"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आन्दोलनको बाटो नरोज्न निस्सा पाएका सुकुमवासीलाई पोखरा महानगर प्रमुखको आग्रह

Table of Content

काठमाडौँ — सुकुमवासी बस्ती खाली गराउने सूचनाविरुद्ध भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति कास्कीले चरणबद्ध आन्दोलनको घोषणा गरेपछि पोखरा महानगर प्रमुख धनराज आचार्यले निस्साप्राप्त सुकुमवासीलाई आन्दोलनको बाटो नरोज्न आग्रह गरेका छन् । साथै, ‘संघर्ष समिति’ को सट्टा ‘सहयोग तथा सहजीकरण समिति’ बनाएर महानगरसँग मिलेर समस्या समाधान गर्न उनले सुझाव दिएका छन् ।

सोमबार फेसबुकमार्फत सार्वजनिक अनुरोध जारी गर्दै उनले भनेका छन्, ‘तपाईंहरूले आन्दोलन गर्न आवश्यक छैन । महानगरपालिका तपाईंहरूको समस्याको समाधानका लागि जिम्मेवार ढंगले कार्यरत छ । कृपया कसैको स्वार्थका लागि प्रयोग नहुनुहोस् ।’

उनले अतिक्रमित स्थल खाली गराउने सूचना जारी भएपछि केही पक्षले सुकुमवासी बस्तीलाई मानव ढालका रूपमा प्रयोग गर्ने प्रयास गरिरहेको भन्दै यस्तो कार्य दुःखद भएको बताए । ‘अनावश्यक उत्तेजना र आवेग सिर्जना गरिएको छ, जसले वास्तविक सुकुमवासीको हितभन्दा अरूकै स्वार्थ पूरा गर्छ,’ उनले भने । 

उनले पोखरा महानगरपालिकाले सुकुमवासी समस्या समाधानमा उल्लेखनीय काम गरेको दाबी गर्दै महानगरले सम्भवतः देशभरमै सबैभन्दा छिटो निस्सा वितरणको काम सम्पन्न गरेको उल्लेख गरे । हालसम्म १९ हजार ८ सय ५६ परिवारलाई सुकुमवासी र अव्यवस्थित बसोबासीका रूपमा निस्सा वितरण भइसकेको छ ।

उनका अनुसार निस्सा प्राप्त नागरिकहरूको यथार्थ छानबिन गरिनेछ । बसोबास गरिरहेको स्थान जोखिमरहित भएको र सरकारी परियोजनाका लागि आवश्यक नभएको अवस्थामा सोही स्थानमा व्यवस्थापन गरिनेछ । नियमानुसार वैकल्पिक स्थानमा व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

उनले संघर्ष समिति गठन गरी आन्दोलन गर्नुभन्दा ‘सहयोग तथा सहजीकरण समिति’ बनाएर माग र सुझावहरू महानगरपालिका वा सम्बन्धित वडा कार्यालयमा औपचारिक रूपमा पेस गर्न अनुरोध गरेका छन् ।

पोखरा महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले वैशाखको पहिलो साता सार्वजनिक, ऐलानी तथा पर्ति जग्गामा अनधिकृत रूपमा निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन अल्टिमेटम दिएका थिए । उक्त सूचनापछि भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति कास्कीले सोमबार जिल्ला प्रशासन कार्यालय र पोखरा महानगरपालिकामा ज्ञापनपत्र बुझाउने, त्यसपछि कोणसभा गर्ने र बुधबारदेखि थप कडा आन्दोलनका कार्यक्रम तय गर्ने घोषणा गरेको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो काठमाण्डौ — म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा पानी भर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको दग्नाम र झिँको सिमानामा पर्ने बाँधबाट पिप्लेकाे तेस्रो अडिटसम्मको मुख्य सुरुङमा हिजोदेखि पानी भर्न थालिएको हो । रघुगङ्गा हाइड्रोका प्रबन्ध...

बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी

बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी काठमाण्डौ — लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई सरकारले फेरि सञ्चालनमा ल्याउने तयारी गरेको छ । योसँगै सरकारी निकायले यसको अनुगमन शुरु गरेको छ । हेटौँडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भएर २०३५ देखि सञ्चालित हेटौँडा कपडा उद्योग २०५७ सालदेखि बन्द भएको थियो...

यसवर्ष मधेश प्रदेशमा गहुँ उत्पादनमा कमी

यसवर्ष मधेश प्रदेशमा गहुँ उत्पादनमा कमी काठमाण्डौ — गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेश प्रदेशमा यसवर्ष गहुँ उत्पादनमा कमी आएको छ । प्रदेश कृषि निर्देशनालय धनुषाका अनुसार यसवर्ष मधेश प्रदेशमा ३ लाख ७३२ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १.८ मेट्रिक टनका दरले पाँच लाख ४३ हजार १६० मेट्रिक टन गहुँ उत्पादन भएको छ । अघिल्लो...

कांग्रेस रास्वपाकाे दुश्मन हाेइन : गगन थापा

कांग्रेस रास्वपाकाे दुश्मन हाेइन : गगन थापा काठमाण्डाै – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुश्मन नभई प्रमुख प्रतिस्पर्धी दल भएको बताउनुभएको छ । चितवनको भरतपुरमा रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस र रास्वपाबीच प्रतिस्पर्धा भए पनि शत्रुताको सम्बन्ध नरहेको बताउनुभयो । उहाँले आफूहरूले अरूलाई...

रास्वपा राजनीतिक संस्कार परिवर्तनको अभियानमा छ : उपसभापति वाग्ले

रास्वपा राजनीतिक संस्कार परिवर्तनको अभियानमा छ : उपसभापति वाग्ले काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टी सरकार मात्र नभई राजनीतिक संस्कार परिवर्तनको अभियानमा रहेको बताउनुभएको छ । चितवनको भरतपुरमा आजदेखि शुरू भएकाे पार्टीकाे पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले नेपालको मुख्य समस्या स्रोत वा सम्भावनाको अभाव नभई गलत...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०