"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

मधेशमा फेरियो सत्ता समीकरण : जसपा र जनमत सरकारबाट बाहिर, कांग्रेस–एमाले–नेकपा गठबन्धन

Table of Content

मधेशमा फेरियो सत्ता समीकरण : जसपा र जनमत सरकारबाट बाहिर, कांग्रेस–एमाले–नेकपा गठबन्धन

काठमाण्डौ – मधेश प्रदेशमा सत्ता समीकरण फेरिएको छ । जसपा र जनमत पार्टी सरकारबाट बाहिरिएका छन् भने नेकपा एमाले, नेपाली कांग्रेस र नेकपाले गठबन्धन गरेका छन् । 

सत्ता समीकरण फेरबदल भए पनि मुख्यमन्त्री कृष्णप्रसाद यादव नै रहनु भएको छ । मुख्यमन्त्री यादवले हिजो सांसद मोहम्मद समिरलाई बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको छ । जसपा नेपालका तीन मन्त्री र जनमतका एक मन्त्रीलाई हटाइएको छ । जनमतका दुई मन्त्रीले यसअघि नै राजीनामा दिइसकेका थिए । 

मुख्यमन्त्री यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने तयारी गर्नुभएको छ । केन्द्रमा भएको शीर्ष तहको सहमति अनुसार प्रदेशहरूमा कांग्रेस, एमाले र नेकपाको नेतृत्वमा सरकार गठन गर्ने निर्णय भएबमोजिम मधेस प्रदेशमा मधेसवादी दलहरूलाई बाहिर राखेर तीन दलको नयाँ सरकार गठन भएको हो । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

एसपी गोविन्द पुरीको चितवन ‘कमान्ड’ : हनी ट्रयापरदेखि क्रिप्टोसम्मका आरोपित पक्राउ

भरतपुर । चितवनका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरी सरूवा भएका छन् । बुधबार बिदा भएका उनको ठाउँमा अर्का एसपी रामेश्वर पौडेल आएका छन् । एसपी पुरीले आफ्नो कार्यकालमा चितवन जिल्लामा रहँदा हनी ट्रयापर, क्रिप्टो करेन्सी कारोबारी, लागूऔषध नियन्त्रण, हत्या घटनाका फरार आरोपित पक्राउजस्ता घटनामा उल्लेखनीय काम गरेको देखिन्छ । लागूऔषध नियन्त्रणमा उनको विशेष पहल रह्यो...

रत्ननगर नगरपालिका सहयोगापेक्षी सडक मानवमुक्त घोषणा

सहयोगापेक्षी सडक मानवमुक्त नगर घोषणा गरिएको छ । रत्ननगरबाट ४३ जना पुरूष र २६ जना महिला गरी ६७ जनालाई सडकबाट उद्धार गरिएको छ । मेयर प्रलाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले नगरलाई सडक मानवमुक्त नगर घोषणा गरेका हुन् । मानवसेवा आश्रम भरतपुरसँगको सहकार्यमा आयोजित कार्यक्रममा जिससका प्रमुख अधिकारीले मेयर सापकोटालाई...

अर्थमन्त्री र पूर्वअर्थमन्त्रीबीच छलफल : बजेटमा आर्थिक सुधारदेखि खर्च कटौतीसम्मका सुझाव

अर्थमन्त्री र पूर्वअर्थमन्त्रीबीच छलफल : बजेटमा आर्थिक सुधारदेखि खर्च कटौतीसम्मका सुझाव काठमाण्डौ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी आउँदो बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुबारे सुझाव लिनुभएको छ । आगामी आर्थिक वर्षको बजेट निर्माण अन्तिम चरणमा रहेको उल्लेख गर्दै अर्थमन्त्री डा वाग्लेले पूर्वअर्थमन्त्री तथा अर्थविद्हरूसँग सुझाव माग्नुभएको हो । भेटका क्रममा मन्त्री डा वाग्लेले...

इरान–अमेरिका वार्तामा शक्तिशाली सैन्य कमान्डरको निर्णायक भूमिका

इरान र संयुक्त राज्य अमेरिकाबीचको तनावपूर्ण वार्ता निर्णायक मोडमा पुगिरहेका बेला इरानको कठोर सुरक्षा संरचनाभित्र दशकौँदेखि विवादित छवि बनाएका एक प्रभावशाली सैन्य कमान्डर वार्ता प्रक्रियाको केन्द्रमा उभिएको विश्लेषण गरिएको छ। विदेश तथा देशभित्रका धेरै विवादास्पद सैन्य कारबाहीसँग जोडिएका ब्रिगेडियर जनरल अहमद वाहिदी अहिले इरानको रणनीतिक निर्णय केन्द्र नजिकैको प्रमुख व्यक्तित्वका रूपमा देखिएको बताइएको छ। इरानको...

कफी पोखिएर घाइते भएकी यात्रुलाई कतार एयरवेजले साढे २ करोड क्षतिपूर्ति दिनुपर्ने फैसला

कतार एयरवेजले जहाजभित्र कफी पोखिएर घाइते भएकी यात्रुलाई साढे २ करोड बढी क्षतिपूर्ति दिनुपर्ने भएको छ। उपभोक्ता अदालतका न्यायाधीश दिवाकर भट्ट, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले बिहीबार एयरवेजले २ करोड ६१ लाख ५२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो। मोन्ट्रियल कन्भेन्सन अनुसार २ करोड ४१ लाख ५२ हजार ४०६ रुपैयाँ र उपभोक्ता संरक्षण ऐन...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०