"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

विद्यालय खोल्न खुट्टा कमाएका चितवनका पाँच पालिका

Table of Content

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिकाले वैशाख २ गतेदेखि भर्ना अभियान चलाइरहेका छ । वैशाख ८ गतेदेखि त धमाधम इच्छाकामना गाउँपालिकामा पठनपाठन भइरहेको छ । माडी नगरपालिकाले आज शुक्रबारदेखि भर्ना अभियान सँगसगैँ विद्यालयमा शैक्षिक क्रियाकलाप अगाडि बढाउँदैछ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन चलाइरहेका छन् । तनहुँको देवघाटलगायतका स्थानीय तहले पठनपाठन अगाडि बढाइसकेका छन् । तर, बिडम्बना भन्नुपर्छ, चितवनका पाँच पालिकाहरुले स्थानीय सरकारको अधिकारसमेत प्रयोग नगरी खुट्टा कमाइरहेका छन् ।

संघीय सरकारले शैक्षिक सत्र २०८३ का लागि तय गरेको समय तालिका अगाडि नै चितवनका दुई पालिकाले पठनपाठन सञ्चालन गर्दा अन्य पालिकाले ‘वैशाख १५ गतेभन्दा अगाडि विद्यालय सञ्चालन नगर्नू’ भन्दै सूचना निकालेका छन् ।

भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका र कालिका नगरपालिकाले संघीय सरकारकारको शैक्षिक तालिकालाई शिरोधार्य गरेका छन् । माडी र इच्छाकामनाले आफ्नो शैक्षिक तालिकालाई अबलम्बन गरेका हुन् ।

‘इच्छाकामना गाउँपालिकाले वैशाख २ बाट भर्ना अभियान चलाएको हो, ८ देखि त हामीले पठनपाठन सुरु गरेका छौँ’ इच्छाकामना गाउँपालिका प्रमुख दानबहादुर गुरुङले भने, ‘हाम्रो शैक्षिक तालिकाअनुसार पठनपाठन गरेका हौँ, उस्तै परेमा आइतबार पनि विद्यालय चलाउन सक्छौँ, नभए समयमै पाठ्यपुस्तकका कोर्सहरु पढाएर सकिदैन ।’ उनका अनुसार पाठ्यपुस्तक उही, पढाउनुपर्ने कोर्सहरु उही, अनि बिदा गरेर कसरी गुणस्तर बढ्छ ।

उनले वैशाख २ गतेबाट विद्यालय चलाउँदै अहिलेसम्म कसैले केही गुनासो नगरेको तर सबैबाट सवत्र्र स्वागत पाइहेको बताए । उनले भने, ‘पढाइ चलाएर कहीँबाट कुनै समस्या खडा भएको छैन, संघीय सरकारले केही भनेको छैन, स्थानीय पालिकाको अधिकारको प्रयोग भन्दा पनि स्थानीय तहको शैक्षिक क्यालेन्डरलाई फलो गरेका हौँ ।’

माडी नगरपालिका प्रमुख ताराकाजी कुमारी महतोले आज शुक्रबाट विद्यालयहरुमा भर्ना अभियान चलाउने निर्णय भएको बताइन् । उनले भनिन्, ‘वैशाख १४ गतेबाट पढाइ चलाउँछौँ, ११ गते शुक्रबार भर्ना चलाउँछौँ, माडी नगरपालिका आफ्नो शैक्षिक तालिकामा हिँड्छ ।’

संघीय सरकारले वैशाख १५ गतेदेखि विद्यार्थी भर्ना अभियान र २१ गतेदेखि मात्र नियमित कक्षा सञ्चालन गर्ने निर्णय गरेको भए पनि चितवनका दुई पालिकाले शैक्षिक क्यालेन्डरमा प्रभाव पार्ने भन्दै नियमित कक्षा सुरु गरेका हुन्, तर भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका र कालिका नगरपालिकाले संघीय सरकारले भनेबमोजिम वैशाख १५ गतेबाट भर्ना अभियान चलाउने निर्णय गरेका छन् । कालिका नगरपालिका, भरतपुर महानगरपालिकाले सूचना नै निकालेर १५ गतेअगावै विद्यालय सञ्चालन नगूर्न भनेका छन् ।

संस्थागत विद्यालयहरुको संगठन प्याव्सन चितवनका अध्यक्ष मदन पुरीले माडी र इच्छाकामनाले विद्यालय चलाउन आँट गर्दा अन्य पालिकाले त्यो आँट गर्न नसकेको बताए । उनले भने, ‘विद्यालय खोल्न सकिएन, पालिकाहरुले नै विद्यालय नचलाउनू भनेपछि कसरी चलाउने ? बसहरु नचलाई हुँदैन । बस चलाउन नपाइने भएपछि विद्यालय खोल्नुको पनि के अर्थ रहन्छ र ?’ उनले प्याव्सनअन्तर्गतका सबै विद्यालयहरु यतिबेला बन्द नै रहेको बताए । अभिभावकहरुले विद्यालय चलाउन दबाब दिए पनि चलाउन नसकिएको उनको भनाइ छ ।

भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवास आचार्यले संघीय सरकारले गरेको निर्देशनलाई पालना गर्ने निर्णय भएको बताए । उनले भने, ‘महानगरको शैक्षिक तालिकालाई परिमार्जन गरेका छौँ, विद्यार्थीलाई कुनै घाटन नहुने गरी कोर्सहरुमा आवश्यक परे परिवर्तन गर्नेछौँ । विद्यालयहरु संघीय सरकारको निर्देशनअनुसार १५ गतेबाट नै भर्ना अभियान र २१ गतेबाट पठनपाठन गर्नेछौँ ।’

नवलपुरमा धमाधम पठनपाठन

नवलपुरको मध्यविन्दु नगरपालिकाले वैशाख ७ गतेदेखि नै पठनपाठन सुरु गरिसकेको छ । त्यसैगरी, कावासोती नगरपालिका, गैँडाकोट नगरपालिका र हुप्सेकोट गाउँपालिकाले पनि मंगलबार र बुधबारदेखि पढाइ सुरु गराएका छन् । कावासोती नगरपालिकाका शिक्षा अधिकृत राजन पाण्डेले पालिकाभित्रका विद्यालयहरुले मंगलबारदेखि नियमित पठनपाठन सुरू गरेको बताए । हुप्सेकोट गाउँपालिका शिक्षा शाखा प्रमुख माधवराज गौतमले पालिकामा बुधबारदेखि नियमित पठनपाठन सुरु भएको बताए ।

जिल्लाको बुलिङटार गाउँपालिका र बौदिकाली गाउँपालिकाले भने बिहीबारदेखि नियमित शिक्षण अभ्यास सुरु गर्ने भएका छन् । सङ्घीय सरकारले २१ गतेदेखि मात्रै पढाइ सुरु गर्न भनेको भए पनि अभिभावकहरुको आग्रहमा नवलपुरका पालिकाहरुले पढाइ सञ्चालनमा ल्याएका छन् ।

जिल्लाको देवचुली नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाले भने संघीय सरकारको निर्देशनविरूद्ध नजाने निर्णय गरेका छन् । कतै पढाइ कतै बन्द हुँदा अभिभावकहरु भने अन्यौलमा परेका छन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

बैंकमा अधिक तरलता, आज एकैदिन एक खर्ब २० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाणडौ – बैंकिङ प्रणालीमा अत्यधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज एकैदिन एक खर्ब २० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ ।  १९ दिनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत एक खर्ब २० अर्ब रकम खिच्न लागेको राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल तथा निष्कासन सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३...

व्यवसायीलाई धरपकड गरेको भन्दै निजी क्षेत्र आबद्ध संघ-संगठनको गम्भीर ध्यानाकर्षण

काठमाण्डौ – उद्यमी व्यवसायीप्रति भइरहेको धरपकड र थुनछेकले निरुत्साहित भएको भन्दै निजी क्षेत्र आबद्ध संघ-संगठनहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले संयुक्त विज्ञप्ति निकालेर सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।  नयाँ सरकार गठनपछि देशमा स्थिरता र...

विश्वकै सर्वाधिक प्रदूषित शहर बन्यो काठमाडौं, एक्यूआई २०० भन्दा माथि

काठमाडौं विश्वकै सर्वाधिक प्रदूषित प्रमुख शहरको सूचीमा पहिलो नम्बरमा परेको छ । विश्वका प्रमुख सय शहरमा काठमाडौंको वायु सबैभन्दा बढी प्रदूषित रहेको स्विजरल्यान्डस्थित वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरले जनाएको छ । आईक्यूएयरका अनुसार काठमाडौंको एयर क्वालिटी इन्डेक्स २१० छ । जनस्वास्थ्यका निम्ति यो ‘अति अस्वस्थकर’ हो ।  एक्यूआई १०१ देखि १५० को...

‘धरतीको नर्क’: ट्रम्पले भारतको बारेमा ‘विवादास्पद’ पोस्ट सेयर गरेपछि तीव्र आलोचना

ठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूढीवादी लेखक तथा रेडियो प्रस्तोता माइकल सेभेजको जन्मसिद्ध नागरिकतासम्बन्धी विवादास्पद सन्देश सेयर गरेका छन्। यसमा सेभेजले वर्तमान कानुनले आप्रवासीहरूलाई गर्भावस्थाको “नवौँ महिना” मा अमेरिका पुगेर स्थानीय कानुनको फाइदा उठाउन अनुमति दिएको दाबी गरेका छन्। ट्रम्पले सेयर गरेको सेभेजको भनाइमा लेखिएको छ, “यहाँ जन्मिएको बच्चा तुरुन्त नागरिक बन्छ र त्यसपछि उनीहरू...

पत्रकार आचारसंहिता उल्लङ्घन बढेपछि प्रेस काउन्सिलको चेतावनी

काठमाडौँ । प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा सम्प्रेषित सामग्रीको अनुगमन गर्दै पत्रकार आचारसंहिता उल्लङ्घनका घटना बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ। प्रेस काउन्सिल नेपाललले शुक्रबार सार्वजनिक गरेको सूचनामा पछिल्ला दिनहरूमा पत्रकार आचारसंहिताविपरीत उजुरी तथा जनगुनासो बढिरहेको उल्लेख गरिएको छ। काउन्सिलका अनुसार यस्ता उजुरीहरूमा तथ्यहीन, अपुष्ट तथा भ्रामक सामग्री प्रकाशन गर्ने प्रवृत्ति देखिएको छ । काउन्सिलले...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०