"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

‘खरानी ग्याङ’ भन्दै सुरु भएको आलोचनाको कोपभाजनमा स्वस्तिमा

Table of Content


काठमाडौं ।
पछिल्लो साता ‘खरानी ग्याङ’ले सामाजिक सञ्जाल गर्मायो ।  चलचित्र ‘लालीबजार’को प्रदर्शन वैशाख १८ गतेलाई तोकिएको थियो । 

तर, प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटनमा रोशनी नेपालीले रिट दायर गरेपछि चलचित्रको निर्माण टिमसहित केही चलचित्रकर्मी विरोधमा उत्रिए ।  

चलचित्रको निर्माण टिमसहित केही कलाकारले हातमा प्लेकार्ड बोकेर काठमाडौंको माइतीघर मण्डलमा शान्तिपूर्ण प्रदर्शन गरे । त्यही प्रदर्शनमा थिए, निर्देशक तथा कलाकार निश्चल बस्नेत पनि । त्यसपछि सुरु भयो– ‘खरानी ग्याङ’को चर्चा र ‘अभियान’ । 

चलचित्र ‘लाली बजार’ले बादी महिलालाई ‘बदनाम’ गराउन खोजेको भन्दै अदालतमा रिट परेपछि सामाजिक सञ्जाल प्रयोगकर्ता यसको पक्ष/विपक्षमा विभक्त भएर विचार राखिरहेका थिए । 

एकपक्षले विषय उठान गरेकै भरमा सिनेमा निर्माण र प्रदर्शनमा रोक लगाउनु कलात्मक अभिव्यक्ति स्वतन्त्रतामाथिको बन्देज भनिरहेका थिए, अर्को पक्षले पीडितलाई थप पीडा दिन नहुने तर्क गरिरहेका थिए । 

पक्ष विपक्षमा तर्क/वितर्क भइरहेका बेला विरोध प्रदर्शनमा निश्चललाई देखेपछि ‘लालीबजार’ प्रदर्शनको विपक्षमा रहेकाहरूले उनलाई ‘खरानी ग्याङको लिडर’ भन्दै सामाजिक सञ्जालमा आक्रोश पोख्न थाले । 

‘लालीबजार’को मुख्य भूमिकामा स्वस्तिमा खड्का छिन्, जो निश्चलकी श्रीमती हुन् । 

निश्चल आफैँमा निर्देशक हुन् । ‘लालीबजार’मा स्वस्तिमा मुख्य भूमिकामा छिन् । विरोध प्रदर्शनमा उनीहरू सँगै देखिएपछि यो चलचित्रका निर्देशक पनि निश्चल नै हुन् भन्ने धेरैलाई भ्रम भयो । त्यसैले फेसबुकमा अभियान नै चलाए– ‘लालीबजार बहिष्कार’को । 

जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते संसद् भवन, सिंहदरबारलगायत संकारी संरचना जलाउने ‘ग्याङको लिडर’को संज्ञा दिँदै ‘खरानी ग्याङको लिडर’को चलचित्र बहिष्कार गर्ने भन्दै फेसबुकमा धेरैले अभियान चलाए । 

भदौ २४ गते निश्चल नेपालको राष्ट्रिय झन्डा ओडेर प्रदर्शनकारीसँगै संसद् भवन नयाँ बानेश्वर परिसरमा देखिएका थिए ।  जहाँ उनले जेनजीलाई प्रतिक्रिया दिँदै पुराना राजनीतिक दलको प्रवृत्तिका कारण जेनजी आन्दोलन भएको बताएका थिए । 

उनको सोही प्रतिक्रियालाई लिएर निश्चललाई सामाजिक सञ्जालका केही प्रयोगकर्ताले ‘खरानी ग्याङको लिडर’ भन्दै टिप्पणी गरेका हुन् । 

तर, भदौ २४ का आगजनीका कुनै पनि घटनामा आफ्नो संलग्नता नरहेको निश्चलले त्यतिबेलै प्रस्ट पारेका थिए । कसैले प्रमाण जुटाए जस्तोसुकै सजाय भोग्न आफू तयार रहेको उनले बताएका थिए । 

‘खरानी ग्याङको लिडर’को आरोप निश्चललाई लगाउँदै उनको चलचित्र ‘लालीबजार’ बहिष्कार गर्ने अभियान चले पनि वास्तवमा यो उनको सिनेमा होइन ।  ‘लाली बजार’ यम थापाले निर्देशन गरेको चलचित्र    हो । 

यसका निर्माता पनि अरु नै छन् । निश्चलकी श्रीमती स्वस्तिमाले खेल्नुबाहेक यो सिनेमामा निश्चल कहीँ कतै जोडिएका छैनन्, सिवाय ‘लालीबजार’ प्रदर्शनको माग गर्दै प्रदर्शनमा उत्रिनुबाहेक । 

उक्त प्रदर्शनमा भने निश्चल स्वस्तिमाको हात समाएर हिँडेको भिडियो सामाजिक सञ्जालमा देखिएको थियो । 

चलचित्र ‘लालीबजार’का निर्देशक तथा लेखक यम थापा हुन् ।  निर्मातामा रवीन्द्र सिंह बानियाँ र दीपेश खत्री छन् । कार्यकारी निर्मातामा प्रदीप भट्टराई छन् । 

निश्चलको सिनेमा भन्दै ‘लालीबजार’ बहिष्कार गर्नुपर्छ भन्नेमा चिनेजानेकै व्यक्ति पनि छन् ।  यसको एक उदाहरण हुन्, गायिका ज्योति मगर । उनले फेसबुकमा स्टाटस लेखेरै बहिष्कार गर्ने घोषणा गरेकी थिइन् । 

“जातीय भेदभावको अन्त्य खोज्ने, माफी माग्ने, कानुन पनि बन्ने । तर, उही उत्पीडित र शोषित वर्गको कथा बेचेर हरेकको मानसपटलमा उही कुप्रथालाई बर्करार राख्नु कत्तिको उचित ?” भन्दै निश्चलको चलचित्र बहिष्कार अभियान सुरु भनेर लेखिएको तस्बिर सेयर गर्दै ज्योतिले लेखिन्, “परिवर्तनको लागि देशै जलाउने ‘खराने ग्याङ’का नाइकेहरूलाई प्रश्न ।” 

स्वस्तिमा निसन्देहः अहिलेको पहिलो रोजाइका अभिनेत्री हुन् । उनको अभिनय क्षमताको ठूलो फ्यानफलोइङ छन् ।  त्यसैले उनी अहिले चलचित्रमा मात्रै होइन विभिन्न ब्रान्डको प्रोमोसनमा पनि उत्तिकै सक्रिय छिन् । स्वस्तिमा यतिबेला धेरै कम्पनीको ब्रान्ड एम्बेस्डर छिन् । 

दर्शकको माया र रोजाइकै कारण उनी विभिन्न ब्रान्डमा जोडिएकी हुन् । तर, जब ‘लालीबजार’ बहिष्कारको अभियान चल्यो, उनका हरेक पोस्टमा गालीको वर्षा लाग्न थालेको छ । 

चलचित्र ‘लालीबजार’को बारेमा होस् वा अन्य पोस्ट तथा भिडियोमा, गालीको ओइरो लागिरहेको छ । उनका अधिकांश पोस्टमा ‘खरानी ग्याङ’को चलचित्र हेरिँदैन भन्दै ‘बहिष्कार’को चतावनी दिइरहेका छन् । 

अन्ततः उच्च अदालत पाटनले ‘लालीबजार’ प्रदर्शनको बाटो खोलिदियो । पूर्वनिर्धारित मिति (वैशाख १८)मा प्रदर्शनमा आउन नसके पनि यो चलचित्र वैशाख २५ गते रिलिज भयो । 

बहिष्कार गर्नेहरू यति धेरै ‘रियाक्टिभ’ भए कि, ‘लालीबजार’को निर्माण युनिट मात्रै होइन यो चलचित्र हेर्नेलाई पनि गाली गरिरहेका छन् । 

एमाले नेतृ नवीना लामा पनि यसबाट पीडित बनिन् । उनले ‘लालीबजार’ हेरेपछि स्वस्तिमासँगको सेल्फी फेसबुकमा राखेपछि आलोचनाको तारो बनिन् ।  उनलाई पार्टीसँग जोडेर गाली गरियो । यस्तै व्यक्ति एमालेमा रहेका कारण निर्वाचनमा पार्टीले पराजय भोग्नु परेकोसम्म टिप्पणी गरे । 

“खरानी ग्याङको फिल्म बहिष्कार गर्ने अभियान चलाउनेहरूभन्दा पहिले पार्टी किन कमजोर अवस्थामा पुग्यो भन्ने गम्भीर समीक्षा आवश्यक छ,” सिनेमा हेरेकै कारण आलोचना व्यहोरेपछि नवीनाले फेसबुकमा लेखिन्, “जनताको विश्वास किन घट्यो, इमानदार कार्यकर्ता किन निराश भए, विचार र विधिभन्दा गुट र स्वार्थ किन हावी भयो भन्ने आत्मसमीक्षा नगरी अरूमाथि मात्र आक्रमण गरेर समाधान आउँदैन । विचारसँग असहमति हुन सक्छ, तर बहिष्कार र दबाबको राजनीतिभन्दा बहस, समीक्षा र सुधारको बाटो रोज्नुपर्छ । आखिर मनपरी शैली कति समयसम्म चलाउने ?”

तर, बहिष्कारका बाबजुद पनि ‘लालीबजार’ले दर्शकको उल्लेख्य साथ पाएको छ ।  शनिबार यो चलचित्र देशका अधिकांश हलमा करिब हाउफूल अकुपेन्सीमा चलेको थियो ।  सोमबार पनि केही हलमा यो चलचित्रमा उच्च अकुपेन्सी देखिएको छ । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढ्यो

राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढ्यो काठमाण्डाै – अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले सरकारले कानूनी सुधारलाई तीव्र रूपमा अघि बढाएको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको आजको बैठकमा उहाँले वर्तमान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा अर्थ मन्त्रालयले पहिलो निर्णयबाटै १५ वटा असान्दर्भिक तथा समयसापेक्ष नरहेका कानून खारेजी प्रक्रियामा लगेको जानकारी दिनुभयो । उहाँकाअनुसार...

७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य, पूरा गर्न कति सम्भव ?

काठमाडौँ — सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत आगामी दशकभर औसत ७ प्रतिशत आर्थिक वृद्धिको महत्त्वाकांक्षी लक्ष्य अघि सारेको छ । तीन दशकदेखि औसत ४ प्रतिशतको सामान्य आर्थिक वृद्धिबाट गुज्रिरहेको अर्थतन्त्रमा दुईतिहाइ नजिकको समर्थन प्राप्त सरकारले सुशासन, डिजिटाइजेसन र लगानी विस्तारलाई आर्थिक रूपान्तरणको आधार बनाएको छ ।  तर सुस्त निजी लगानी, कमजोर औद्योगिक आधार र...

बागमतीको सिंहदरबार : रूख कटान र संरचना निर्माणको बाटो खुल्दै

मकवानपुर । बागमती प्रदेश सरकारले हेटौंडामा आफ्नै एकीकृत प्रशासनिक संरचना निर्माण गर्ने वर्षौंदेखिको योजनालाई कार्यान्वयनको चरणमा पुर्‍याएको छ । संघीय सरकारको वन तथा भू–संरक्षण विभाग र प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबिच वन क्षेत्रको जग्गा उपभोगका लागि अन्तिम सम्झौताको गरेको हो । उक्त सम्झौतासँगै प्रदेश सरकारले वन क्षेत्रको रूख कटान र संरचना निर्माणको लागि बाटो खुला...

चालु आर्थिक वर्षको ९ महिनामा १६ खर्ब ५९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

चालु आर्थिक वर्षको ९ महिनामा १६ खर्ब ५९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो काठमाण्डौ – नेपाल भित्रिने रेमिट्यान्स अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा १६ खर्ब ५९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।  रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भएको हो । राष्ट्र बैङ्कले हिजो सार्वजनिक...

धादिङको बैरेनीमा तीन वटा गाडी ठोक्किँदा ३७ जना घाइते

धादिङको बैरेनीमा तीन वटा गाडी ठोक्किँदा ३७ जना घाइते काठमाण्डौ — पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनीमा तीन वटा गाडी ठोक्किँदा ३७ जना घाइते भएका छन् । गल्छी गाउँपालिका–६, बैरेनीमा गएराति रोकिराखेको बा ०३–००१–००६ ख २०५६ नम्बरको ट्रकलाई काठमाण्डौबाट बाग्लुङका लागि छुटेको बा ०१–००६ ख ७४९९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो । लगत्तै काठमाण्डौबाट वीरगञ्जका लागि...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०