"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

एसईई नतिजा पर्सिसम्म सार्वजनिक गर्ने तयारी

Table of Content

एसईई नतिजा पर्सिसम्म सार्वजनिक गर्ने तयारी

काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । पर्सि मङ्गलवार अर्थात् वैशाख २९ गतेसम्ममा नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का सूचना अधिकारी लक्ष्मी मरासिनीले जानकारी दिनुभयो ।

कार्यालयले यसअघि नै १ महिनाभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनाएको थियो । विगतमा परीक्षा सम्पन्न भएको झन्डै ३ महिनामा नतिजा सार्वजनिक हुने गरेको थियो । यस पटक एक महिनामा नतिजा सार्वजनिक गर्नका लागि सम्बन्धित परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच भएको छ । कतिपय केन्द्रमा उत्तरपुस्तिका परीक्षण सम्भव नभएकाेमा जिल्ला तहमा पठाइएकाे हो ।

यसैबीच बोर्डले सूचना निकालेर नतिजा हेर्ने वेबसाइटसहितको सूचीसमेत सार्वजनिक गरेको छ । एसएमएस, आईभीआर र विभिन्न वेबसाइटबाट नतिजा हेर्न सकिने छ । विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक शर्टकोडमार्फत नतिजा थाहा पाउन सक्नेछन् । नेपाल टेलिकमको १६०० मा कल, एसएमएस र यूएसएसडीमार्फत नतिजा हेर्न सकिने प्रबन्ध मिलाएको सूचनामा भनिएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1photo-8-1280x720

चितवन आइपुग्दा बाढी मथ्थर : त्रिशूली र नारायणी नदीमा भेटियो ५३ शव

भरतपुर । हिमपहिरो फुटेर तिब्बतबाट आएको बाढी रसुवाको भोटेकोसीमा छिरेको बाढीले वितण्डा मच्चायो । रसुवाको...
light_bulb_1D4C8urqw7

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्तिको  व्यवस्था मिलाइयो

काठमाडौं ।  भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल...
1787742462-h01Hq-1787744129

बाढीका कारण १६२ जनाको ज्यान गएको पुष्टी, बेपत्ताको खोजी चल्दै

बाढीबाट रसुवा, नुवाकोट र धादिङमा धेरै क्षति काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासी...
dahal-1024x500

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएकाे आरोपमा एक युवक पक्राउ

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक...
gyanendra-shaha_Xbpk9e6zM0

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०