"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राप्तीमा तालाबन्दी, नागरिकको नौ बुँदे ज्ञापन प्रमुख जिल्ला अधिकारीलाई

Table of Content

चितवन, असोज २४ ।
राप्ती नगरपालिकामा देखिएको दीर्घकालीन बेथिति र प्रशासनिक अव्यवस्थाको विरोधमा स्थानीय सचेत नागरिक र युवा समुदायले तालाबन्दी गर्दै प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई नौ बुँदे ज्ञापनपत्र बुझाएका छन्।
मिति २०८२ असोज २३ गतेदेखि नगरपालिका कार्यालयको प्रमुख प्रशासनिक भवनमा तालाबन्दी गरिएको हो। आन्दोलनरत समूहले राप्ती नगरपालिकामा लामो समयदेखि “गैरजिम्मेवार र अनियमित प्रशासनिक गतिविधि” को कारण नागरिक सेवामा गम्भीर समस्या उत्पन्न भएको आरोप लगाएका छन्।
ज्ञापनपत्रमा भनिएको छ, “स्थानीय जनप्रतिनिधि र प्रशासनबीचको तालमेल नहुँदा विकासका कार्यहरू ठप्पजस्तै भएका छन्, जसको प्रत्यक्ष असर आम नगरवासीमाथि परेको छ।”
आन्दोलनकारीहरूले प्रमुख प्रशासकीय अधिकृतको बारम्बार सरुवा र कार्यस्थल परिवर्तनलाई पनि प्रमुख समस्या मानेका छन्। ज्ञापनपत्रमा उल्लेख छ — “हालसम्म ९ जना प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भइसकेका छन्, जसले नगरपालिकाको कार्यक्षमता कमजोर बनेको छ र कर्मचारीहरूको मनोबलमा नकारात्मक असर परेको छ।”
आन्दोलनरत समूहले नौ बुँदे माग अघि सारेका छन्, जसमा प्रमुख प्रशासकीय अधिकृतले नगरपालिका छोड्नुका कारण छानबिन गर्न समिति गठन, नियमित कार्यपालिका र नगरसभा सञ्चालन, प्रमुख–उपप्रमुखको कार्यालयमा अनिवार्य उपस्थितिलगायतका मागहरू समावेश छन्।
त्यसैगरी सार्वजनिक सम्पत्ति कार्यालय प्रयोजनका लागि मात्र प्रयोग गर्नुपर्ने, योजना तथा कार्यक्रमसँग सम्बन्धित भुक्तानी मागलाई शीघ्र सम्बोधन गर्ने, नियमित सार्वजनिक सुनुवाइ आयोजना गर्ने र आन्दोलनरत टोली, कार्यपालिका, सिडिओ तथा जिल्ला प्रहरी प्रमुखबीच वार्ता सम्पन्न भएपछि मात्र ताला खोल्ने माग पनि राखिएको छ।
ज्ञापनपत्रमा चेतावनी दिइएको छ कि, “४८ घण्टाभित्र माग सम्बोधन नभए उत्पन्न हुने सम्पूर्ण घटनाक्रमको जिम्मेवारी जनप्रतिनिधिहरूले नै लिनुपर्नेछ।”
आन्दोलनरत युवाहरूले भनेका छन् — “हाम्रो उद्देश्य कुनै व्यक्तिविशेषमाथि आक्षेप लगाउनु होइन, बरु नगरपालिकामा सुशासन, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्नु हो।”

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

राप्तीमा आइरिस इङ्लिस बोर्डिङ स्कुलको ३०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

राप्ती, चितवन । राप्ती नगरपालिका–२, गड्यौलीस्थित आइरिस इङ्लिस बोर्डिङ स्कुलको ३०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ। विद्यालयले हरेक वर्ष आयोजना गर्दै आएको वार्षिकोत्सव कार्यक्रम यस वर्ष पनि विविध सांस्कृतिक तथा शैक्षिक गतिविधिसहित सम्पन्न गरेको हो। कार्यक्रममा प्रमुख अतिथि मदन पुरी, विद्यालय व्यवस्थापन समिति ( बी.डी. ) का अध्यक्ष कृष्णप्रसाद नहर्की, अभिभावक शिक्षक...

स’नस’नीपूर्ण खुलासा : प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनविरु’द्धको माइतीघर प्रद’र्शनमा कसले गर्‍यो खर्च व्यवस्थापन ? राजनीतिक कनेक्सनको चर्चा !

प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनलाई नि’शाना बनाएर मंसिर ४ गते माइतीघर मण्डलामा गरिएको प्रद’र्शनको पर्दापछाडिको आर्थिक व्यवस्थापन र राजनीतिक सम्बन्धबारे ग’म्भीर विवरण बाहिर आएका छन्। प्राप्त विवरणअनुसार, उक्त प्रदर्शनका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत पर्चा तथा पम्प्लेट तयार गरिएको थियो। त्यसको खर्च व्यवस्थापनमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको सचिवालयसँग जोडिएका व्यक्तिहरूमार्फत समन्वय भएको दा’बी गरिएको...

कर्मचारीलाई चेतावनी दिँदै गृहमन्त्रीको ‘गुडमर्निङ’!

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले शनिबार बिहान राष्ट्रसेवक कर्मचारीहरूलाई राजनीतिक दलको झोला नबोक्न र नेताको चाकडी नगर्न कडा चेतावनी दिएका छन्। शनिबार बिहान फेसबुकमा लेख्दै उनले सरकार गठन भएदेखि नै कर्मचारीको काम दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने नभई देश र जनताको सेवा गर्ने हो भनेर स्पष्ट पारिँदै आएको उल्लेख गरेका छन्। नेता र कर्मचारी...

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ठेक्का आह्वान

काठमाडौं, मंसिर ५ – कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढेको छ । सुदूरपश्चिम प्रदेशको महत्त्वाकांक्षी खेल पूर्वाधार आयोजनाका रूपमा रहेको रंगशाला निर्माणका लागि सरकारले बोलपत्र आह्वान गरेको छ । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको पहलमा मंसिर ४ गते रंगशालाको पूर्वाधार निर्माणका लागि राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (एनसीबी) आह्वान गरिएको हो । भौतिक पूर्वाधार...

एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुद मन्त्री पोखरेल

काठमाण्डौ – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताउनुभएको छ । थाइल्यान्डमा फिफा र एशियाली फुटबल महासङ्घ (एएफसी) का अध्यक्षसहितका पदाधिकारीसँग छलफल गरेर स्वदेश फर्किएका मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई नेपाल भ्रमणको निम्तोसमेत दिएको जानकारी दिनुभयो । उहाँका अनुसार निलम्बन फुकुवासँगै फिफा र...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०