"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

‘सरकारी विज्ञापन रोकेर निजी मिडियालाई धराशयी नबनाऊ’

Table of Content

भरतपुर । सरकारी विज्ञापन रोकेर निजी मिडियालाई धराशयी नबनाउन सरकारसँग माग गरिएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाको २२औँ साधारणसभामा अग्रज पत्रकारहरुले सरकारी विज्ञापन निजी मिडियालाई दिन किन रोकिएको हो भन्दै प्रश्न गरेका छन् ।

महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले सरकारी विज्ञापन निजी मिडियालाई दिन रोक लगाउनुको कारण माग्दै खुलाउन आग्रह गरे । उनले भने, ‘सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिँदा निजीस्तरका सञ्चारमाध्यमहरु धराशयी भएका छन् ।’ सभामा प्रमुख अतिथिसमेत रहेका आचार्यले सरकारलाई विज्ञापन रोकेर निजी सञ्चारमाध्यमलाई कमजोर पार्ने र बन्द गराउने उद्देश्यमा नलाग्न आग्रह गरे ।

उनले भने, ‘देशभरका सञ्चारमाध्यम सङ्कटमा छन्, सञ्चारमाध्यमलाई बन्द गराएर सरकारले के गर्न खोज्दैछ ? गम्भीर ध्यानाकर्षण गराइरहेका छौँ ।’ सरकारी विज्ञापन सरकार नियन्त्रित सञ्चारमाध्यमहरुलाई मात्रै दिने सरकारको निर्णय खारेजको लागि दबाब दिइरहेको बताए ।

तीन पत्रकार पुरस्कृत

नेपाल पत्रकार महासंघ चितवन शाखाको २२औँ साधारण सभामा जिल्लाका तीनजना पत्रकारलाई पुरस्कृत गरिएको छ ।

मैयाँदेवी पत्रकारिता पुरस्कारबाट पत्रकार अनिल ढकाल पुरस्कृत भएका छन् । ढकाल नेपाल टेलिभिजन र अन्नपूर्ण पोष्टमा कार्यरत रहेका छन् । सो पुरस्कारको राशि ५१ हजारको छ ।

बालकुमारी विष्णुकुमारी अभ्युदय पत्रकारिता पुरस्कारबाट दिप्ती विश्वकर्मा पुरस्कृत भइन् । उनले माडीबाट रेडियोमार्फत सक्रिय पत्रकारिता गर्दै आएकी छन् । यो पुरस्कारको राशि ११ हजार रुपैयाँको छ । यस्तै, सुजुश्री मैयादेवी पत्रकारिता पुरस्कारबाट पूजा ढकाल पुरस्कृत भएका हुन् । ढकाल नारायणी अनलाइनमा कार्यरत रहेकी छन् । यो पुरस्कारको राशि ११ हजार रुपैयाँ रहेको छ ।

पुरस्कृत हुने पत्रकारहरुलाई पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुली, महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यलगायतले सम्मानपत्रबाट सम्मानित गरेका हुन् ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले पत्रकार महासंघ, सम्बद्ध संघसंस्था र पत्रकारसँग सहकार्य गरेर अघि बढ्ने बताए । यस्तै, प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले साधारण सभाको शुभकामना दिएका थिए । महासंघका अध्यक्ष पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजेश घिमिरेले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष कृष्ण आचार्यले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

धनुषामा श्रीमतीको हत्या, श्रीमान् पनि मृत फेला; चार वर्षीय छोरा घाइते

वीरगञ्ज । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आशङ्का गरिएका श्रीमान् पनि मृत फेला परेका छन् । घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरका ३५ वर्षीय उमेश यादवले कात्तिक ७ गते राति मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वरस्थित ससुरालीमा श्रीमती ३० वर्षीय रिना यादव...

व्यस्त रेल स्टेसनमा बाख्रालाई जागिर!

जापानको राजधानी टोकियोको व्यस्त रेल स्टेसनमा दुईवटा बाख्रालाई झारपात सफा गर्ने काममा लगाइएको छ। टोकियोको योत्सुया रेल स्टेसन परिसरमा अक्टोबर ९ देखि नागी र पोक्के नामका दुई बाख्रालाई काममा लगाइएको हो। यात्रुहरूको आवतजावत भइरहने स्टेसनमा बाख्राले घाँस खाएर झारपात नियन्त्रण गर्नेछन्। जापानी सञ्चारमाध्यम एफएनएनका अनुसार एक वर्षको भाले नागी र दुई वर्षकी पोथी पोक्केलाई डिसेम्बरसम्म वा...

बुधबारसम्म मौसम सामान्यतया सफा, बिहीबार केही ठाउँमा ठूलो वर्षा : मौसम विभाग

काठमाण्डौ – आउँदो बुधबारसम्म मौसम सामान्यतया सफा रहने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको पाँच दिनको मौसम पूर्वानुमानअनुसार बिहीबार भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई ठाउँमा ठूलो वर्षा तथा हिमपातको सम्भावना छ । साथै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा, लुम्बिनीका केही...

चितवनका युवा समाजसेवी शेरबहादुर परियारद्वारा बाढी पिढित र अभिभावकविहीन विद्यार्थीलाई गरे सहयोग

रसुवा : चितवनका युवा समाजसेवी तथा पर्यटन व्यवसायी शेरबहादुर परियारले बाढी र भूकम्पबाट प्रभावित तथा अभिभावक गुमाएका विद्यार्थीको सहयोगका लागि खाद्यान्न उपलब्ध गराउनुका साथै अधुरो छात्रावास भवन निर्माण सम्पन्न गर्ने जिम्मेवारी लिएका छन् । रसुवा र नुवाकोटको सिमानामा पर्ने उत्तरगया गाउँपालिका–५ वेत्रावतीस्थित नीलकण्ठ माध्यमिक विद्यालयमा आश्रित १५७ विद्यार्थीका लागि परियार र जर्मन नागरिक हार्टमुट ड्राम्सटसको...

साउनदेखि असोज मसान्तसम्म चितवनमा २८ जनाले त्यागे नागरिकता, चार जनाको नागरिकता रद्द

चितवन : जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । सोही अवधिमा छ हजार ७६६ वटा नागरिकताको प्रतिलिपि जारी गरिएको छ भने २८ जनाले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०