"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

‘लालीबजार’ प्रतिबन्धको माग गर्दै माइतीघरमा प्रदर्शन

Table of Content

‘लालीबजार’ प्रतिबन्धको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाण्डाै – चलचित्र ‘लालीबजार’ विरुद्ध काठमाण्डाैकाे माइतीघर मण्डलमा प्रदर्शन भएको छ । आफ्नो समुदायको मानमर्दन र चरित्रहत्या हुने गरी चलचित्र निर्माण गरिएको भन्दै बादी समुदायका प्रतिनिधिहरूले आज प्रदर्शन गरेका हुन् ।

बादी समुदायको गर्विलो इतिहासलाई बङ्ग्याएर समाजमा नकारात्मक भ्रम फैलाउन खोजिएको आरोप लगाउँदै उनीहरूले ‘लालीबजार’ चलचित्रको निर्माण र प्रदर्शनमा तुरुन्त रोक लगाउन माग गरेका छन् ।

प्रदर्शनमा सहभागी अधिकारकर्मीहरूले बादी जातिको सम्मान कायम गर, लालीबजार चलचित्र बन्द गर लेखिएका ब्यानर र प्लेकार्डहरू प्रदर्शन गरेका छन् । चलचित्रमा प्रयोग गरिएका दृष्यहरूले समुदायको नैतिकतामाथि प्रहार गरेको उनीहरूको तर्क छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

भूमिहीन सुकुम्वासीलाई लालपुर्जा दिलाएर छाड्छाैँ : सभापति लामिछाने

भूमिहीन सुकुम्वासीलाई लालपुर्जा दिलाएर छाड्छाैँ : सभापति लामिछाने काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुकुम्वासीको समस्या स्थायी रूपमा समाधान गर्ने बताउनुभएको छ । पार्टीका सांसदका लागि ललितपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले सरकारले सुकुम्वासी बस्ती हटाउन चालिएको कदमबाट कोही आत्तिन नपर्ने बताउनुभयो । भूमिहीन सुकुम्वासीलाई लालपुर्जा दिलाएर छाडिने सभापति लामिछानेले प्रतिबद्धता...

एसईई नतिजा पर्सिसम्म सार्वजनिक गर्ने तयारी

एसईई नतिजा पर्सिसम्म सार्वजनिक गर्ने तयारी काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । पर्सि मङ्गलवार अर्थात् वैशाख २९ गतेसम्ममा नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का सूचना अधिकारी लक्ष्मी मरासिनीले जानकारी दिनुभयो । कार्यालयले यसअघि नै १ महिनाभित्र...

‘लालीबजार’ प्रतिबन्धको माग गर्दै माइतीघरमा प्रदर्शन

‘लालीबजार’ प्रतिबन्धको माग गर्दै माइतीघरमा प्रदर्शन काठमाण्डाै – चलचित्र ‘लालीबजार’ विरुद्ध काठमाण्डाैकाे माइतीघर मण्डलमा प्रदर्शन भएको छ । आफ्नो समुदायको मानमर्दन र चरित्रहत्या हुने गरी चलचित्र निर्माण गरिएको भन्दै बादी समुदायका प्रतिनिधिहरूले आज प्रदर्शन गरेका हुन् । बादी समुदायको गर्विलो इतिहासलाई बङ्ग्याएर समाजमा नकारात्मक भ्रम फैलाउन खोजिएको आरोप लगाउँदै उनीहरूले ‘लालीबजार’ चलचित्रको निर्माण र प्रदर्शनमा तुरुन्त...

थलापति विजयद्वारा मुख्यमन्त्रीकाे शपथ, मञ्चमै ३ वटा आदेशमा हस्ताक्षर

थलापति विजयद्वारा मुख्यमन्त्रीकाे शपथ, मञ्चमै ३ वटा आदेशमा हस्ताक्षर भारतको तमिलनाडुमा तमिलगा भेट्री कडगम (टीभीके) का अध्यक्ष सी जोसेफ विजयले मुख्यमन्त्री पदको शपथ लिनुभएको छ । तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले चेन्नईको नेहरू रङ्गशालामा आज आयोजित समारोहमा विजयलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । शपथ ग्रहण कार्यक्रममा कांग्रेस नेता राहुल गान्धी पनि सहभागी हुनुभयो...

रसुवाको उतरगया गाउँपालिकामा पहिलाे पटक भिडियाे एक्सरेवाट पशुहरूकाे उपचार

रसुवा । रसुवाको उत्तरगया गाउँपालिकाकाे आयोजना तथा हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा रसुवा जिल्लामै पहिलो पटक भिडियो एक्स–रे प्रविधिको प्रयोग गरी पशुहरूमा बाँझोपन भए/नभएको, पाठेघरको सङ्क्रमण तथा डिम्बाशयमा पानीका फोका भए/नभएको पहिचान गरी उपचार गरिएको छ । साथै, भिडियो एक्स–रेको माध्यमबाट पशुहरूको गर्भ परीक्षण समेत गरिएको छ । पछिल्ला वर्षहरूमा पशुपालक किसानहरूको सङ्ख्या घट्दै गएपछि...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०