"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

अझै दुई हप्ता वर्षा र बदली हुने

Table of Content

अझै दुई हप्ता वर्षा र बदली हुने

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानदेखि पानी परेको छ । बिहानदेखि रातिसम्म पश्चिमदेखि पूर्वसम्म पालैपालो पानी पर्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेलले बताउनुभएको छ । 

उहाँका अनुसार वर्षा र बदलीको यो अवस्था अझै दुई हप्तासम्म रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाले निकालेको तीन दिने मौसमी बुलेटिनमा पनि पर्सि शनिबारसम्म नै पानी पर्ने उल्लेख छ । अहिले पानी पार्ने प्रणाली पश्चिमबाट उत्तर–पूर्वतिर सर्दै गइरहेको महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । यस्तै अरू प्रदेशको हिमाली र पहाडी भूभाग र तराई भूभागका थोरै ठाउँहरूमा पनि मेघ गर्जन÷चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । केही दिनयता लगातार जसो पानी परिरहेको छ । 

प्रि-मनसुनमा वर्षा धेरै भए पनि नेपालमा यस वर्षको मनसुन अवधिमा भने औसतभन्दा कम वर्षा हुने र तापक्रम बढी हुने अनुमान गरिएको छ । दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोफ) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालको मध्य क्षेत्रमा यस वर्ष कम वर्षा हुनेछ । 

यसका मुख्य कारण प्रशान्त महासागरमा विकसित एल निनो र हिन्द महासागरको इन्डियन ओसन डाइपोलमा आएको प्रतिकूल परिवर्तन रहेका छन् । यसले कृषि उत्पादन र जलविद्युत आपूर्तिमा समेत प्रतिकूल असर पर्न सक्ने मौसमविदको चिन्ता छ । 

विज्ञहरूले कम वर्षामा हुने वैकल्पिक बाली छनोट गर्न र पानीको भण्डारण गर्न सुझाव दिएका छन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

चितवन निकुञ्जमा फेरियो नेतृत्व, पुर्जालाई जिम्मेवारी

चितवन राष्ट्रिय निकुञ्जको वरिष्ठ संरक्षण अधिकृतमा डिलबहादुर पुर्जा पुनः फर्किने भएका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तलाई वन तथा वातावरण मन्त्रालयले विभागमा सरुवा गरेपछि पुर्जालाई उक्त जिम्मेवारी दिइएको हो । यसअघि झण्डै २० महिना चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृतका रूपमा काम गरिसकेका पुर्जा पछिल्लो १५ महिनादेखि शिवपुरी राष्ट्रिय निकुञ्जमा कार्यरत थिए...

चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

चितवन मेडिकल कलेज (सिएमसी)को नेतृत्वमा काठमाडौँको तीनकुने र मकवानपुरको हेटौँडामा अतिविशिष्टकृत सेवासहितका अस्पताल सञ्चालन हुने भएको छ । तीनकुनेको अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ भने हेटौँडामा हालै शिलान्यास गरिएको हो । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले सिएमसी काठमाडौँको नामबाट आगामी दशैँको घटस्थापनादेखि अस्पताल सञ्चालन हुने बताए । शत्र रोपनी...

मलेसियामा हुने टी–२० प्रतियोगिताका लागि महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा

मलेसियामा हुने टी–२० प्रतियोगिताका लागि महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा काठमाण्डौ – नेपाल क्रिकेट सङ्घ (क्यान)ले मलेसियामा हुने महत्त्वपूर्ण दुई अन्तर्राष्ट्रिय टी–२० प्रतियोगिताका लागि महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।  यही मे र जुनमा हुने एशियाली खेलकुद महिला छनोट र एसीसी महिला प्रिमियर कपका लागि क्यानले हिजो टोलीको घोषणा गरेको हो । क्यानले...

तीन दिनपछि खुल्यो  बीपी राजमार्ग

तीन दिनपछि खुल्यो  बीपी राजमार्ग काठमाण्डौ – बाढीले अवरुद्ध बीपी राजमार्ग तीन दिनपछि खुलेको छ । अस्थायी ‘डाइभर्सन’ बनाएर बिहानदेखि सडक खुलाइएको काभ्रे प्रहरीले जनाएको छ ।  पानी परिरहेकाले अत्यावश्यक बाहेक यो मार्गबाट यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ । गएको सोमबारको वर्षासँगै रोशी खोलामा आएको बाढीले सडक बन्द भएको थियो ।  वर्षा हुने बित्तिकै...

आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढ्यो आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढ्यो काठमाण्डौ – आज बिहीबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  भाउ बढेर सुन आज तोलाको २ लाख ९८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०