"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

‘डिडिसी’ सुधारका लागि कृषिमन्त्री चौधरीको ९ बुँदे निर्देशिका

Table of Content

‘डिडिसी’ सुधारका लागि कृषिमन्त्री चौधरीको ९ बुँदे निर्देशिका

काठमाण्डौ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डिडिसी) सुधारका लागि नौ बुँदे निर्देशिका जारी गर्नुभएको छ । 

निर्देशिकामा विगत पाँच वर्षको दूध सङ्कलन र बिक्री वितरणको मासिक तथ्याङ्क तथा आम्दानी खर्चको यथार्थ विवरण १५ दिनभित्र मन्त्रालयमा पेश गर्न, हरेक महिनाको मासिक विवरण अर्को महिनाको सात दिनभित्र मन्त्रालयमा पठाउन भनिएको छ । 

संस्थानले असुलउपर गर्नुपर्ने बक्यौता रकम प्रचलित कानुनबमोजिम असुलउपर गरी एक महिनाभित्र मन्त्रालयलाई जानकारी दिन निर्देशन दिँदै दूध सङ्कलनदेखि दुग्ध पदार्थ बिक्री वितरण, बिलिङ प्रणाली, लेखा प्रणाली, सम्पत्ति तथा जिन्सी अवस्थालगायत संस्थानबाट प्रवाह हुने सम्पूर्ण प्रक्रियालाई नेपाल सरकारले स्वीकृत गरेको शासकीय सुधारका एक सय बुँदे कार्यसूचीबमोजिम तीन महिनाभित्र विद्युतीय अभिलेखमा आबद्ध गर्न निर्देशन दिइएको छ । 

यस्तै, संस्थानमा कार्यरत सबै प्रकारका कर्मचारी र कामदारको अनिवार्य विद्युतीय हाजिरी गराउने र त्यस्तो विद्युतीय हाजिरीबाट प्रमाणित भएको अवस्थामा मात्र नियमित र बढी समयका लागि गरिने भुक्तानी प्रदान गर्न र प्रचलित कानुनले तोके बमोजिमको सुविधा मात्र दिने प्रबन्ध मिलाउन, कर्मचारी तथा कामदारका लागि आचारसंहिता जारी गरी कडाइका साथ लागू गर्न निर्देशन दिइएको छ ।

संस्थानको भौतिक सम्पत्तिको लगत अद्यावधिक गरी त्यसको व्यावसायिक योजना बनाउन,  प्रत्येक कर्मचारीलाई लक्ष्यसहित कार्यसम्पादन विवरण दिने व्यवस्था तथा कार्य विवरणबमोजिम मूल्याङ्कनको सूचकाङ्क तयार गरी मूल्याङ्कन हुने व्यवस्था गर्न र मुख्य कार्यसम्पादन सूचक दिई कार्य जिम्मेवारी तोक्न पनि निर्देशन दिइएको छ । 

निर्देशिकामा संस्थानले आफूले गर्ने र अरूबाट गराउने कामको सूची तथा कार्यसम्पादनको ‘फ्लो’ र प्रक्रिया अभिलेखाङ्कित गरी ‘बिजनेस प्रोसेस रि-इन्जिनियरिङ’ तयार गरी सुधारको विवरण मन्त्रालयमा पठाउन भनिएको छ । यस्तै, दुग्ध विकास संस्थानअन्तर्गतका प्रत्येक वितरण आयोजना तथा उत्पादन केन्द्र प्रमुखलगायत कार्यरत कर्मचारीलाई संस्थान नाफामा रहने गरी दूध सङ्कलन तथा दुग्ध पदार्थको बिक्री वितरणसम्बन्धी कारोबारको लक्ष्य दिई सोही आधारमा कार्यसम्पादन मूल्याङ्कन गर्नुपर्ने व्यवस्था गरिएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

देशभर ३७ हजारभन्दा बढी जलनका बिरामी, नीति र निर्देशिका कागजमा मात्रै

काठमाडौँ । सरकारी तथ्याङ्क अनुसार नेपालमा जलनको समस्या जनस्वास्थ्यको चुनौतीका रूपमा देखा परेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाको पछिल्लो विवरण अनुसार देशभरका स्वास्थ्य संस्थाहरूमा ३७ हजार ४३८ जना जलनका बिरामी फेला परेका छन् । शाखाका अनुसार कोशीमा तीन हजार ९९३, मधेसमा ६ हजार पाँच, बागमतीमा १४ हजार...

धान रोपाइँलाई सहज बनाउन चितवनमा अनलाइनबाट मल वितरण

नारायणगढ (चितवन), असार ३२ – धान रोपाइँको मुख्य यामसँगै चितवनमा रासायनिक मलको वितरणलाई तीव्र पारिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड, भरतपुर शाखाले जिल्लाभरका सूचीकृत सहकारीमार्फत अनलाइन प्रणालीबाट मल वितरण गर्दै १५ दिनमै ९६९.१७५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको जनाएको छ । शाखाका प्रमुख राजन बगालेका अनुसार असारको पछिल्लो १५ दिनमा युरिया ६६८.२०० मेट्रिक...

नेपाल-भारतबीच विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं : नेपाल र भारतबीच विद्युत् आयात-निर्यातको क्षमता उल्लेखनीय रूपमा बढाउने सहमति भएको छ। पोखरामा सम्पन्न नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को १३औँ बैठकले ढल्केवर-मुजफ्फरपुर र ढल्केवर-सीतामढी ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत हुने संयुक्त विद्युत् प्रवाहको क्षमता विस्तार गर्ने निर्णय गरेको हो। बैठकले आयाततर्फ हालको १,००० मेगावाटबाट १,४०० मेगावाट र निर्याततर्फ १,१०० मेगावाटबाट १,६५०...

नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले शेयर बजारमा सुधार ल्याउन र लगानीकर्ताको खस्किएको मनोबल उच्च बनाउन सरकारलाई महत्त्वपूर्ण निर्देशन दिएको छ । समितिले  अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई पूँजीबजारको आधुनिकीकरण र संरचनागत सुधारका लागि ठोस कदम चाल्न निर्देशन दिएको हो ।  समितिले शेयर बजारप्रति समग्र लगानीकर्ताको विश्वास बढाउन र बजारलाई थप पारदर्शी एवं...

धोबीघाट ढल प्रशोधन केन्द्रको परीक्षण सुरु, बागमती सफा हुने अपेक्षा

ललितपुर। ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन केन्द्रको परीक्षण सञ्चालन सुरु भएको छ। आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का अनुसार ३० असारदेखि परीक्षण सञ्चालनमा आएको केन्द्रले दैनिक तीन करोड ७२ लाख लिटर ढल प्रशोधन गर्ने क्षमता राख्छ। पीआईडीका प्रमुख एवं इञ्जिनियर रामकुमार श्रेष्ठका अनुसार सीजीसीओसी–अटल जेभीले निर्माण गरेको यो केन्द्रले काठमाडौं उपत्यकाको ढल व्यवस्थापनमा महत्त्वपूर्ण...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०