"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

संवैधानिक निकायका पदाधिकारीले पाउँदै आएको दोहोरो सुविधा रोक्ने विधेयक समितिबाट पारित

Table of Content

काठमाण्डाै – संवैधानिक निकायका पदाधिकारीहरूले पाउँदै आएको दोहोरो सुविधा रोक्नेसम्बन्धी विधेयक संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मतरूपमा पारित भएको छ ।

आज बसेको समितिको बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी पहिलो संशोधन विधेयक २०८३ पारित गरेको हो ।

समिति सभापति हरि ढकालका अनुसार नयाँ व्यवस्था लागू भएपछि सरकारी कोषबाट निवृत्तिभरण (पेन्सन) पाइरहेका व्यक्ति संवैधानिक निकायको पदमा नियुक्त भएमा पदमा बहाल रहुन्जेल पेन्सन पाउने छैनन् ।

यस्तै अघिल्लो सेवा अवधि जोड्न चाहने पदाधिकारीले भने पदमा नियुक्त भएपछि बुझेको पेन्सन रकम सञ्चित कोषमा फिर्ता गर्नुपर्नेछ ।

सर्वोच्च अदालतको आदेशअनुसार सरकारले यो संशोधन विधेयक ल्याएको हो ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०