"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

धमाधम काटिँदै छन् सडकका जोखिमयुक्त सालका रुख

Table of Content

भरतपुर । २०७९ जेठ ६ गते शुक्रबार साँझ चितवनमा भीषण हावाहुरी आयो । हावाहुरीले सडकका धेरै रुखहरु ढले । ढलेका रुखले च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान गयो । भरतपुर–११ को भोजाडमा अटोमा सवार दुई जना र बसेनीमा म्याजिकमा सवार एक जनाको हावाहुरीले ढालेको रुखले च्यापिएर मृत्यु भयो । त्यतिबेलाको हावाले चितवनमा १५ जना घाइते भएका थिए ।

२०७७ सालमा आएको हावाहुरी भरतपुर महानगरपालिका वडा नम्बर–१, देवघाट सडकखण्डमा रुख ढलेर एक जनाको मृत्यु भएको थियो । चार जना घाइते भएका थिए ।

यही साल पाँच दिनअघि मात्र आएको हावाहुरीले रुख ढाल्दा पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएको थियो । टिकौलीमा रुख ढल्दा केही बेर सडक नै अवरूद्ध भयो । देवघाट जाने सडकमा पनि रुख ढले । काठमाडौँ जाने सडकमा पनि हावाले रुख ढलाएको थियो । प्रहरी प्रशासनले सवारी रोकेकै कारण मानवीय क्षति हुन पाएन ।

चितवनका विभिन्न सडकछेउमा जोखिमयुक्त साललगायतका विभिन्न प्रजातिका रुखहरु रहेका कारण हावाहुरीमा मानवीय क्षति हुने गरेको छ । ‘पाँच दिनअघि आएको हुरीमा सवारीसाधन नरोकेको भए त्यो दिन पनि मानवीय क्षति हुनेथियो’, चितवन जिल्ला प्रहरी प्रमुख गोविन्द पुरीले भने । उनका अनुसार त्यो दिन रुख ढलेर मानवीय तथा भौतिक क्षति हुन सक्ने आकलन गरेर सवारीसाधनलाई जहाँको त्यहीँ रोकेर राखिएको थियो ।

सडकमा साललगायतका रुखका कारणले जोखिम बढेका कारण रुख काट्न थालिएको छ । डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यले जोखिमयुक्त सडकका रुखहरु काट्न सुरू गरिएको बताए ।

उनले भने, ‘आँपटारीदेखि देवघाटसम्मको सडकमा पर्ने २५ वटा रुख काटेर सकिएको छ, सडक डिभिजन कार्यालय भरतपुर, जिल्ला प्रशासन कार्यालय चितवन र देवघाट विकास समितिको समन्वयमा रुख कटान भएको हो ।’ उनले देवघाट सडकमा मात्र होइन, अन्य विभिन्न ठाउँमा रहेका जोखिमयुक्त सडकका रुखहरु धमाधम काटिने बताए ।

‘कानुनमा टेकेर सडकबीचमा रहेका वा अवरोध पु¥याएका छेउका साल प्रजातिका रुख पनि काटिएको छ’, उनले भने, ‘सडकछेउका अवरोध पु¥याउने सालको रुख काट्न चितवनबाटै सुरू भएको छ ।’ वन नियमावली, २०७९ तेस्रो संशोधन ३६ (छ) अनुसार सडक, विद्युत्, टेलिकमलगायतका विकास निर्माणका क्रममा जोखिम पर्ने रुखहरु काट्न पाइने नियम छ । यही नियमलाई टेकेर रुख काट्न थालिएको प्रमुख आचार्यले बताए ।

देवघाट क्षेत्र विकास समितिले ६२ वटा रुख काट्न माग गरेको थियो । यद्यपि, प्राविधिकको मूल्याङ्कनअनुसार पहिलो चरणमा २५ वटा मात्र रुख काट्न सुरू भएको उनको भनाइ छ ।

रुख कटानको पहिलो दिन शुक्रबार चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल नै फिल्डमा खटिएका थिए । देवघाट जाने सडकको बीचमै सालको रुख थियो । क्षमा पूजा गरी कटान थालियो । साँघुरो सडकमा रुख भएका कारण यस सडकमा सानातिना दुर्घटना भइरहेका थिए । रुखमा ठोक्किएर सवारी दुर्घटनासमेत हुने गरेको थियो । यही जोखिमलाई ध्यान दिएर डिभिजन वनले जिल्ला प्रशासनको समन्वयमा रुख कटान गर्न थालेको हो । प्रजिअ अर्यालका अनुसार रुख कटान गर्ने निर्णयपछि धमाधम काम अघि बढेको छ ।

वन डिभिजन कार्यालय चितवनले देवघाटका सडकमा मात्र होइन, अन्य ठाउँमा रहेका जोखिमयुक्त सालका रुख काट्दै जाने जनाएको छ । ‘टिकौलीमा पनि केही रुख काट्नुपर्ने देखिन्छ, पदमपुर जाने सडकमा पनि काटिन्छ, जखडीमाई हुँदै इच्छाकामना जाने सडकछेउमा रहेका सालका रुख पनि काट्छौँ’, डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यले भने, ‘वैशाख महिनाभित्र २०० बढी जोखिमयुक्त सडक छेउका रुख कटान गरिन्छ ।’ रामपुरको खगेरी खोलमा रहेका केही जोखिमयुक्त रुखको पनि व्यवस्थापन हुने उनले बताए ।

यसैबीच डिभिजन वन कार्यालय चितवनले तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति दिएको डिभिजन वन प्रमुख आचार्यले बताए । उनका अनुसार प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रुखहरूको कटान, मुछान तथा सुरक्षित घाटगद्दी व्यवस्थापनका लागि आयोजनालाई सम्झौता गरी वन प्रवेश इजाजतपत्र प्रदान गरियो ।

भरतपुर महानगरपालिका–१ स्थित व्यवस्थित वन (सतनचुली संरक्षित क्षेत्र) तथा सतनचुली सामुदायिक वन, साथै भरतपुर महानगरपालिका–२९ अन्तर्गत अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका एक हजार बढी रुख कटान गरिनेछ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

चितवनमा तीन महिनामा ३ हजार ६२ जनाले लिए वंशजका आधारमा नागरिकता, २८ जनाले त्यागे

चितवन । चितवनमा चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । यस अवधिमा ६ हजार ७६६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ । यस्तै २८ जनाले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट उक्त अवधिमा वंशजका आधारमा नागरिकता जारी गरिएको...

मन्त्री प्रतिभा रावल कात्तिक ९ गते चितवन आउँदै,भूमिहीन,सुकुम्बासी र सहकारीपीडितसंग छलफल गर्ने

चितवन,कात्तिक ७- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल कात्तिक ९ गते बिहान चितवन भ्रमणमा आउनुहुने भएको छ। भ्रमणका क्रममा मन्त्री रावलले जिल्ला भूमि समस्या समाधान समिति तथा सहकारीपीडितसँग छलफल गर्नुहुनेछ। साथै, भरतपुर र कालिका नगरपालिकाका नागरिकसँग अन्तरक्रिया गर्नुहुने कार्यक्रम रहेको छ। नागरिकसँगको अन्तरक्रियामा मन्त्री रावलले कात्तिक तथा सुकुम्बासीका समस्या, सहकारीपीडितका गुनासा...

एनपीएलका लागि पाकिस्तानका कप्तान फर्हान नेपालमा

काठमाण्डौ – पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा फर्हान नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका छन् ।कर्णाली याक्समा अनुबन्ध भएका उनी आज नेपाल आएका हुन् । क्लबले हिजो ३० वर्षीय शीर्षक्रमका फर्हानलाई अनुबन्ध गरेको घोषणा गरेको थियो । क्लबले अनुबन्ध गरेको घोषणा गरेको २४ घण्टाभित्रै नेपाल आइपुगेका हुन् । उनी कर्णाली याक्समा अनुबन्ध हुने दोस्रो...

लक्ष्मी थपलियाको ‘फूलै फुल्यो गुराँस’ गीत सार्वजनिक

काठमाडौं । गायिका लक्ष्मी थपलियाको स्वरमा रहेको नयाँ प्रेमिल गीत ‘फूलै फुल्यो गुराँस’ सार्वजनिक भएको छ । गीत लक्ष्मी थपलियाको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो । गीतमा विपिन आचार्यको शब्द तथा संगीत रहेको छ । गीतको एरेन्ज, मिक्सिङ र मास्टरिङको जिम्मेवारी पनि आचार्यले नै सम्हालेका छन् । गीत एमबी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको...

पानी पर्ने पूर्वानुमानपछि किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

काठमाण्डौ – मुख्य चाड दशैँको बेला अहिले किसानलाई पाकेको धान भित्र्याउन भ्याइनभ्याइ छ । धेरैजसो ठाउँमा दशैँको टीका कोजाग्रत पूर्णिमा अर्थात् पर्सि सोमबारसम्म लगाउने गरिन्छ । तर मौसम पूर्वानुमान महाशाखाले बुधबार ११ गतेदेखि पानी पर्ने प्रक्षेपण गरेसँगै दशैँको टीकाकैबीच किसानलाई पाकेको धानबाली काट्न र भित्र्याउन हतारो भएको छ । अहिले अन्नको भण्डार तराई/मधेशदेखि पहाडी क्षेत्रमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०