"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

एक दिने मनोक्रान्ति योग, ध्यान तथा हिप्नोसिस कार्यक्रम सम्पन्न

Table of Content

भरतपुर । विकासानन्द फाउन्डेसन विश्व परिवार अन्तर्गत संस्थाका संस्थापक डा. विकासानन्द गुरूदेवको विशेष उपस्थितिमा नारायणगढस्थित वैकुण्ठचोक टोल विकास संस्थाद्वारा आयोजित एक दिने मनोक्रान्ति योग, ध्यान तथा हिप्नोसिस कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

भरतपुर महानगरपालिका वडा नं. ४ स्थित चितवन फुड मार्ट एण्ड पार्टी प्यालेसमा आइतबार दिउँसो १२ः०० बजेदेखि ३ः०० बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा २८५ जना स्थानीय टोलबासीको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रमको समन्वयकारी भूमिका श्रीमती सुमित्रा सापकोटाले निर्वाह गरेको सो कार्यक्रमको सञ्चालन वैकुण्ठचोक टोल विकास संस्थाका सूचना तथा सञ्चार संयोजक शालिकराम आचार्यले गरेका थिए । त्यस्तै, स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष सोमनाथ खरेलले गरेका थिए ।

कार्यक्रममा आफ्नो अमूल्य समय मिलाई गरिमामय उपस्थितिका साथ कार्यक्रमलाई सफल बनाउन सहयोग पु¥याउने डा. विकासानन्द गुरूदेव तथा गण्डकी प्रदेशका सम्माननीय सभासद प्रति संस्थाका अध्यक्ष राम गिरीले हार्दिक धन्यवाद ज्ञापन गर्दै मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभाव, सहभागी सदस्य तथा शुभेच्छुकहरूप्रति वैकुण्ठचोक टोल विकास संस्था परिवार हार्दिक आभार प्रकट गर्दछ भन्दै अध्यक्ष गिरीले शुभभाव प्रकट गरेका थिए ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

रुपन्देही क्षेत्रका उद्योग व्यवसायहरू चलायमान

काठमाडौँ । नेपाल सरकारले सीमावर्ती भारतीय बजारबाट बिना भन्सार सामान भित्र्याउने कार्यमा कडाइ गरेपछि रुपन्देही क्षेत्रका उद्योग–व्यवसायहरू चलायमान बन्न थालेका छन् । घरायसी प्रयोजनका नाममा भारतबाट १ सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य भन्सार महसुल तिर्नुपर्ने नियम लागू भएपछि सुनौली नाका क्षेत्रका नेपाली व्यापारीहरूले खुसी व्यक्त गरेका छन् ।  यसअघि स्थानीय नागरिकहरू सानोतिनो किनमेलका...

साताको दुई दिन बिदा स्थायी रुपमै लागू गर्ने सरकारको तयारी

काठमाडौँ । सरकारले हप्ताको दुई दिन बिदालाई स्थायी रुपमै कार्यान्वयनको तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सरकारले केही समयका लागि परीक्षण गरेको हप्तामा दुई दिन बिदालाई स्थायी रुपमा लैजाने तयारी भइरहेको बताएका हुन् । सोमबार मन्त्रालयमा आयोजित उपत्यकाका महानगरपालिकाका प्रमुखहरू तथा सरकारका उच्च अधिकारीसँगको छलपलमा उनले भने, ‘अब स्थायी रूपमै...

सरकारले राष्ट्रपतिलाई भन्यो – अध्यादेशमा संवैधानिक परिषदमा मत बराबर हुँदा प्रधानमन्त्रीपक्षको बहुमत भएको मानिने व्यवस्था गरेका हौँ

सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न सिफारिस गरेको छ। राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले कुल संख्याको बहुमतलाई प्रतिनिधित्व गरेको नदेखिएको भन्दै अध्यादेश फिर्ता गरिदिएका थिए। साथै यसअघि आफूले संसदबाट पारित विधेयक पुनर्विचारका लागि फिर्ता पठाएको र सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सिफारिस गरेको विधेयक पनि जारी गरेको नजिर अघि...

भाजपाको पोल्टामा पश्चिम बंगाल, कस्तो देखिँदैछ चुनावी नतिजा ?

काठमाडौं । पश्चिम बंगालमा सम्पन्न विधानसभा निर्वाचनको मत गणना जारी छ । हालसम्मको रुझान हेर्दा  भारतीय जनता पार्टी (भाजपा) जितको नजिक पुगेको देखिएको छ । भाजपाले जितको खुसीयालीको तयारी पनि सुरु गरिसकेको छ । सन् २०११ देखि निरन्तर सत्तामा रहेकी ममता बनर्जी नेतृत्वको सर्वभारतीय तृणमूल कांग्रेस (टीएमसी)लाई पराजितलाई पछि पार्दै भाजपाले पहिलो पटक पश्चिम बंगालमा...

होर्मुजमा इरानका ७ वटा डुंगामाथि अमेरिकाको हमला

होर्मुजमा इरानका ७ वटा डुंगामाथि अमेरिकाको हमला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले स्ट्रेट अफ होर्मुजमा इरानका सात वटा ‘फास्ट बोट’ भनिने डुंगाहरूमा आक्रमण गरेको बताएका छन् । प्राय: बन्दजस्तै बनेको जलमार्गबाट अलपत्र परेका जहाजहरूलाई सुरक्षित बाहिर निकाल्ने प्रयास भइरहेका बेला अमेरिकाले इरानका डुंगाहरूमाथि आक्रमण गरेको जनाएको हो ।  अमेरिकाले ‘प्रोजेक्ट फ्रिडम’ अभियान अन्तर्गत इरानी बोटहरुमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०