्याप्त छैन । उद्योग–उद्यमहरूले वार्षिक १३–२० प्रतिशतसम्म तलब वृद्धि गरिरहेका छन् । तर पनि आवश्यक जनशक्ति उपलब्ध हुन सकेको छैन । आधुनिक रुसी इतिहासमा पहिलो पटक अर्थतन्त्रले श्रमशक्ति सीमितताको प्रत्यक्ष दबाब सामना गरिरहेको छ ।

यसै सन्दर्भमा सन् २०२२ मा अदाबुगा स्टार्ट कार्यक्रमले नयाँ महत्त्व प्राप्त गरेको छ । अलाबुगा विशेष आर्थिक क्षेत्रमा प्रारम्भ गरिएको यो कार्यक्रम सुरुवातमा सेवा तथा आतिथ्य क्षेत्रका पदहरूमा युवा महिलाहरूलाई आकर्षित गर्ने उद्देश्यले तयार गरिएको थियो । तर, छोटो समयमै यसले धेरै व्यापक स्वरूप ग्रहण गर्‍यो । अहिले यो एशिया, अफ्रिका तथा ल्याटिन अमेरिकाका दर्जनौँ राष्ट्रहरूसहित ८५ देश समेट्ने पूर्ण विकसित श्रम आप्रवासन माध्यममा रूपान्तरण भएको छ ।

2

कार्यक्रमलाई व्यावहारिक र पारदर्शी ढङ्गले निर्माण गरिएको छ । सहभागीहरू १८ देखि २२ वर्ष उमेर समूहका युवा महिलाहरू हुन् । उनीहरूलाई विशेष आर्थिक क्षेत्रमा रहेका उद्यमहरूमा औपचारिक रूपमा रोजगारी प्रदान गर्ने गरिन्छ । रोचक त के छ भने यहाँ रुसी, चिनियाँ, टर्किस तथा युरोपेली कम्पनीहरूको कारखाना सञ्चालन भइरहेका छन् । 

कार्यक्रममा सातवटा कार्यक्षेत्र उपलब्ध छन् । लजिस्टिक्स र उत्पादन अपरेटरदेखि लिएर क्याटरिङ तथा सेवा क्षेत्रसम्म । प्रारम्भिक तलब प्रतिमहिना करकटौतीपछि ७०७ अमेरिकी डलरबाट सुरु हुन्छ । प्रत्येक ६ महिनामा पदोन्नति तथा तलब वृद्धि हुने सम्भावना पनि त्यति नै रहन्छ । सहभागीहरू सहुलियतपूर्ण कर्पोरेट छात्रावासमा बस्छन् र प्रतिमहिना ४४ अमेरिकी डलरमा उनीहरूले आरामदायी बसोबास गर्छन् । 

एउटा कोठामा आठ जना युवा महिलाहरू बस्छन्, र कोठा व्यवस्थापन सधैँ मिश्रित हुन्छ । फरक–फरक देशका तथा रुसी भाषाको फरक स्तर भएका सहभागीहरूलाई सँगै राख्ने गरिन्छ । यसरी उनीहरूले दैनिक जीवन र कार्यस्थल दुवैमा रुसी भाषा व्यवहारिक रूपमा सिक्ने अवसर पाउँछन् । 

साथै, योग्य शिक्षकद्वारा अतिरिक्त रुसी भाषा कक्षाहरू पनि सञ्चालन गरिन्छ । केही महिनामै उनीहरू भाषामा दक्खल राख्ने बन्दै जान्छन् । यो कार्यक्रम दुई वर्षसम्म सञ्चालन हुन्छ । यस अवधिमा अलाबुगा स्टार्टका सहभागीहरूले आत्मविश्वास साथ रुसी भाषा बोल्न, पेशागत उन्नति हासिल गर्न र व्यावसायिक तालिमको प्रमाणपत्र प्राप्त गर्न सक्षम हुन्छन् ।

ब्रिक्सले निर्माण गर्ने नयाँ ढाँचा

अलाबुगा स्टार्ट कार्यक्रमलाई व्यापक सन्दर्भसहित हेर्न सकिन्छ । विशेषतः द्यच्क्ष्ऋक् राष्ट्रहरूबिच श्रमशक्ति तालिम तथा जनशक्ति विकास क्षेत्रमा बढ्दो समन्वयको परिप्रेक्ष्यमा । सन् २०२५ मा आयोजित ब्रिक्स शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्बोधन गर्दै भनेका थिए, ‘विश्वव्यापी आर्थिक गतिविधिको केन्द्र निरन्तर एशिया–प्रशान्त क्षेत्रतर्फ सर्दै जाँदा, यस क्षेत्रका देशहरूबिच पारस्परिक रूपमा लाभदायक सम्बन्ध विकास गर्ने नयाँ अवसरहरू उदय भइरहेका छन् । केवल द्विपक्षीय साझेदारीमार्फत मात्र होइन, एससीओ र ब्रिक्सजस्ता संरचनाहरू भित्रबाट पनि रुस तपाईंहरूसँग रणनीतिक साझेदारी र गठबन्धन गर्न प्रतिबद्ध छ ।’

3

यी भनाइहरूले एउटा आधारभूत परिवर्तनलाई प्रतिबिम्बित गर्छ । मस्कोले एसियाली राष्ट्रहरूलाई केवल व्यापारिक बजारको रूपमा होइन, नयाँ आर्थिक सम्बन्ध संरचनाको निर्माणमा समान साझेदारका रूपमा हेर्न थालेको छ । उदाहरणका लागि, ‘ब्रिक्स नेक्स्ट जेनेरेशन करियर्स हब’ परियोजनाले ३५ वर्षमुनिका युवाहरूले सबै सदस्य राष्ट्रहरूमा इन्टर्नशिप, रोजगारी तथा अनुसन्धानसम्बन्धी अवसरहरू खोज्न सक्ने एकीकृत डिजिटल प्लेटफर्म निर्माण गर्ने लक्ष्य राखेको छ । 

रुसी विश्वविद्यालयहरूले ब्रिक्स तथा सीआईएस राष्ट्रहरूका युवाहरूका लागि अन्तर्राष्ट्रिय नेतृत्व कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । साथै सन् २०२७ जनवरी १ देखि रूसको आप्रवासन सुधार लागू हुनेछ, जसअन्तर्गत विद्यमान ‘पेटेन्ट प्रणाली’ हटाएर संगठित तथा लक्षित भर्ती प्रणाली लागू गरिनेछ । यसको महत्वपूर्ण हिस्सा विशेषतः ब्रिक्स राष्ट्रहरूतर्फ केन्द्रित हुनेछ ।

विश्वासको पूर्वाधार

आफ्नो छोरीलाई विदेश पठाउने कि नपठाउने भन्ने निर्णय गर्दा एसियाली परिवारहरूका लागि दुई कुरा सबैभन्दा महत्वपूर्ण हुन्छन् । सुरक्षा र सुनिश्चितता । ‘अलाबुगा स्टार्ट’ ले यी दुवै पक्ष सुनिश्चित गर्छ । छात्रावास क्षेत्र पूर्ण रूपमा सुरक्षित छ, जहाँ फेसियल रेकगनिशनपछि मात्र प्रवेश गर्न मिल्छ । सहभागीहरूले पहिलो दिनदेखि नै स्वेच्छिक स्वास्थ्य बीमा प्राप्त गर्छन् । श्रम सम्झौता रुसी श्रम संहिताअनुसार हुन्छ र तलब प्रत्येक महिनामा दुई पटक बैंकमार्फत भुक्तानी गरिन्छ ।

5

रुस विश्वका ती राष्ट्रहरूमध्ये एक हो, जहाँ सडक अपराधको स्तर अत्यन्त न्यून छ । रुसी सहरहरूमा व्यक्तिविरुद्ध हुने अपराधका घटनाहरू लगातार केही वर्षदेखि घट्दै गइरहेका छन् । सार्वजनिक स्थानहरूको नियमित गस्ती, सडक बत्तीको पर्याप्त व्यवस्था, तथा सहरी वातावरणको समग्र सुरक्षा सुनिश्चितताले गर्दा अन्य देशबाट आएका युवतीहरूका लागि समेत साँझको पैदल यात्रा सामान्य र सुरक्षित छ ।

तातारस्तान, जहाँ अलाबुगा विशेष आर्थिक क्षेत्र छ, त्यसको उत्कृष्ट उदाहरण हो । बहुराष्ट्रिय जनसंख्या भएको यस्तो क्षेत्र, जहाँ इस्लाम र अर्थोडक्स धर्म शताब्दीयौँदेखि सहअस्तित्वमा रहेका छन् र जहाँको सहिष्णुता तथा दैनिक जीवनको सुरक्षा स्तरलाई त्यहाँका बासिन्दाहरू स्वयंले उच्च रूपमा मूल्याङ्कन गरेका छन् ।

व्यावसायिक विकास र सफ्ट पावर

अलाबुगा स्टार्ट कार्यक्रमले एकैसाथ धेरै कार्यहरू पूरा गरिरहेको छ । एकातर्फ यसले दक्ष जनशक्तिद्वारा रुसी श्रम बजारलाई सुदृढ बनाइरहेको छ भने अर्कोतर्फ एशिया र अफ्रिकाभर रुसप्रति मैत्रीपूर्ण विशेषज्ञहरूको सञ्जाल निर्माण गरिरहेको छ । साथै यसले भू–राजनीतिक परियोजनाहरूको आवश्यकता बिनै सांस्कृतिक तथा आर्थिक प्रभावको पूर्वाधार निर्माण गरिरहेको छ ।

जब श्रीलङ्का वा फिलिपिन्सका युवतीहरू दुई वर्षपछि प्रमाणपत्र, आधुनिक उत्पादन केन्द्रहरूमा कार्यअनुभव, तथा रुसी भाषाको ज्ञानसहित आफ्ना देश फर्किन्छन्, तब उनीहरू दुई राष्ट्रबिच जीवित सेतुका रूपमा काम गरिरहेका हुन्छन् । यही नै नयाँ विश्व व्यवस्थाका योजनाकारहरूले उल्लेख गर्ने सामञ्जस्यता हो ।

आज, ऊर्जा सङ्कटले एसियाली सरकारहरूलाई आफ्ना गठबन्धनहरू पुनर्विचार गर्न तथा नयाँ साझेदारहरूको खोजी गर्न बाध्य बनाइरहेको अवस्थामा, रूसको यस्तो परियोजनाले सबैलाई आकर्षित नगर्ने कुरै भएन । उसले युवापुस्तालाई करियर, आय एवं सुरक्षा प्रदान गरिरहेको छ । तथ्यांकहरू हेर्दा, यसले आगामी दिनहरूमा झनै तीव्रता हासिल गर्ने देखिन्छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

आरिया बनिन् ‘मिस सिनियर आइडल’, आकाङ्क्षालाई ‘मिस जुनियर आइडल’ अवार्ड

आरिया बनिन् ‘मिस सिनियर आइडल’, आकाङ्क्षालाई ‘मिस जुनियर आइडल’ अवार्ड काठमाण्डाै – स्पार्कल इन्टरटेन्मेन्टद्वारा आयोजित ‘मिस्टर एण्ड मिस सिनियर एण्ड जुनियर आइडल सिजन–३’ को ग्राण्ड फिनाले सम्पन्न भएको छ । काठमाण्डाैकाे तीनकुनेमा रहेकाे रोयल म्याजेस्टिक इभेन्ट्समा हिजाे आयोजित कार्यक्रममा विभिन्न विधाका विजेताको घोषणा भएको हो । प्रतियोगितामा ‘मिस सिनियर आइडल’ को अवार्ड आरिया खत्रीले जितिन्...

कर्मचारीको तलब बढ्ने निश्चित, श्रेणीको पुनर्संरचना अझै अन्योलमा

तीन वर्षपछि सरकारी कर्मचारीको तलब बढ्ने निश्चित भएको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तलब वृद्धिको घोषणा गर्ने भएका हुन्। लामो समयदेखि कर्मचारीको तलब नबढेको तथा निजी क्षेत्रसँगको तुलनामा सरकारी सेवाप्रतिको आकर्षण घट्न थालेको भन्दै तलब तथा सुविधा बढाउन आवश्यक रहेको निष्कर्षमा बजेट टिम पुगेको हो। तलब बढाउनै पर्ने विषयमा...

एसियामा ऊर्जा संकटको आँधी र रुसी रणनीति

मे २०२६ पछि एसिया एकैसाथ उत्पन्न हुने अनेकौँ संकटहरूको केन्द्रबिन्दु बन्ने छ । हाल फिलिपिन्सले ऊर्जा आपूर्तिसम्बन्धी राष्ट्रिय संकटकाल घोषणा गरेको छ । अघिल्ला झट्काहरूबाट मुस्किलले उकासिन थालेको श्रीलङ्का अहिले, जहाँबाट भएपनि पेट्रोलियम लिने प्रयासमा छ । तर सबैको शर्त के छ भने पेट्रोलियम पदार्थ होर्मुज जलडमरुको नाकाबन्दीभन्दा बाहिरबाट आउनुपर्छ । हङकङ र सियोलका शेयर...

हप्ताको पहिलो कारोबार दिन आज सुनचाँदीको भाउ घट्यो

हप्ताको पहिलो कारोबार दिन आज सुनचाँदीको भाउ घट्यो काठमाण्डौ – हप्ताको पहिलो कारोबार दिन आज सुनको भाउ २ हजार ८०० रुपैयाँले घटेको छ ।  अस्ति शुक्रबार २ लाख ९३ हजार ७०० रुपैयाँ रहेको सुनको भाउ आज २ हजार ८०० रुपैयाँले घटेर तोलाको २ लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...

चिनियाँ इन्जिनियरहरूले पाकिस्तानमै गएर भारत विरूद्धको युद्धमा सघाएको खुलासा

गत वर्ष भारतसँग भएको युद्धका क्रममा पाकिस्तानलाई चीनले प्रत्यक्ष प्राविधिक सहयोग गरेको खुलासा भएको छ। पहलगाममा आतंकवादी हमलामा नेपालका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएपछि भारतले मे ७ मा पाकिस्तानमा हमला गरेको थियो। पाकिस्तानले जबाफी हमला गर्दा चिनियाँ इन्जिनियरहरू पाकिस्तानमै उपस्थित भएर लडाकू विमान परिचालनमा सहयोग गरेको खुलासा भएको हो। चीनको सरकारी सञ्चार संस्था साउथ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०