काठमाण्डौ – काठमाण्डौमा चलिरहेको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज विश्राम दिन रहेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आज लक्ष्मीपूजा र बुधबार भाइटीकाको दिन खेल नहुने यसअघिको तालिकालाई निरन्तरता दिएको छ ।
त्यसअनुसार आज र बुधबार भाइटीकाका दिन कुनै खेल हुने छैन ।
भोलि हुने दुई खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स तथा चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ । पर्सि मंगलबार बेलुका जनकपुर र सुदूरपश्चिमले खेल्नेछन् । भाइटीकाको अर्को दिन बिहीबार पनि दुई खेल छन् ।
विराटनगर किंग्स र पोखरा एभेन्जर्स तथा कर्णाली याक्स र लुम्बिनी लायन्सबिच बिहीबार प्रतिस्पर्धा हुने तालिका छ । यसअघि हिजो शनिबार भएको खेलमा काठमाण्डौले लुम्बिनीलाई ३६ रनले हराएको छ ।
