"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

जेठ १४ गतेदेखि लगातार ४ दिन सार्वजनिक बिदा

Table of Content

जेठ १४ गतेदेखि लगातार ४ दिन सार्वजनिक बिदा

काठमाण्डाै – सरकारले जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा) को अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव आनन्द काफ्लेले विज्ञप्ति निकालेर जेठ १४ गते बिहीवारका दिन सार्वजनिक बिदा रहेको जानकारी दिनुभएको हो ।

सरकारले गएको फागुन १८ गते नै राजपत्रमार्फत बकर ईदमा बिदा दिने उल्लेख गरेको थियो । त्यसअनुसार मुस्लिम आयोगले जेठ १४ गते ईद परेको जानकारी गराएसँगै सरकारले बिदा दिइएको हो ।

जेठ १५ गते शुक्रवार पनि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा छ । शनिवार र आइतवार साप्ताहिक बिदा रहेकोले जेठ १४ गते बिहीवारदेखि १७ गते आइतवारसम्म लगातार ४ दिन सार्वजनिक बिदा परेको हो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सातै प्रदेशमा सुविधासम्पन्न जलन उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री शाहको निर्देशन ,अस्पतालको सेवा सुधार, सरसफाइ र बिरामीमैत्री व्यवस्थापनमा पनि जोड

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले देशका सातै प्रदेशमा सुविधासम्पन्न जलन (बर्न) उपचार केन्द्र स्थापना गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। जलनका गम्भीर बिरामीले आफ्नै प्रदेशमा समयमै विशेषज्ञ उपचार पाउने व्यवस्था सुनिश्चित गर्न प्रदेशस्तरीय बर्न सेन्टर स्थापना गर्न उनले जोड दिएका हुन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिसँग भएको छलफलमा प्रधानमन्त्री...

उद्योगमन्त्री यादवलाई प्रधानमन्त्रीले पक्राउ गर्न भने, सभापति र गृहमन्त्रीले जोगाए

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले पेट्रोलियम पदार्थको मूल्य आफूखुसी घटाएको र त्यससम्बन्धी सूचना चुहाएको आशंकामा प्रधानमन्त्री शाहले उद्योगमन्त्री गौरी कुमारी यादवलाई तत्कालै थुनेर सोधपुछ गर्न नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई निर्देशन दिएका छन् । अनियमितता गरेको आशंका लागे स्पष्टीकरण लिने वा पदबाट बर्खास्त गर्ने अभ्यास विपरीत प्रधानमन्त्री शाहले आफ्नै मन्त्रीलाई पक्राउ गर्न सिधै...

चितवनको देवघाटमा २५० मिलिमिटर भन्दा धेरै वर्षा

काठमाण्डौ – चितवनको देवघाटमा २५० मिलिमिटर भन्दा धेरै वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा चितवनको नारायणी देवघाटमा २५०.४ मिलिमिटर मापन भएको छ । बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको हो । गण्डकीको कास्कीसहित धेरै ठाउँमा ठूलो पानी परेको महाशाखाले जनाएको छ । अरू...

इरानमाथि अमेरिकी सैन्य आक्रमणः सोमबार दिउँसोसम्म कम्तीमा दुई जनाको मृत्यु

अमेरिकाले इरानमाथि सुरु गरेको सैन्य आक्रमण सोमबार दिउँसोसम्म पनि जारी रहेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् । सप्ताहन्तभर सयौं सैन्य लक्ष्यमा बमबारी गरेपछि सोमबार पनि विभिन्न क्षेत्रमा विस्फोट र आक्रमण जारी रहेको बताइएको छ । अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार स्थानीय समयअनुसार दिउँसो करिब १ः४५ बजे दक्षिणपश्चिमी इरानको अबादान सहरका तीन स्थानमा आक्रमण भएको थियो ।...

के २०३० काे विश्वकपमा ६४ टाेली सहभागी हाेलान् ?

काठमाण्डाै – विश्व फुटबलको सर्वाेच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सन् २०३० को विश्वकपमा सहभागी टोलीको सङ्ख्या ६४ पुर्‍याउने सम्भावनाबारे छलफल हुने बताउनुभएको छ । स्वीस सञ्चारमाध्मम ‘ब्लूविन’ सँगको अन्तर्वार्तामा फिफा अध्यक्षले थप १६ टोली थपेर ४८ बाट ६४ पुर्‍याउनेबारे अहिले चलिरहेको विश्वकप समाप्त भएपछि सम्बन्धित समितिहरूमा अध्ययन र छलफल हुने बताउनुभयो । उहाँका अनुसार...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०