"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सरकारी अस्पतालको जग्गामा बनेका अनधिकृत संरचनामा ‘डोजर चलाउने’ स्वास्थ्य मन्त्रालयको तयारी

Table of Content

काठमाडौं- सरकारी अस्पतालको स्वामित्वमा रहेका जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कडा कदम चाल्ने तयारी गरेको छ। मन्त्रालयले देशभरका संघीय अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई अतिक्रमणको विवरण संकलन गरी आवश्यक परे डोजर प्रयोग गरेर संरचना हटाउन निर्देशन दिएको हो।

मन्त्रालयको आन्तरिक प्रशासन शाखाबाट बुधबार जारी पत्रअनुसार अस्पतालको नाममा रहेका जग्गाजमिन तथा भौतिक पूर्वाधारको सुरक्षा र संरक्षणका लागि तत्काल आवश्यक काम अघि बढाउन भनिएको छ।

निर्देशन पाएका संस्थामध्ये चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल लगायत रहेका छन्।

मन्त्रालयले अस्पतालको स्वामित्वमा रहेको जग्गाको साँध–सिमाना स्वीकृत नक्साअनुसार भए/नभएको यकिन गर्न तथा कुनै अनधिकृत संरचना निर्माण वा अतिक्रमण भएको भए त्यसको विस्तृत विवरण तयार गर्न निर्देशन दिएको छ।

यस्तै, अतिक्रमण भएको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थालाई निश्चित समयसीमा तोकी लिखित सूचना जारी गर्न भनिएको छ। तोकिएको समयभित्र अतिक्रमण हटाइएन भने जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरी संरचना हटाएर अस्पतालको भोगाधिकार कायम गर्नुपर्ने उल्लेख गरिएको छ।

मन्त्रालयले अतिक्रमण हटाइएपछि पुनः कब्जा हुन नदिन कम्पाउण्ड वाल, घेराबार वा अन्य सुरक्षा उपाय अपनाउन पनि अस्पतालहरूलाई निर्देशन दिएको छ। साथै लालपुर्जा, स्रेस्ता तथा नापीसम्बन्धी अभिलेख अद्यावधिक गरी सुरक्षित राख्न भनिएको छ।

स्वास्थ्य मन्त्री निशा मेहताका अनुसार सरकारी अस्पतालको जग्गा विभिन्न स्थानमा व्यक्तिगतरूपमा प्रयोग हुने, अस्थायी टहरा निर्माण गर्ने तथा व्यावसायिक प्रयोजनमा उपयोग गर्ने प्रवृत्ति बढेपछि यस्तो कदम चालिएको हो। मन्त्रालयले सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्राथमिकतामा राख्दै अतिक्रमण नियन्त्रण अभियान कडाइका साथ अघि बढाउने जनाएको छ।

698799694_27340339588904660_6620213948817839229_n-1778728861.jpg

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

नेपाल टेलिकमको हराएको सिम अनलाइनबाटै पुनःप्राप्त गर्न सकिने

काठमाण्डौ — नेपाल टेलिकमको हराएको वा बिग्रेको सिमकार्डको सट्टामा नयाँ सिम अनलाइनमार्फत प्राप्त गर्न सकिने सेवा सञ्चालनमा आएको छ । डिजिटल सेवा विस्तार, सेवा प्रवाहलाई सहज बनाउने र ग्राहकमैत्री प्रणाली विकास गर्ने उद्देश्यअनुसार यो सेवा सञ्चालनमा आएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो । अब सेवाग्राहीले टेलिकमको विद्युतीय सेवा पोर्टलमार्फत आवश्यक विवरण भरेर हराएको...

सोनम वाङ्चुकलाई प्रहरीले अचानक उठाएर लगेपछि दीपकेले थाले अनसन

भारत : दिल्लीको जन्तर–मन्तरमा विगत २० दिनदेखि अनसनमा बसेका सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएर अस्पताल लगेको छ । वाङ्चुकलाई प्रहरीले अचानक नियन्त्रणमा लिएर जाँदा मञ्चमा ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपके उपस्थित थिएनन् । यसलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रश्न उठेपछि सीजेपीले स्पष्टीकरण दिएको छ । सीजेपीका अनुसार, उक्त समयमा दीपके...

दुई दिन उच्च सतर्कता अपनाउन विपद् प्राधिकरणको आग्रह

काठमाण्डौ — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि दुई दिन देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाको अत्यधिक वर्षाको पूर्वानुमानअनुसार आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र कटानको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले सबैमा आग्रह...

विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्यान्ड खेल्दै

फिफा विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्यान्ड खेल्दैछन् । यो खेल अमेरिकाको मियामी रङ्गशालामा नेपाली समयअनुसार भोलि बिहान पौने ३ बजे शुरु हुनेछ । सेमिफाइनलमा स्पेनसँग पराजित फ्रान्स र साविक विजेता अर्जेन्टिनासँग पराजित इंग्ल्यान्डले तेस्रो स्थानका लागि खेल्न लागेका हुन् । यो खेलले उत्कृष्ट गोलकर्तालाई दिइने ‘गोल्डेन बुट’ को होडमा फेरबदल...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।            समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ३८, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४८, आलु रातो (गोलो)...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०