"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

‘सरकारी विज्ञापन रोकेर निजी मिडियालाई धराशयी नबनाऊ’

Table of Content

भरतपुर । सरकारी विज्ञापन रोकेर निजी मिडियालाई धराशयी नबनाउन सरकारसँग माग गरिएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाको २२औँ साधारणसभामा अग्रज पत्रकारहरुले सरकारी विज्ञापन निजी मिडियालाई दिन किन रोकिएको हो भन्दै प्रश्न गरेका छन् ।

महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले सरकारी विज्ञापन निजी मिडियालाई दिन रोक लगाउनुको कारण माग्दै खुलाउन आग्रह गरे । उनले भने, ‘सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिँदा निजीस्तरका सञ्चारमाध्यमहरु धराशयी भएका छन् ।’ सभामा प्रमुख अतिथिसमेत रहेका आचार्यले सरकारलाई विज्ञापन रोकेर निजी सञ्चारमाध्यमलाई कमजोर पार्ने र बन्द गराउने उद्देश्यमा नलाग्न आग्रह गरे ।

उनले भने, ‘देशभरका सञ्चारमाध्यम सङ्कटमा छन्, सञ्चारमाध्यमलाई बन्द गराएर सरकारले के गर्न खोज्दैछ ? गम्भीर ध्यानाकर्षण गराइरहेका छौँ ।’ सरकारी विज्ञापन सरकार नियन्त्रित सञ्चारमाध्यमहरुलाई मात्रै दिने सरकारको निर्णय खारेजको लागि दबाब दिइरहेको बताए ।

तीन पत्रकार पुरस्कृत

नेपाल पत्रकार महासंघ चितवन शाखाको २२औँ साधारण सभामा जिल्लाका तीनजना पत्रकारलाई पुरस्कृत गरिएको छ ।

मैयाँदेवी पत्रकारिता पुरस्कारबाट पत्रकार अनिल ढकाल पुरस्कृत भएका छन् । ढकाल नेपाल टेलिभिजन र अन्नपूर्ण पोष्टमा कार्यरत रहेका छन् । सो पुरस्कारको राशि ५१ हजारको छ ।

बालकुमारी विष्णुकुमारी अभ्युदय पत्रकारिता पुरस्कारबाट दिप्ती विश्वकर्मा पुरस्कृत भइन् । उनले माडीबाट रेडियोमार्फत सक्रिय पत्रकारिता गर्दै आएकी छन् । यो पुरस्कारको राशि ११ हजार रुपैयाँको छ । यस्तै, सुजुश्री मैयादेवी पत्रकारिता पुरस्कारबाट पूजा ढकाल पुरस्कृत भएका हुन् । ढकाल नारायणी अनलाइनमा कार्यरत रहेकी छन् । यो पुरस्कारको राशि ११ हजार रुपैयाँ रहेको छ ।

पुरस्कृत हुने पत्रकारहरुलाई पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुली, महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यलगायतले सम्मानपत्रबाट सम्मानित गरेका हुन् ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले पत्रकार महासंघ, सम्बद्ध संघसंस्था र पत्रकारसँग सहकार्य गरेर अघि बढ्ने बताए । यस्तै, प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले साधारण सभाको शुभकामना दिएका थिए । महासंघका अध्यक्ष पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजेश घिमिरेले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष कृष्ण आचार्यले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो काठमाण्डौ — म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा पानी भर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको दग्नाम र झिँको सिमानामा पर्ने बाँधबाट पिप्लेकाे तेस्रो अडिटसम्मको मुख्य सुरुङमा हिजोदेखि पानी भर्न थालिएको हो । रघुगङ्गा हाइड्रोका प्रबन्ध...

बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी

बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी काठमाण्डौ — लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई सरकारले फेरि सञ्चालनमा ल्याउने तयारी गरेको छ । योसँगै सरकारी निकायले यसको अनुगमन शुरु गरेको छ । हेटौँडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भएर २०३५ देखि सञ्चालित हेटौँडा कपडा उद्योग २०५७ सालदेखि बन्द भएको थियो...

यसवर्ष मधेश प्रदेशमा गहुँ उत्पादनमा कमी

यसवर्ष मधेश प्रदेशमा गहुँ उत्पादनमा कमी काठमाण्डौ — गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेश प्रदेशमा यसवर्ष गहुँ उत्पादनमा कमी आएको छ । प्रदेश कृषि निर्देशनालय धनुषाका अनुसार यसवर्ष मधेश प्रदेशमा ३ लाख ७३२ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १.८ मेट्रिक टनका दरले पाँच लाख ४३ हजार १६० मेट्रिक टन गहुँ उत्पादन भएको छ । अघिल्लो...

कांग्रेस रास्वपाकाे दुश्मन हाेइन : गगन थापा

कांग्रेस रास्वपाकाे दुश्मन हाेइन : गगन थापा काठमाण्डाै – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुश्मन नभई प्रमुख प्रतिस्पर्धी दल भएको बताउनुभएको छ । चितवनको भरतपुरमा रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस र रास्वपाबीच प्रतिस्पर्धा भए पनि शत्रुताको सम्बन्ध नरहेको बताउनुभयो । उहाँले आफूहरूले अरूलाई...

रास्वपा राजनीतिक संस्कार परिवर्तनको अभियानमा छ : उपसभापति वाग्ले

रास्वपा राजनीतिक संस्कार परिवर्तनको अभियानमा छ : उपसभापति वाग्ले काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टी सरकार मात्र नभई राजनीतिक संस्कार परिवर्तनको अभियानमा रहेको बताउनुभएको छ । चितवनको भरतपुरमा आजदेखि शुरू भएकाे पार्टीकाे पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले नेपालको मुख्य समस्या स्रोत वा सम्भावनाको अभाव नभई गलत...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०