"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

पाकिस्तानका इफ्तिखार अहमदले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने

Table of Content

काठमाण्डाै – पाकिस्तानका अनुभवी अलराउन्डर इफ्तिखार अहमद नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्न नेपाल आउने भएका छन् ।

एनपीएलको टोली जनकपुर बोल्ट्सले तेस्रो संस्करणका लागि इफ्तिखारलाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जनाएको छ । जनकपुर पहिलाे संस्करणकाे विजेता हाे ।

३६ वर्षीय इफ्तिखारले पाकिस्तानका लागि ६६ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४ अर्धशतकसहित ९९८ रन बनाउनुका साथै ८ विकेट लिएका छन् । यस्तै उनले समग्र टी–२० क्रिकेटमा ३२९ खेलमा १ शतक र ३५ अर्धशतकसहित ६ हजार १९६ रन बनाउनुका साथै ९७ विकेट लिएका छन् ।

इफ्तिखारसँग क्यारेबियन प्रिमियर लिग (सीपीएल), पाकिस्तान सुपर लिग (पीएसएल), बङ्गलादेश प्रिमियर लिग (बीपीएल) जस्ता टी–२० लिग खेलेको अनुभव छ ।

एनपीएलको तेस्रो संस्करणका लागि फ्रेन्चाइजी टोलीहरूले धमाधम विदेशी खेलाडीहरू अनुबन्ध गरिरहेका छन् ।

एनपीएल आउँदो कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०