"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राप्ती–४ मा कफि मेकिङ्ग तथा बार टेन्डिङ्ग तालिम, २० युवालाई अवसर

Table of Content


चितवन — राप्ती नगरपालिका वडा नं. ४ मा युवालाई सीपमूलक तालिममार्फत स्वरोजगार बनाउने उद्देश्यले कफि मेकिङ्ग तथा बार टेन्डिङ्ग तालिम सञ्चालन हुने भएको छ। वडाले तालिममा सहभागी हुन इच्छुक वडावासीलाई आवेदन दिन आह्वान गर्दै सूचना जारी गरेको छ।

वडा कार्यालयका अनुसार सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र इच्छुक वडावासीले आवेदन पेश गर्नुपर्नेछ। तालिममा जम्मा २० जना सहभागी छनोट गरिनेछ भने छनोट प्रक्रिया अन्तर्वार्तामार्फत हुने जनाइएको छ।

तालिममा सहभागी हुन आवेदक राप्ती नगरपालिका वडा नं. ४ का स्थायी नागरिक हुनुपर्नेछ। साथै आवेदकले एसईई वा एसएलसी उत्तीर्ण गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ। वडाले कमजोर आर्थिक पृष्ठभूमि भएका, दलित समुदायका तथा फरक क्षमता भएका आवेदकलाई प्राथमिकता दिने जनाएको छ।

यसैगरी आवेदकले चालु आर्थिक वर्षमा वडाले सञ्चालन गरेको समान प्रकृतिको अन्य तालिममा सहभागिता नगरेको हुनुपर्ने शर्त पनि राखिएको छ। तालिमका लागि आवेदकको उमेर १८ वर्षदेखि ३५ वर्ष बीच हुनुपर्नेछ।

आवेदन दिन चाहनेले २ प्रति हालसालै खिचेको पासपोर्ट साइज फोटो, नागरिकताको प्रमाणित प्रतिलिपि र शैक्षिक प्रमाणपत्र सहित राप्ती नगरपालिका–४ को हाल अस्थायी रुपमा रहेको वडा कार्यालयमा स्वयं उपस्थित भई आवेदन फाराम भर्नुपर्ने व्यवस्था गरिएको छ।

वडा नं. ४ का अध्यक्ष केदार प्रसाद आचार्यले यस्तो तालिमले युवालाई सीप सिकाएर स्वरोजगारतर्फ उन्मुख बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले वडाका इच्छुक युवालाई समयमै आवेदन दिन आग्रह गरेका छन्।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

capture1_8JPSMc1cA6

थाइल्यान्डको विद्यालयमा विद्यार्थीले गोली चलाउँदा शिक्षकको मृत्यु, ४ जना घाइते

काठमाडौँ । थाइल्यान्डको राजधानी बैंककको उत्तरतर्फ रहेको एक विद्यालयमा शुक्रबार एक विद्यार्थीले गोली चलाउँदा कम्तीमा...
swarnim-wagle-1230-1024x624-1

२५० को सामान खरिद गर्नेलाई १० लाखको बम्पर उपहार

२२ साउन, काठमाडौं ।रु. २५० को सामान खरिद गरेका एक उपभोक्ताले करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत...
department_of_drug_iPVE1mBv1D

नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी

काठमाण्डौ — नेपाल औषधि लिमिटेड २५ वर्षपछि फेरि नाफामा फर्किएको छ । आर्थिक वर्ष २०८१/८२...
udhav-thapa_7F6rTkOozr

सत्ताको खेलमा नलाग्ने राप्रपा बागमती संसदीय दलको निर्णय

काठमाडौँ । राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले सत्ताको खेलमा नलाग्ने निर्णय गरेको छ । ...

ब्राजिलका भिनिसियस जुनियरद्वारा रियल म्याड्रिडसँग ६ वर्षको सम्झौता

ब्राजिलका विङ्गर भिनिसियस जुनियरले स्पेनिस क्लब रियल म्याड्रिडसँग नयाँ ६ वर्षे सम्झौता गरेका छन् ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०