"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सशस्त्र प्रहरीको १३औं आईजीपीमा पौडेल

Table of Content

१८ वैशाखदेखि कार्यभार

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल, नेपालको प्रमुख (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई १३औं आईजीपीको जिम्मेवारी दिने निर्णय गरेको हो । उहाँले १८ वैशाखदेखि औपचारिक रूपमा आईजीपी पदको कमान्ड सम्हाल्नु हुनेछ । हालका आईजीपी राजु अर्यालको चारवर्षे कार्यकाल पूरा भई १८ वैशाखमा अवकाशमा जाँदै हुनुहुन्छ ।

आईजीपीमा अर्याल नियुक्त भएपछि एआईजीको रिक्त पदमा पौडेललाई २०७९ जेठ ६ मा बढुवा गरिएको थियो । सोही दिनदेखि उहाँ एआईजी तहमा रहेर काम गरिरहनुभएको छ ।

आईजीपी बढुवाका लागि पौडेलसँगै सीमा सुरक्षा विभागका एआईजी वंशी दाहाल र कार्य विभागका एआईजी गणेश ठाडा मगरसमेत प्रतिस्पर्धामा हुनुहुन्थ्यो । तर, वरिष्ठता र अनुभवको आधारमा पौडेललाई पहिलो दाबेदार मानिँदै आएको थियो ।
वि.सं. २०५४ चैत १८ मा नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) का रूपमा सेवा प्रवेश गर्नुभएका पौडेल सशस्त्र प्रहरी बल गठन भएपछि सशस्त्र प्रहरीमा स्थानान्तरण हुनुभएको थियो ।

वि.सं. २०५८ असार १८ मा उहाँलाई सशस्त्र प्रहरीको कार्यवाहक डीएसपी बनाइएको थियो भने २०५८ चैत १८ मा स्थायी रूपमा डीएसपीमा बढुवा हुनुभएको थियो । उहाँ वि.सं. २०६३ चैत २९ मा एसपी, २०७० जेठ २ मा एसएसपी, २०७५ कात्तिक १३ मा डीआईजी र २०७९ जेठ ६ मा एआईजीमा बढुवा हुनुभएको थियो ।

आईजीपीका अर्का प्रतिस्पर्धी एआईजी दाहाल भने पौडेलभन्दा करिब पाँच महिनापछि मात्र एआईजी बनेका थिए । सरकारले वि.सं. २०७९ असोज २८ मा दाहाललाई एआईजीमा बढुवा गरेको थियो । त्यस क्रममा दाहाललाई एआईजी बनाउन सरकारले सीमा सुरक्षा विभागमा एक एआईजीको दरबन्दीसमेत सिर्जना गरेको थियो । यसले पौडेलको वरिष्ठतालाई थप स्पष्ट बनाएको थियो । त्यस्तै, अर्का प्रतिस्पर्धी एआईजी ठाडा मगर पौडेलभन्दा करिब दुई वर्ष कनिष्ठ हुनुहुन्छ । उहाँ २०८२ असार २ मा मात्र एआईजीमा बढुवा हुनुभएको थियो ।

नवनियुक्त आईजीपी पौडेलले विद्यमान सशस्त्र प्रहरी नियमावलीअनुसार करिब दुई वर्ष संगठनको नेतृत्व गर्नु हुनेछ । ३० वर्षे सेवा हदका कारण उहाँ २०८४ चैत १८ मा अवकाशमा जानुहुनेछ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

RS_KTM-IMG_20260824_132639-1787571334 (1)

सामाजिक सञ्जाल, सडक हुँदै संसद्मा पनि खोजियो मृत्युदण्डको कानुन

काठमाण्डौ — प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाउन माग गरेका छन् ।...
WhatsApp Image 2026-08-24 at 3.46.29 PM

राप्ती–७, वीरेन्द्रनगरस्थित साकुरा एकेडेमी स्कुलमा गरिमा चौधरीका लागि न्यायको माग

राप्ती नगरपालिका–७ वीरेन्द्रनगरस्थित साकुरा एकेडेमी स्कुलमा आज कक्षा केजीदेखि १० सम्मका विद्यार्थीहरूले बाराको सिमरामा बलात्कारपछि...
swarnim-bulb_twYD6nUHoI

विद्युत् महसुल घटाउने सरकारको तयारी : पुनरवलोकन समितिको म्याद थपिँदै

काठमाडौँ । विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) का कारण चौतर्फी आलोचना भएपछि सरकारले...
simara-rape-accused-video_g7C0pxSeMm

सिमरा घटना : आरोपीको भिडियो भाइरल गराएको आरोपमा प्रहरी हवल्दार पक्राउ

वीरगन्ज । बाराको सिमराकी तीन वर्षीया बालिकाको बलात्कार र हत्यामा संलग्न आरोपीको भिडियो सामाजिक सञ्जालमा...
1787556667-qL72S

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

नवलपुर : गैँडाकोटस्थित सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयका एक शिक्षक विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०