"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

मुग्लिनको जलविरे झरना नजिकै कार खोलामा खस्दा भारतीय नागरिकको मृत्यु

Table of Content

चितवन । चितवनको पर्यटकीय स्थल जलविरे (लामो झरना) घुमेर फर्कने क्रममा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलविरे झरनाबाट फर्किने क्रममा डब्लुबी ०२ एपी ३४५८ नम्बरको भारतीय कार अनियन्त्रित भई खोलामा खसेको थियो। दुर्घटनामा कार चालकको घटनास्थलमै ज्यान गएको हो।

दुर्घटनामा मृत्यु भएका व्यक्तिको साथबाट फेला परेको राहदानी (पासपोर्ट) का आधारमा उनको पहिचान भारत, पश्चिम बङ्गाल (कालिम्पोङ) का ४१ वर्षीय सायन्तन गायेन रहेको खुलेको छ। प्रारम्भिक अनुसन्धान अनुसार उक्त कारमा चालक मात्र सवार रहेको बुझिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

घटना कसरी घट्यो भन्नेबारे थप विवरण आउन बाँकी रहेको र प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

बाघ फार्मबाट हुने अवैध व्यापार, जंगली बाघको पुनरुत्थान र संरक्षणमा चुनौती

काठमाडौँ । बाघको संख्या पुनः बढ्न थाले पनि बन्दी अवस्थामा बाघ पालिने फार्मबाट हुने अवैध व्यापारले जंगली बाघको संरक्षणमा चुनौती थपेको छ । संरक्षणका नाममा स्थापना गरिएका बाघ फार्महरूबाट बाघका अंग तथा शरीरका उत्पादनको अवैध कारोबार हुन सक्ने जोखिम रहेकाले त्यस्ता केन्द्रमाथि कडा निगरानी र पारदर्शिता आवश्यक रहेको संरक्षणकर्मीहरूले बताएका छन् । वन्यजन्तु तथा वनस्पतिको...

राष्ट्र बैंकले आज र भोलि सुनचाँदीका सिक्का बिक्री गर्ने

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी आज र भोलि दुई दिन सुनको असर्फी तथा चाँदीका सिक्का बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सार्वजनिक सूचना निकालेर बैंकको टक्सार महाशाखा बबरमहलबाट सुनको असर्फी तथा चाँदीका सिक्का बिक्री वितरण गर्न लागेको जनाएको हो । राष्ट्र बैंकले प्रतिव्यक्ति साढे २ ग्राम सुनको असर्फीे एक थान तथा...

कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप

काठमाण्डौ – सरकारले लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा जान बाँकी रहेका कम्पनीलाई जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा आउँदो पुस मसान्तसम्म थप गरेको छ । यसअघि यही कात्तिक मसान्तसम्म तोकिएको समयसीमा दुई महिना थप गरिएको हो । कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्मको नियमानुसार लाग्ने कर, शुल्क तथा दस्तुर बुझाएमा...

भारतीय विदेशसचिव मिश्रीले आज प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्ने

कागठमाण्डौ – नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री वालेन्द्र शाहसँग शिष्टाचार भेट गर्दै हुनुहुन्छ । भ्रमणको दोस्रो दिन आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उहाँहरुबीच भेटवार्ता हुनेछ । प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएर मिश्री आजै दिल्ली फर्किने कार्यक्रम छ । यसअघि हिजो भएका विभिन्न भेटवार्तामा प्रधानमन्त्री शाहको आसन्न...

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा सुवेदी नियुक्त

काठमाण्डौ –  सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ ।  अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा गएको मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।  सुवेदीलाई हिजो अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नियुक्तिपत्र प्रदान गर्दै इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०