काठमाण्डौ – १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्दै छ ।
ओमानको अल अमेरातमा हुने नेपाल र यूएईबीचको खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे शुरु हुनेछ ।
नेपालको यो दोस्रो खेल हो । अस्ति शुक्रबार आफ्नो पहिलो खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो । समूह ‘ए’ मा रहेको नेपालले पर्सि मंगलवार पाकिस्तानसँग खेल्नेछ ।
प्रतियोगिता २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका लागि नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो ।
टोलीमा निरजकुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सुनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यान्शु कोइराला, अभय यादव, सुशील रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्ट रहेका छन् ।
