"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

पदमुक्त भएपछि उपकुलपति प्राडा जोशीले भने- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई भगवानले रक्षा गरून्

Table of Content

धनगढी- लामो समयको प्रतिक्षा पछि सञ्चालनका क्रममा रहेको कैलालीको गेटास्थित सहिद दररथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्था फेरि अनिश्चित बनेको छ। सरकारले अध्यादेशमार्फत विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी पदमुक्त गरेपछि गेटा सञ्चालनको प्रक्रिया पूरा नहुँदै अन्यो सृजना भएको हो।

अध्यादेशका कारण गेटा सञ्चालनको प्रक्रियालाई अन्तिम रुप दिइरहेका उपकुलपति प्राडा सुनिलकुमार जोशीसहित रजिस्ट्रार डा खेमराज जोशी पनि पदमुक्त भएका छन्। पदमुक्त भएपछि प्राडा जोशी भन्छन्- ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई भगवानले रक्षा गरून्।’

उनीहरुसँगै गेटा सभा सदस्यहरू प्राडा हेमराज पन्त, प्राडा जयराज अवस्थी, प्राडा अम्मरराज जोशी, डा.लवदेव अवस्थी, सहप्राध्यापक अनुराधा रोकाया, डा.डम्मरबहादुर पाल र प्राडा संगीता राजभण्डारीक पनि पदमुक्त भएका हुन्। 

सरकारले आगामी शैक्षिक सत्रदेखि गेटालाई सञ्चालनमा ल्याउने बताएको थियो। प्रधानमन्त्री वालेन्द्र शाहले गेटाका लागि २ अर्ब ५८ करोड रुपैयाँ बजेट समेत सुनिश्चित गरेको जनाएका थिए। 
गेटामा एमबीबीएस अध्ययन/अध्यापनका लागि आवश्यक प्रशासनिक प्रक्रिया पूरा गर्न उपुकलपति प्राडा जोशी सक्रिय थिए। पदमुक्तिसँगै उक्त प्रक्रिया समेत अवरुद्ध भएको छ। 

प्राडा जोशीले पदमुक्त गरिने अध्यादेश जारी हुने भएपछि सुदूरपश्चिममा चिकित्सा शिक्षा सुरु गर्ने र त्यहाँका सम्पूर्ण जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउने हाम्रो योजना छिट्टै कार्यान्वयन हुन नसक्ने देखिँदा दुखी भएको बताएका थिए।

उनले भनेका थिए,  ‘हामी, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका र रजिस्ट्रार, अब यस विश्वविद्यालयका पदाधिकारी रहेनौं। छोटो अवधिका लागि भए पनि आफ्नो जिम्मेवारीमा रहेर प्रभावकारी रूपमा काम गर्ने अवसर पाएकोमा हामी कृतज्ञ छौं। यस अवधिमा हामीलाई सहयोग र समर्थन गर्नुहुने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं। सुदूरपश्चिममा चिकित्सा शिक्षा सुरु गर्ने र त्यहाँका सम्पूर्ण जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउने हाम्रो योजना छिट्टै कार्यान्वयन हुन नसक्ने देखिँदा हामी अत्यन्त दुःखी छौं।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गत पुष २२ गते बसेको विश्वविद्यालयको दोस्रो सिनेट बैठकले उपकुलपतिमा प्राडा जोशी र रजिस्ट्रारमा डा खेमराज जोशीलाई नियुक्त गरेको थियो। तत्कालीन शिक्षामन्त्री महावीर पुनको अध्यक्षतामा बसेको बैठकले सिफारिस भएको नाम स्वीकृत गरेसँगै चार वर्षदेखि अलपत्र रहेको गेटाले शैक्षिक एवं प्रशासनिक नेतृत्व पाएको थियो।
२०८२ असार ४ मा राष्ट्रपति रामचन्द्र पौडेलले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन प्रमाणीकरण गरेका थिए। ऐनअनुसार गत असोज अन्तिममा उपकुलपति, रजिस्ट्रार सिफारिस समिति गठन भएको थियो।

तीनपटक आवेदन खोलेपछि मात्रै उपकुलपतिमा प्राडा जोशीको आवेदन परेको थियो। पहिलोपटक गत कार्तिक १५ गते उपकुलपति छनोटका लागि पहिलो सूचना निकालियो तर कसैको आवेदन परेन।
तत्कालीन शिक्षा मन्त्री महावीर पुनले सामाजिक सञ्जालबाट उपकुलपति बन्न चाहने व्यक्ति सम्पर्कमा आउन आह्वान गरेका थिए। तेस्रो पटक आवेदन माग गर्दा दुई जनाको मात्र दरखास्त परेको थियो। ती मध्ये प्राडा जोशी छनोट भएका थिए।

लामो समय लगाएर २०७८ सालमा भौतिक संरचना निर्माण पूरा भएको थियो। २०८२ पुसमा प्राडा जोशी उपकुलपति नियुक्त भएपछि गेटामा आगामी शैक्षिकसत्रका लागि एमबीबीएस, बीएस्सी एमएलटी,  बी–अप्टोमेट्री र नर्सिङ पढाउने तयारी थालिएको थियो। जम्मा १ सय ३० सिटमा विद्यार्थी भर्ना लिने गरी तयारी अघि बढेको थियो।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

रवि लामिछाने गड्डाचौकी नाका हुँदै आज भारत प्रस्थान

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीर्थाटनका क्रममा कञ्चनपुरको गड्डाचौकी नाका हुँदै आज भारत प्रस्थान गर्नुभएको छ । सभापति लामिछानेले स्थलमार्ग हुँदै भारतको उत्तराखण्डको नैनीताल जिल्लाको प्रसिद्ध धार्मिकस्थल कैचीधाम (नीम करौली बाबा) को दर्शन गर्ने कार्यक्रम रहेको छ । तीन दिने तीर्थाटनका क्रममा उत्तराखण्डको कैचीधामका साथै गुवाहाटीमा रहेको कामाख्या मन्दिरमा पूजार्चना...

रत्ननगरमा संविधान सभा सदस्य शेषनाथ अधिकारीद्वारा आयोजित शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

रत्ननगर, चितवन हरेक वर्ष बडादशैँको अवसरमा आयोजना हुँदै आएको परम्परागत भेटघाट तथा चियापान कार्यक्रम यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। संविधान सभा सदस्य शेषनाथ अधिकारीको निज निवासमा (रत्ननगर नगरपालिका, टाँडी अस्पताल रोड) उक्त कार्यक्रम कार्तिक ६ गते (द्वादशीका दिन) दिउँसो २ बजे आयोजना गरिएको थियो। शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा स्थानीय बासिन्दा, नेता,...

सडक अवरोधको असर सौराहाको पर्यटनमा, दसैँमा पनि पर्यटकको आगमन अपेक्षाभन्दा कम

चितवन :  दसैँको बिदा र मुख्य पर्यटकीय सिजन सुरु भएसँगै चितवनका प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढे पनि अपेक्षाअनुसार पर्यटकको आगमन हुन सकेको छैन। बाढीपहिरो र सडक यातायातमा देखिएको अवरोधका कारण यसपटक दसैँमा समेत सौराहासहित चितवनका पर्यटकीय क्षेत्रमा पर्यटकको चाप कम देखिएको हो।मुलुकको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा स्वदेशी तथा विदेशी पर्यटकको आगमन अपेक्षाकृत कम हुँदा...

भारतीय विदेशमन्त्रीलाई अर्थमन्त्री वाग्लेकाे प्रश्न – ‘के हामी पेन्डुलमको अर्को छेउतिर गइरहेका छौँ ?’

काठमाण्डाै – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करबीच बदलिँदो विश्व परिस्थितिमा अन्तर्राष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे रोचक प्रश्नोत्तर भएको छ । भारतीय टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत हिजाे बिहीवार आयोजित एक सत्रमा दुई नेताबीच विश्व व्यवस्थामा देखिएको परिवर्तन, बहुपक्षीय सहकार्यको भविष्य र क्षेत्रीय तथा उपक्षेत्रीय साझेदारीको आवश्यकताबारे...

मनास्लु लार्केपास, लाङटाङ र गोसाइँकुण्ड पदयात्रा खुला

काठमाण्डाै – मनास्लु लार्केपास, लाङटाङ र गोसाइँकुण्ड पदयात्रा खुला भएका छन् ।  ट्रेकिङ एजेन्सिज् एसाेसिएशन अफ नेपाल (टान) ले मनास्लु लार्केपास पदयात्रा खुला भएकाले सर्तकता अपनाउँदै यात्रा गर्न आग्रह गरेको छ । टानले सूचना निकालेर बूढीगण्डकीमा आएको बाढीका कारण क्षतिग्रस्त पहुँचमार्ग, पदमार्गका खण्ड, पुल तथा टी–हाउस लज धार्चे र गोरखाको चुमनुब्री गाउँपालिकाले संयुक्त रूपमा मर्मत...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०