"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

दुर्गा प्रसाईं पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुँदै

Table of Content

दुर्गा प्रसाईं पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुँदै

    काठमाडौं ।  राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ । न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ ।

    यसअघि बुधबार उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले प्रसाईंलाई पक्राउ गरेर थुनामा राख्नुको कारण मागेको थियो ।

    प्रसाईंलाई मंगलबार पर्साको वीरगन्जबाट पक्राउ गरिएको थियो ।  पर्सा प्रहरीले वीरगन्जको दियालो होटलबाट नियन्त्रणमा लिइ विद्युतीय ( इलेक्ट्रोनिक ) कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको थियो ।

    प्रसाईंको हकमा अधिवक्ता आशिष लुइटेलले जिल्ला प्रहरी कार्यालय पर्सालाई विपक्षी बनाइ सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

    admin

    admin@hamroraptifm.com https://hamroraptifm.com

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    Recent News

    Trending News

    Editor's Picks

    जापानमा नेपालीबाटै ठगिए नेपाली विद्यार्थी : दर्जनौँ विद्यार्थीको लाखौँ ठगेर भट्ट फरार

    काठमाडौँ । जापानमा रहेका नेपाली विद्यार्थीहरूलाई काम लगाइदिन्छु भन्दै एक नेपालीले दर्जनौँ विद्यार्थीलाई ठगेको पाइएको छ । नुवाकोट घर भएर अहिले जापानको टोकियो बस्दै आएका प्रदिप भट्ट कलेज पास भएका विद्यार्थीहरूलाई फर्जी डकुमेन्ट देखाएर पैसा उठाएपछि फरार भएका छन् । भट्टलाई पैसा बुझाएका विद्यार्थीहरू भने विचल्लीमा परेका छन् । दर्जनौँ विद्यार्थीहरूलाई भिसाको समय थपिदिने, काम...

    जेठ १४ गतेदेखि लगातार ४ दिन सार्वजनिक बिदा

    जेठ १४ गतेदेखि लगातार ४ दिन सार्वजनिक बिदा काठमाण्डाै – सरकारले जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा) को अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव आनन्द काफ्लेले विज्ञप्ति निकालेर जेठ १४ गते बिहीवारका दिन सार्वजनिक बिदा रहेको जानकारी दिनुभएको हो । सरकारले गएको फागुन १८ गते नै राजपत्रमार्फत बकर ईदमा बिदा दिने...

    ट्रेड युनियन हटाइएको सङ्घीय निजामती सेवा विधेयकको मस्यौदा कानुन बन्ने प्रक्रियामा

    काठमाडौँ । कर्मचारीमा ट्रेड युनियनको प्रावधान हटाइएको सङ्घीय निजामती सेवा विधेयकको मस्यौदालाई भूमि व्यवस्था सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानुन बनाउनका लागि प्रक्रिया अगाडि बढाएको छ । सङ्घीय संसद्को अधिवेशन रोकेर ल्याएको अध्यादेशलाई प्रस्तावित विधेयक बनाएर मन्त्रालयले अगाडि बढाएको हो । मन्त्रालयका सहसचिव तथा सामान्य प्रशासन हेर्ने प्रवक्ता एकदेव अधिकारीले विधेयकको मस्यौदा अगाडि...

    दुर्गा प्रसाईं पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुँदै

    दुर्गा प्रसाईं पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुँदै काठमाडौं ।  राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ । न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ । यसअघि बुधबार उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले प्रसाईंलाई...

    मलेशियामाथि नेपाली महिला टोलीको ‘क्लिन स्वीप’

    मलेशियामाथि नेपाली महिला टोलीको ‘क्लिन स्वीप’ काठमाण्डाै – मलेशियासँगको दुई खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाली महिला टोलीले ‘क्लिन स्वीप’ गरेको छ । आज भएको दोस्रो खेलमा नेपालले मलेशियालाई ७ विकेटले हरायो । मलेशियाले दिएको ८३ रनको लक्ष्य नेपालले १६ ओभरमा ३ विकेट गुमाएर भेटायो । नेपालकी सम्झना खड्काले नटआउट ३९ रन बनाइन् । मलेशियाका...

    अध्यक्ष : सुभद्रा आले मगर
    सम्पादक : राजु थापा
    कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
    सह सम्पादक : अशोक बहादुर परियार
    ले आउट : प्रबेश देसार
    सवाददाता : अनिल अधिकारी

    सम्पर्क

    इमेल : infohamroraotifm@gmail.com

    मोबाइल : 9762345745

    ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

    कम्पनी विवरणहरू

    कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

    सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०