"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रत्ननगरमा एक वर्षमा ११० जोडीको सम्बन्धविच्छेद

Table of Content

रत्ननगर । रत्ननगर नगरपालिकामा एक वर्षको अवधिमा ११० जोडीले सम्बन्धविच्छेद गरेका छन् । नगरपालिकाको सामाजिक तथा पञ्जीकरण उपशाखाका अनुसार २०८२ वैशाख १ देखि चैत ३० सम्मको अवधिमा ११० जोडीहरु कानुनीरुपमा अलग्गिएका हुन् । यस्तै, आर्थिक वर्ष २०८१/०८२ मा ६२३ जोडीले सम्बन्ध गाँस्दै गर्दा १११ जोडीले सम्बन्ध टुटाएका थिए ।

नगरपालिकाका १६ वडाहरुमध्ये वडा नम्बर–११ मा सबैभन्दा धेरै १४ जोडीले सम्बन्धविच्छेद गरेका छन् । रत्ननगर–४ मा भने वर्षभरि एउटा पनि सम्बन्धविच्छेदको घटना दर्ता भएको छैन । यस्तै, रत्ननगर–८ मा सबैभन्दा कम एक जोडीले मात्र सम्बन्धविच्छेद गरेको पञ्जीकरण उपशाखा प्रमुख रामप्रसाद बस्ताकोटीले जानकारी दिए ।

अन्य वडाहरुको विवरणअनुसार वडा नं–१ मा १०, वडा नं–९ मा नौ, वडा नं–१४ मा आठ तथा वडा नं–२ मा १३, रत्ननगर–१५ र १६ मा सात/सात जोडीले सम्बन्धविच्छेद गरेका छन् । त्यसैगरी, वडा नं–३, ६, ७ र १० मा छ/छ जोडी तथा वडा नं–५ मा पाँच जोडीको सम्बन्धविच्छेदको घटना दर्ता भएको छ ।

नगरपालिकामा वर्षभरि भएका घटना दर्तामध्ये सबैभन्दा धेरै जन्मदर्ता भएको पाइएको छ । एक वर्षमा कुल ८७५ जनाको जन्मदर्ता भएकोमा ४३१ बालिका र ४४४ बालक रहेका छन् । सबैभन्दा धेरै जन्मदर्ता रत्ननगर–१५ मा ८७ जना र सबैभन्दा कम रत्ननगर–६ मा २९ जनाको भएको छ ।

सरकारले बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गर्न र सो समय कटेमा जरिवाना लाग्ने व्यवस्था गरे पनि मानिसहरु आवश्यक परेको बेलामात्र दर्ता गर्न आउने गरेको बस्ताकोटीले बताए । उनले भने, ‘हरेक वर्ष वडा–वडामा अभियान सञ्चालन गर्दा पनि जन्मदर्ता शतप्रतिशत हुन सकेको छैन, हाल ७० प्रतिशतको हाराहारीमा मात्र छ ।’

यस अवधिमा नगरपालिकामा ४६३ वटा मृत्युदर्ता भएका छन् । सबैभन्दा धेरै रत्ननगर–१४ मा ४८ जना र सबैभन्दा कम रत्ननगर–२ मा १२ जनाको मृत्युदर्ता भएको छ । विशेषगरी, सम्पत्ति लेनदेन वा भागबन्डाको काम नपर्दासम्म मृत्युदर्ता गर्न नआउने प्रवृत्तिले गर्दा मृत्युको वास्तविक तथ्याङ्क आउन कठिन भएको प्रमुख बस्ताकोटीको भनाइ छ ।

विवाहदर्तातर्फ रत्ननगरका १६ वटा वडामा कुल ५५० जोडीले विवाहदर्ता गरेका छन् । जसमध्ये रत्ननगर–१३ बाट सबैभन्दा धेरै ५१ जोडी र रत्ननगर–७ बाट सबैभन्दा कम २३ जोडीले विवाहदर्ता गराएका छन् ।

यस्तै, बसाइँसराइको तथ्याङ्क हेर्दा रत्ननगरबाट बाहिर जानेभन्दा भित्रिनेको संख्या निकै धेरै देखिएको छ । एक वर्षको अवधिमा ४८८ परिवार (एक हजार ५५५ जना) रत्ननगरमा बसाइँ सरेर आएका छन् भने सोही अवधिमा १९० परिवार (४८० जना) मात्र यहाँबाट अन्यत्र बसाइँ सरेर गएका छन् । यस तथ्याङ्कले रत्ननगर नगरपालिका बसाइँसराइका लागि प्रमुख रोजाइको केन्द्र बनिरहेको तथ्याङ्कले देखाएको छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ९ महिनामा ७९ अर्ब ५४ करोडको सामग्री निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा ७९ अर्ब ५४ करोड मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा भने १० अर्ब १९ करोड अर्थात् १५ प्रतिशत बढी आयात भएको हो । जबकि गत आर्थिक वर्षको...

ढुंगाले हिर्काएर छिमेकीको हत्या

फिदिम, वैशाख १० गते । पाँचथरको हिलिहाङ गाउँपालिकामा दुई जनाबिच भएको विवादमा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा हिलिहाङ–७ निवासी ५२ वर्षीय धनप्रसाद यवा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। उहाँलाई आफ्नै छिमेकी ५४ वर्षीय हरिचन्द्र योक्पाङदेनले आपसी विवादका क्रममा टाउकोमा ढुंगाले हिर्काउँदा मृत्यु भएको बताइएको छ। घटना बुधबार साँझ भएको हो। घटनापश्चात् आरोपित...

विराटनगर महानगरपालिकामा तास खेल्ने अड्डामा प्रहरीले छापा मारे, ६ जना पक्राउ

विराटनगर : विराटनगर महानगरपालिका–९ सोमबारेस्थित खाली घरमा गोप्य रूपमा सञ्चालन हुँदै आएको तास खेल्ने अड्डामा प्रहरीले छापा मारेर ६ जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बुधबार राति करिब ८ बजेतिर तास खेल्दै गरेका ६ जनालाई नियन्त्रणमा लिएको बताए।  उनका कटवालका अनुसार खाली घरलाई व्यवस्थित रूपमा तास खेल्ने स्थल बनाएको पाइएको छ...

रत्ननगरमा एक वर्षमा ११० जोडीको सम्बन्धविच्छेद

रत्ननगर । रत्ननगर नगरपालिकामा एक वर्षको अवधिमा ११० जोडीले सम्बन्धविच्छेद गरेका छन् । नगरपालिकाको सामाजिक तथा पञ्जीकरण उपशाखाका अनुसार २०८२ वैशाख १ देखि चैत ३० सम्मको अवधिमा ११० जोडीहरु कानुनीरुपमा अलग्गिएका हुन् । यस्तै, आर्थिक वर्ष २०८१/०८२ मा ६२३ जोडीले सम्बन्ध गाँस्दै गर्दा १११ जोडीले सम्बन्ध टुटाएका थिए । नगरपालिकाका १६ वडाहरुमध्ये वडा नम्बर–११ मा...

प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग शुरू

काठमाण्डौ – दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग आजदेखि शुरू भएको छ ।  नेपाल भलिबल संघ (एनभीए)को आयोजनामा त्रिपुरेश्वरको दशरथ रङ्गशालाको कभर्डहलमा प्रतियोगिता शुरु भएको हो । आज पहिलो दिन पुरुष र महिला दुवैतर्फ २/२ खेल हुँदैछन् । अहिले महिलातर्फ एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच लिगको पहिलो खेल भइरहेको छ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०