"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राप्तीमा तालाबन्दी, नागरिकको नौ बुँदे ज्ञापन प्रमुख जिल्ला अधिकारीलाई

Table of Content

चितवन, असोज २४ ।
राप्ती नगरपालिकामा देखिएको दीर्घकालीन बेथिति र प्रशासनिक अव्यवस्थाको विरोधमा स्थानीय सचेत नागरिक र युवा समुदायले तालाबन्दी गर्दै प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई नौ बुँदे ज्ञापनपत्र बुझाएका छन्।
मिति २०८२ असोज २३ गतेदेखि नगरपालिका कार्यालयको प्रमुख प्रशासनिक भवनमा तालाबन्दी गरिएको हो। आन्दोलनरत समूहले राप्ती नगरपालिकामा लामो समयदेखि “गैरजिम्मेवार र अनियमित प्रशासनिक गतिविधि” को कारण नागरिक सेवामा गम्भीर समस्या उत्पन्न भएको आरोप लगाएका छन्।
ज्ञापनपत्रमा भनिएको छ, “स्थानीय जनप्रतिनिधि र प्रशासनबीचको तालमेल नहुँदा विकासका कार्यहरू ठप्पजस्तै भएका छन्, जसको प्रत्यक्ष असर आम नगरवासीमाथि परेको छ।”
आन्दोलनकारीहरूले प्रमुख प्रशासकीय अधिकृतको बारम्बार सरुवा र कार्यस्थल परिवर्तनलाई पनि प्रमुख समस्या मानेका छन्। ज्ञापनपत्रमा उल्लेख छ — “हालसम्म ९ जना प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भइसकेका छन्, जसले नगरपालिकाको कार्यक्षमता कमजोर बनेको छ र कर्मचारीहरूको मनोबलमा नकारात्मक असर परेको छ।”
आन्दोलनरत समूहले नौ बुँदे माग अघि सारेका छन्, जसमा प्रमुख प्रशासकीय अधिकृतले नगरपालिका छोड्नुका कारण छानबिन गर्न समिति गठन, नियमित कार्यपालिका र नगरसभा सञ्चालन, प्रमुख–उपप्रमुखको कार्यालयमा अनिवार्य उपस्थितिलगायतका मागहरू समावेश छन्।
त्यसैगरी सार्वजनिक सम्पत्ति कार्यालय प्रयोजनका लागि मात्र प्रयोग गर्नुपर्ने, योजना तथा कार्यक्रमसँग सम्बन्धित भुक्तानी मागलाई शीघ्र सम्बोधन गर्ने, नियमित सार्वजनिक सुनुवाइ आयोजना गर्ने र आन्दोलनरत टोली, कार्यपालिका, सिडिओ तथा जिल्ला प्रहरी प्रमुखबीच वार्ता सम्पन्न भएपछि मात्र ताला खोल्ने माग पनि राखिएको छ।
ज्ञापनपत्रमा चेतावनी दिइएको छ कि, “४८ घण्टाभित्र माग सम्बोधन नभए उत्पन्न हुने सम्पूर्ण घटनाक्रमको जिम्मेवारी जनप्रतिनिधिहरूले नै लिनुपर्नेछ।”
आन्दोलनरत युवाहरूले भनेका छन् — “हाम्रो उद्देश्य कुनै व्यक्तिविशेषमाथि आक्षेप लगाउनु होइन, बरु नगरपालिकामा सुशासन, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्नु हो।”

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अमलेखगञ्जमा डिजेल ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल ठोक्किँदा १० जना घाइते

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपो नजिकै डिजेल बोकेको ट्याङ्कर, ईभी हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्। शुक्रबार दिउँसो करिब १२ बजे हेटौंडा–पथलैया सडकखण्डमा तीनवटा सवारीसाधन आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रहरीका अनुसार अमलेखगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख २३४९ नम्बरको डिजेल...

बारामा ब्राउन सुगरसहित दुई जना पक्राउ

कलैया । बारा प्रहरीले ब्राउन सुगर जस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज पर्सा र प्रहरी चौकी मुसहर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका हुन्। बारा बिश्रामपुर गाउँपालिका वडा...

प्रहरीले नेपाल प्रेसको समाचार कक्षमै प्रवेश गरेर पत्रकार सुवेदीलाई लियो नियन्त्रणमा

नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सादा पोशाकका प्रहरीले शुक्रबार समाचार कक्षमै प्रवेश गरेर सुवेदीलाई नियन्त्रणमा लिएको नेपाल प्रेसका सम्पादक चिरञ्जीवि पौडेलले फेसबूकमार्फत जानकारी गराएका छन् । नियन्त्रणमा लिने क्रममा पक्राउ पुर्जी नदिइएको उनले बताए । ‘सादा पोशाकका प्रहरी समाचार कक्षभित्रै प्रवेश गरेर नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेका छन्...

डा.गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनको प्रक्रियामा : शिक्षा मन्त्रालय

काठमाण्डौ – शिक्षा तथा खेलकुद मन्त्रालयले डा. गोविन्द केसीसँग भएका सहमतिका बुँदा कार्यान्वयनका लागि कार्यदल गठन गरेर आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ । मन्त्रालयले चिकित्सा शिक्षाको गुणस्तर सुधार, पहुँच विस्तार, शैक्षिक सुशासन तथा चिकित्सा शिक्षा क्षेत्रका समस्या समाधानका लागि नीतिगत र संस्थागत सुधारलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता श्रीप्रसाद...

आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकको खोजी कार्य चुनौतीपूर्ण : नेपाल प्रहरी

काठमाण्डौ – नेपाल प्रहरीले आधुनिक प्रविधिको पहुँच नहुँदा बेपत्ता नागरिकको खोजी कार्य थप चुनौतीपूर्ण बनेको जनाएको छ । संसदको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन विशेष समितिको बैठकमा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बेपत्ता तथा शव खोजीमा आधुनिक प्रविधिको अभाव रहेको बताउनुभयो । विपद्का बेला पुरिएका वा बेपत्ता भएका व्यक्तिको खोजतलास...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०