"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सहयोगका नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

Table of Content

काटमाण्डौ – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयलाई पाँच बुँदे परिपत्र जारी गरेको छ ।

मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई विचौलियामुक्त, छिटोछरिटो, सरल र प्रभावकारी रूपमा सेवा प्रवाहका लागि परिपत्र गरिएको हो ।

परिपत्रअनुसार सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैरकानुनी रूपमा रकम असुल गर्ने कार्यमा संलग्न हुने व्यक्तिलाई निगरानी गरी कानुन बमोजिम कारबाहीको व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

साथै अपाङ्गता भएका तथा अशक्त व्यक्ति, गर्भवती तथा साना बालबच्चा भएका महिला, ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा प्रवाहमा प्राथमिकता प्रदान गर्न भनिएको छ ।

परिपत्रमा नागरिक सहायता कक्षबाट जिल्ला प्रशासन कार्यालयबाट प्रयोग हुने सबै प्रकारका निवेदन र फारम, राष्ट्रिय परिचयपत्र र राहदानी सेवाका लागि अनलाइन फारम भर्ने सेवा, फोटोकपी र स्क्यान सेवा, इमेलबाट पत्राचार गरी अभिलेख बुझ्न पठाउने र प्राप्त गरी प्रिन्ट गर्ने सेवा निःशुल्क रूपमा उपलब्ध गराउनुपर्ने’ उल्लेख छ ।

सम्बन्धित कार्यालयको सेवा प्रकृति अनुसार नागरिक सहायता कक्षबाट निःशुल्क सहायता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन गरिएको छ ।

त्यसैगरी सेवा प्रवाहमा प्रभावकारी बढाउन सेवाग्राहीलाई आवश्यक पर्ने सूचना तथा जानकारी र कार्यविधिगत विषयहरू कार्यालयको वेबसाइट, सामाजिक सञ्जाल तथा अन्य उपयुक्त माध्यमबाट नियमित रूपमा सम्प्रेषण गर्ने र कार्यालयको वेबसाइट नियमित रूपमा अद्यावधिक गराउने विषयसमेत उल्लेख छ ।     

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789455979

अमेरिकाले पहिलो पटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि

अमेरिकाले पृथ्वीको कक्षमा पहिलो पटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि गरेको छ । अमेरिकाले यस्तो...
laganikarta_Tu95tCJlGG

पुँजी बजार पुनरुत्थान कार्ययोजनाको लगानीकर्ताद्वारा स्वागत, बजारका लागि सकारात्मक

काठमाडौँ । सरकारले पुँजीबजार सुधारका लागि ल्याएको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाको लगानीकर्ताहरूले स्वागत...
kp-bp-sher_CaYDxrrjAN

नेपालमा जननिर्वाचित सरकारको दुर्दशा : जेनजीबाट ओली लखेटिए, बीपी र देउवालाई राजाले अपदस्थ गरे

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगामी र स्वतन्त्रता विरोधी...
nyaya-parisad_eww0cehvck_7qSBXmtFep

उच्च अदालतका तीन र जिल्लाका १५ न्यायाधीशको सरुवा सिफारिस

काठमाडौँ। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षतामा बसेको न्याय परिषद् बैठकले उच्च अदालतका तीन र जिल्ला...
Donal-trums-1789446914

हुलाकबाट गरिने मतदानलाई सीमित पार्ने ट्रम्पको योजनामा सर्वोच्च अदालतको रोक

अमेरिकी सर्वोच्च अदालतले आउँदो नोभेम्बरको मध्यावधि चुनावअघि हुलाकबाट गरिने मतदानलाई सीमित पार्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०