"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आन्दोलनको बाटो नरोज्न निस्सा पाएका सुकुमवासीलाई पोखरा महानगर प्रमुखको आग्रह

Table of Content

काठमाडौँ — सुकुमवासी बस्ती खाली गराउने सूचनाविरुद्ध भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति कास्कीले चरणबद्ध आन्दोलनको घोषणा गरेपछि पोखरा महानगर प्रमुख धनराज आचार्यले निस्साप्राप्त सुकुमवासीलाई आन्दोलनको बाटो नरोज्न आग्रह गरेका छन् । साथै, ‘संघर्ष समिति’ को सट्टा ‘सहयोग तथा सहजीकरण समिति’ बनाएर महानगरसँग मिलेर समस्या समाधान गर्न उनले सुझाव दिएका छन् ।

सोमबार फेसबुकमार्फत सार्वजनिक अनुरोध जारी गर्दै उनले भनेका छन्, ‘तपाईंहरूले आन्दोलन गर्न आवश्यक छैन । महानगरपालिका तपाईंहरूको समस्याको समाधानका लागि जिम्मेवार ढंगले कार्यरत छ । कृपया कसैको स्वार्थका लागि प्रयोग नहुनुहोस् ।’

उनले अतिक्रमित स्थल खाली गराउने सूचना जारी भएपछि केही पक्षले सुकुमवासी बस्तीलाई मानव ढालका रूपमा प्रयोग गर्ने प्रयास गरिरहेको भन्दै यस्तो कार्य दुःखद भएको बताए । ‘अनावश्यक उत्तेजना र आवेग सिर्जना गरिएको छ, जसले वास्तविक सुकुमवासीको हितभन्दा अरूकै स्वार्थ पूरा गर्छ,’ उनले भने । 

उनले पोखरा महानगरपालिकाले सुकुमवासी समस्या समाधानमा उल्लेखनीय काम गरेको दाबी गर्दै महानगरले सम्भवतः देशभरमै सबैभन्दा छिटो निस्सा वितरणको काम सम्पन्न गरेको उल्लेख गरे । हालसम्म १९ हजार ८ सय ५६ परिवारलाई सुकुमवासी र अव्यवस्थित बसोबासीका रूपमा निस्सा वितरण भइसकेको छ ।

उनका अनुसार निस्सा प्राप्त नागरिकहरूको यथार्थ छानबिन गरिनेछ । बसोबास गरिरहेको स्थान जोखिमरहित भएको र सरकारी परियोजनाका लागि आवश्यक नभएको अवस्थामा सोही स्थानमा व्यवस्थापन गरिनेछ । नियमानुसार वैकल्पिक स्थानमा व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

उनले संघर्ष समिति गठन गरी आन्दोलन गर्नुभन्दा ‘सहयोग तथा सहजीकरण समिति’ बनाएर माग र सुझावहरू महानगरपालिका वा सम्बन्धित वडा कार्यालयमा औपचारिक रूपमा पेस गर्न अनुरोध गरेका छन् ।

पोखरा महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले वैशाखको पहिलो साता सार्वजनिक, ऐलानी तथा पर्ति जग्गामा अनधिकृत रूपमा निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन अल्टिमेटम दिएका थिए । उक्त सूचनापछि भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति कास्कीले सोमबार जिल्ला प्रशासन कार्यालय र पोखरा महानगरपालिकामा ज्ञापनपत्र बुझाउने, त्यसपछि कोणसभा गर्ने र बुधबारदेखि थप कडा आन्दोलनका कार्यक्रम तय गर्ने घोषणा गरेको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

सुरुङ खनेर ८ जना कैदीबन्दी फरार : घटनाको छानबिन गर्न समिति गठन

काठमाण्डाै – डोल्पाको सदरमुकाम दुनैमा रहेको कारागारबाट सुरुङ खनेर ८ जना कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न प्रहरीले तीन सदस्यीय समिति गठन गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाले प्रहरी निरीक्षक विनय सिंहको नेतृत्वमा समिति गठन गर्दै फरार भएका कैदीबन्दीहरूको व्यापक खोजी कार्य तीव्र पारिएको जनाएको छ । उनीहरू शुक्रवार राति कारागारभित्रबाट सुरुङ खनेर फरार भएका थिए ।...

यू–१९ एशिया कप : विपिन शर्माकाे कप्तानीमा नेपाली टाेली घाेषणा

काठमाण्डाै – आउँदो बिहीवार कात्तिक १९ गतेदेखि ओमानमा शुरू हुने १९ वर्षमुनिको एशिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । १९ वर्षमुनिको एशिया कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा नेपालसँगै भारत, पाकिस्तान र...

वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड नाघ्यो

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा नेपालका वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्ममा धेरैजसो बैंकहरूको नाफामा सुधार आएको छ । केही बैंकको नाफामा सामान्य गिरावट देखिएको छ । बैंकहरूको नाफा गएकाे आर्थिक वर्षको...

भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म

काठमाडौं । भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो । यसअघि नै नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान...

जर्मनीमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक बन्यो, पसलहरुमा लुटपाट

जर्मनीमा बढ्दो महँगी र सरकारी खर्च कटौतीको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । देशका विभिन्न शहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । कतिपय पसलहरूमा लुटपाट पनि भएको बीबीसीले जनाएको छ । जर्मनीको वित्तीय केन्द्र फ्र्याङ्कफर्टसहित बर्लिन, कोलोन र ह्याम्बर्गमा प्रदर्शनका क्रममा हिंसात्मक घटना भएका खबरमा उल्लेख छ । प्रदर्शनकारीले प्रहरी तथा उद्धारकर्मीमाथि आतसबाजी,...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०