"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सम्पत्ति शुद्धीकरणको ‘ग्रे–लिस्ट’ बाट बाहिरिने समयसीमा नजिकिँदा नेपाल कालोसूचीको जोखिममा

Table of Content

सम्पत्ति शुद्धीकरणको ‘ग्रे–लिस्ट’ बाट बाहिरिने समयसीमा नजिकिँदा नेपाल कालोसूचीको जोखिममा

काठमाण्डाै – नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय ‘ग्रे–लिस्ट’ बाट बाहिरिने समयसीमा नजिकिँदै जाँदा अन्तर्राष्ट्रिय निगरानी निकायले नेपालका प्रयास पर्याप्त नभएको बताएको छ ।

सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि गठित अन्तर्राष्ट्रिय संस्था एफएटीएफको एशियाली एकाइ एपीजीका प्रतिनिधिहरूले अर्थमन्त्रीसहित उच्च सरकारी अधिकारीहरूसँग भेटेर कालोसूचीमा पर्न सक्नेसम्मको चेतावनी दिएका हुन् ।

एपीजी टोलीले सम्पत्ति शुद्धीकरण अनुसन्धानमा दक्ष कर्मचारीहरूको बारम्बार सरुवा र समग्र प्रणालीको क्षमता अभिवृद्धि हुन नसकेको दुई मुख्य विषयमा विशेष चासो देखाएको छ ।

सुनको कारोबार बैंकिङ वा डिजिटल माध्यमबाट गर्नुपर्ने भनिए पनि अझैसम्म नगद कारोबार भइरहेको अन्तर्राष्ट्रिय निगरानीकर्ताहरूको ध्यानमा परेको छ ।

धितोपत्र बोर्ड र बीमा बोर्डजस्ता नियामक निकायहरू नेतृत्वविहीन रहेकोमा पनि गम्भीर प्रश्न उठेको छ । कानून बनाउने काम र त्यसको कार्यान्वयनबीचको खाडलले समस्या दिएको छ ।

नेपाल २०८१ साल फागुन ९ गतेदेखि एफएटीएफको ‘ग्रे–लिस्ट’ मा परेको हो । ‘ग्रे–लिस्ट’ मा रहँदा अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा थप शुल्क, बैंक ग्यारेन्टीमा कठिनाइ र देशको साखमा नकारात्मक असर पर्छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा आयोजित एपीजीको इन्टरनेशनल को–अपरेशन रिभ्यु ग्रुपको छलफलमा नेपाललाई ‘ग्रे–लिस्ट’ बाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने प्रतिबद्धता जनाउनुभयो । अहिलेको अवस्था पछिल्लो ३० वर्षको कुशासनको प्रतिफल भएको बताउँदै नयाँ सरकार गठनपछि सुशासनका प्रयासहरू भएको दाबी पनि उहाँले गर्नुभयो ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

813362474_1091875219894521_9033030538614758989_n

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

राप्ती । चितवनको राप्ती नगरपालिका–१, सिमरामा एक विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको छ। राप्ती–१...
mr-beast.jpg-43ff0bf0-16ba-4489-b4f6-0e5d66b6d458

रसुवा बाढीपीडितका लागि चर्चित युट्युबर ‘मिस्टर बिस्ट’ ले संकलन गरे १० लाख डलर

३१ भदौ, काठमाडौं । चर्चित अमेरिकी युट्युबर ‘मिस्टर बिस्ट’ ले रसुवा बाढीपीडितको १० लाख अमेरिकी डलर...
2photo

१९ वर्षीया छोरी बलात्कार आरोप लागेका बाबु थुनामा

भरतपुर । १९ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोग लागेका बाबु पुर्पक्षका लागि थुनामा गएका छन्...
japan-old-people-1789539499

जापानमा १ लाखभन्दा धेरै मानिस १०० वर्ष वा त्योभन्दा धेरै उमेरका

जापानमा १०० वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसहरूको सङ्ख्या पहिलो पटक १ लाख नाघेको छ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०