"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

भावी प्रधानन्यायाधीश : वरिष्ठताको परम्परा कि क्रमभङ्ग ?

Table of Content

भावी प्रधानन्यायाधीश : वरिष्ठताको परम्परा कि क्रमभङ्ग ?

काठमाण्डौ – एक महिनादेखि रिक्त प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न आज बेलुकी संवैधानिक परिषद्को बैठक बस्दैछ । प्रकाशमान सिंह राउत ६५ वर्षे उमेरहदका कारण गएको चैत १८ गते प्रधानन्यायाधीश पदबाट अवकाश भएपछि वरिष्ठतम न्यायाधीशको रूपमा सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश हुनुहुन्छ ।

वरिष्ठतालाई आधार मानिए मल्ल नै स्वतः प्रधानन्यायाधीशमा सिफारिस हुनुहुनेछ । तर, विगतमा दलसँग जोडिएका न्यायाधीशहरूप्रति प्रधानमन्त्री वालेन्द्र शाह अनुदार रहेकाले वरिष्ठताका आधारमा प्रधानन्यायाधीश नियुक्त गर्ने परम्परा तोडिन सक्ने अड्कलबाजी भइरहेको छ । 

नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले वरिष्ठताका आधारमा ६ न्यायाधीशको नाम सिफारिस गरिसकेको छ । त्यसमा वरिष्ठतम न्यायाधीश मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाँल, डा.मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ छन् । उनीहरूमध्येबाटै संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीश सिफारिस गर्नेछ । 

हालै जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशअनुसार ६ सदस्यीय न्याय परिषदमा प्रधानमन्त्रीलाई बहुमत आवश्यक पर्दैन । चार सदस्यको उपस्थितिमा प्रधानमन्त्रीसहित तीन सदस्यले निर्णय लिन सक्नेछन् । प्रधानन्यायाधीश नियुक्तिमा कानुनमन्त्री पनि सहभागी रहन्छन् । प्रधानमन्त्री शाह, सभामुख डिपी अर्याल र कानुनमन्त्री सोबिता गौतमले आफूले चाहेको प्रधानन्यायाधीश सिफारिस गर्न सक्छन् । 

वरिष्ठताकै आधारमा नियुक्त भए सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, नहकुल सुवेदी प्रधानन्यायाधीश हुनेछन् । तर प्रधानमन्त्री शाहले मल्ल, रेग्मी र फुयाँलभन्दा नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठमध्ये एकलाई प्रधानन्यायाधीश बनाउन खोजेको चर्चा छ । उनीहरू दुवै न्याय सेवाबाट आएका हुन् । 
अहिलेसम्म प्रधानन्यायाधीशको वरिष्ठता मिचिएको छैन । नियुक्तिमा वरिष्ठता र योग्यता दुवैलाई मुख्य आधार मान्नुपर्ने सर्वोच्च अदालतको पुरानो नजिर छ । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अझै दुई हप्ता वर्षा र बदली हुने

अझै दुई हप्ता वर्षा र बदली हुने काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानदेखि पानी परेको छ । बिहानदेखि रातिसम्म पश्चिमदेखि पूर्वसम्म पालैपालो पानी पर्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेलले बताउनुभएको छ ।  उहाँका अनुसार वर्षा र बदलीको यो अवस्था अझै दुई हप्तासम्म रहनेछ । जल तथा...

आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान

आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान काठमाण्डौ – राष्ट्रिय तथ्याङ्क कार्यालयले सबै व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा सहभागी हुन आह्वान गरेको छ । आर्थिक कारोबार हुने औपचारिक तथा अनौपचारिक क्षेत्रका व्यापार–व्यवसाय गर्ने संस्थालाई गणना प्रक्रियामा सहभागी हुन राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गत आर्थिक गणना शाखाका निर्देशक डा वेदप्रसाद ढकालले आग्रह गर्नुभएको हो । देशको आर्थिक गतिविधि प्रस्तुत गर्ने...

रातो मच्छिन्द्रनाथको रथ जावलाखेल तान्ने साइत असार ३ गतेलाई जुर्‍यो

रातो मच्छिन्द्रनाथको रथ जावलाखेल तान्ने साइत असार ३ गतेलाई जुर्‍यो काठमाण्डौ – रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेल तान्न असार ३ गतेको साइत जुरेको छ ।  आज बिहान ललितपुरको मंगलबजारमा रहेको मणिमण्डपमा भेला भएका चार जना ज्योतिषले असार ३ गतेको साइत जुराएका हुन् । नरिवल खसाल्ने जात्रा सकिएपछिको पहिलो हप्ताको बिहीबार रथ जावलाखेल लाने साइत हेर्ने...

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन काठमाण्डौ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि बनाइएका संरचना तत्काल खाली गर्न सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई निर्देशन दिएको छ ।  मन्त्रालयका अनुसार सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति बमोजिम साबिकमा भोगाधिकार प्राप्त गरेका पक्षलाई जग्गा...

तेस्रो प्रदेश भाषा दिवस आज : बागमती प्रदेशमा सार्वजनिक बिदा

तेस्रो प्रदेश भाषा दिवस आज : बागमती प्रदेशमा सार्वजनिक बिदा काठमाण्डौ – बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ ।  प्रदेश सरकारले २०८१ सालदेखि वैशाख २४ गतेका दिन प्रदेश भाषा दिवस मनाउन शुरु गरेको थियो । प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० अनुसार प्रदेश सरकारले प्रदेश भाषा दिवस मनाउन...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०