"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

मलेशियाले रोहिङ्ग्या शरणार्थीलाई फिर्ता पठाउन थाल्यो

Table of Content

मलेशियाले झन्डै १ हजार ५०० जना रोहिङ्ग्या शरणार्थीहरूलाई म्यानमार फर्काउन शुरू गरेको छ । मलेशियाले रोहिङ्ग्याहरूलाई स्वेच्छिक रूपमा स्वदेश फिर्ता पठाउन लागेको बताए पनि संयुक्त राष्ट्रसङ्घ र अधिकारवादी समूहहरूले म्यानमार अझै पनि उनीहरूका लागि असुरक्षित रहेको चेतावनी दिएका छन् ।

यो म्यानमारका ५ हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण रहेको समाचार संस्था एएफपीले जनाएको छ ।

मानव अधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन बाध्य भएको हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

म्यानमारमा सन् २०२१ देखि चलिरहेको सशस्त्र द्वन्द्वका कारण सुरक्षा अवस्था अझै अस्थिर रहेकाले स्वदेश फर्काइएका व्यक्तिहरू जोखिममा पर्न सक्ने अधिकारवादी संस्थाहरूको भनाइ छ ।

आज प्रहरी सुरक्षासहित दर्जनौँ बस लुमुटमा रहेको एक रङ्गशालामा पुगेका थिए । त्यहाँ आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई नजिकैको नौसैनिक केन्द्रमा लगिने र जहाजमार्फत म्यानमार पठाइने बताइएको छ ।

पहिलो समूहमा कति रोहिङ्ग्या छन् भन्नेबारे मलेशिया र म्यानमारले अहिलेसम्म स्पष्ट जानकारी दिएका छैनन् । संयुक्त राष्ट्रसङ्घका अनुसार मलेशियामा रहेका झन्डै १ लाख ९० हजार म्यानमारका शरणार्थी तथा शरण खोजिरहेका व्यक्तिमध्ये झन्डै दुईतिहाइ रोहिङ्ग्या छन् ।

रोहिङ्ग्या समुदाय लामो समयदेखि म्यामारमा उत्पीडनमा परेको बताइन्छ । सन् २०१७ मा भएको सैन्य कारबाहीपछि लाखौँ रोहिङ्ग्या म्यानमारबाट विस्थापित भएका थिए ।

मलेशिया सन् १९५१ को शरणार्थीसम्बन्धी महासन्धिको पक्षराष्ट्र होइन र त्यहाँ शरणार्थीलाई औपचारिक कानूनी मान्यता पनि छैन । मानव अधिकार संस्थाहरूले भने म्यानमारको वर्तमान सुरक्षा अवस्थालाई ध्यानमा राख्दै स्वदेश फिर्ता प्रक्रिया तत्काल रोक्न माग गरेका छन् ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

बकुलहर अस्पतालमा सुविधा थपिन्छ : मन्त्री तामाङ

रत्ननगर । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा) ले बकुलहर रत्ननगर अस्पतालको निर्माणाधीन भवनले छिट्टै पूर्णता पाउने बताएका छन् । मंगलबार अस्पतालको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले १० प्रतिशत लगानी गरेर सम्पन्न गरिने बताए । वार्षिक तीन लाख बढी सेवाग्राहीलाई यस अस्पतालले सेवा दिंदै आएको छ । आकस्मिक कक्षमा...

सङ्घीय निजामती विधेयक संसद‍्मा पेस गर्न स्वीकृति दिने सरकारकाे निर्णय

काठमाण्डौ – सरकारले सङ्घीय निजामती सेवा विधेयक सङ्घीय संसद‍्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेकाे छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले सङ्घीय निजामतीसहित पशु वधशाला तथा मासु जाँच र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन गर्न बनेकाे विधेयक पेश गर्न स्वीकृति दिएकाे सरकारका प्रवक्ता एवम् युवा तथा खेलकुदमन्त्री सस्मित पाेखरेलले जानकारी दिनुभयाे । बैठकले स्वास्थ्य क्षेत्र सुधारका...

कांग्रेस १५औँ महाधिवेशन दुई दिन सर्‍याे

काठमाण्डाै – नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन दुई दिन पर सारेको छ । यसअघि असोज १६ गतेदेखि शुरू गर्ने तयारी भएको महाधिवेशन अब आउँदाे आइतवार असोज १८ गते दिउँसो २ बजे काठमाण्डौको खुलामञ्चमा उद्घाटन हुने भएको छ । महाधिवेशन १८ गतेसम्म चल्नेछ । देशका विभिन्न ठाउँमा अविरल वर्षाका कारण सिर्जना भएको प्रतिकूल परिस्थितिलाई ध्यानमा राख्दै महाधिवेशनको...

एशियाली खेलकुद क्रिकेट : १ बल पनि नखेली सेमिफाइनल समीकरण पूरा

काठमाण्डाै – जापानमा चलिरहेको २०औँ संस्करणको एशियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । भारत, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश अन्तिम चारमा पुगेका हुन् । प्रतियोगिताको ४ वटै क्वाटरफाइनल खेल वर्षाका कारण टस पनि नभई रद्द भएपछि भारत, श्रीलङ्का, पाकिस्तान र बङ्गलादेश आईसीसीको शीर्ष वरीयताका आधारमा अन्तिम चारमा पुगेका हुन् । प्रतियोगिताको पहिलो...

मलेशियाले रोहिङ्ग्या शरणार्थीलाई फिर्ता पठाउन थाल्यो

मलेशियाले झन्डै १ हजार ५०० जना रोहिङ्ग्या शरणार्थीहरूलाई म्यानमार फर्काउन शुरू गरेको छ । मलेशियाले रोहिङ्ग्याहरूलाई स्वेच्छिक रूपमा स्वदेश फिर्ता पठाउन लागेको बताए पनि संयुक्त राष्ट्रसङ्घ र अधिकारवादी समूहहरूले म्यानमार अझै पनि उनीहरूका लागि असुरक्षित रहेको चेतावनी दिएका छन् । यो म्यानमारका ५ हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण रहेको समाचार संस्था एएफपीले...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०