"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

काेहली बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो १४ हजार रन पूरा गर्ने खेलाडी

Table of Content

काेहली बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो १४ हजार रन पूरा गर्ने खेलाडी

काठमाण्डाै – भारतीय ब्याटर विराट कोहली टी–२० क्रिकेटमा सबैभन्दा छिटो १४ हजार रन पूरा गर्ने खेलाडी बनेका छन् ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराति कोलकाता नाइट राइडर्ससँगको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरुका खेलाडी कोहलीले नटआउट १०५ रन बनाउँदै यो कीर्तिमान बनाएका हुन् ।

३७ वर्षीय कोहलीले ४०९ पारीमा १४ हजार रन बनाएका हुन् । उनले वेस्ट इन्डिजका पूर्वक्रिकेटर क्रिस गेलको कीर्तिमान तोडे । गेलले ४२३ पारीमा १४ हजार रन पूरा गरेका थिए ।

यस्तै विराट कोहली टी–२० क्रिकेटमा १० वटा शतक बनाउने पहिलो भारतीय खेलाडी बनेका छन् । समग्रमा उनी १० वा त्योभन्दा धेरै शतक बनाउने चौथो खेलाडी बनेका छन् । टी–२० क्रिकेटमा क्रिस गेलले २२, पाकिस्तानका बाबर आजमले १३ र अस्ट्रेलियाका डेभिड वार्नरले १० वटा शतक बनाएका छन् ।

यस्तै आईपीएलमा विराट कोहलीको यो नवौँ शतक हो । कोहली आईपीएलमा सबैभन्दा धेरै शतक बनाउने खेलाडी हुन् । दोस्रो स्थानमा रहेका इङ्ग्ल्यान्डका जस बटलरले ७ वटा शतक बनाएका छन् ।

यस्तै कोहली आईपीएलमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका छन् । कोहलीको यो २७९औँ आईपीएल खेल हो । उनले समान २७८ खेल खेलेका महेन्द्रसिंह धोनी र रोहित शर्मालाई पछि पारेका हुन् ।

यस्तै कोहली लगातार २ खेलमा शून्यमा आउट भएपछि अर्काे खेलमा शतक बनाउने आईपीएल इतिहासकै पहिलो खेलाडी बनेका छन् । यसअघि उनी लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन्ससँगको खेलमा ‘डक’ आउट भएका थिए ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

upendra-yadav_j3lS1ILJ07

संविधान संशोधन वा पुनर्लेखन नभएसम्म हामी संविधान विरोधी नै रहन्छौँ : उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव नेपालको राजनीतिक इतिहासमा पटक–पटक...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०