"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

महिनाैँकाे तनावपछि ट्रम्पका ‘ड्राेन म्यान’ काे राजीनामा

Table of Content

अमेरिकी सेनाका सचिव ड्यान ड्रिस्कलले पदबाट राजीनामा दिनुभएकाे छ । झन्डै १८ महिना पदमा रहेपछि उहाँले राजीनामा बुझाउनुभएकाे हाे ।

सीबीएस न्युका अनुसार ड्रिस्कल र रक्षामन्त्री पिट हेगसेथबीच विगत केही महिनादेखि मतभेद र तिक्तता रहँदै आएको थियो ।

ड्रिस्कल अहिलेसम्मकै सबैभन्दा कान्छा ‘आर्मी सेक्रेटरी’ अर्थात् सेनासम्बन्धी मामिला हेर्ने सचिव हुनुहुन्छ । उहाँलाई प्रायः राष्ट्रपति डोनाल्ड ट्रम्पका ‘ड्रोन म्यान’ भनेर चिनिन्छ ।

सीबीएसलाई दिएको एक विज्ञप्तिमा अमेरिकी राष्ट्रपति कार्यालय ‘ह्वाइट हाउस’ ले ड्यान ड्रिस्कलले ट्रम्पको ‘मेक अमेरिका स्ट्रङ अगेन’ अर्थात् अमेरिकालाई पुनः शक्तिशाली बनाउने एजेन्डालाई अघि बढाउनमा अत्यन्त प्रभावकारी भूमिका खेलेको र सैन्य कारबाहीका क्रममा उत्कृष्ट नेतृत्व प्रदान गरेको बताएको छ ।

पछिल्ला समयमा पदबाट बाहिरिने धेरै वरिष्ठ सैन्य अधिकारीहरूमध्ये ड्रिस्कल पछिल्ला व्यक्ति हुनुहुन्छ । यसमा नौसेना सचिव जोन फेलन पनि समावेश हुनुहुन्छ, उहाँले गएको अप्रिलमा पदबाट अचानक राजीनामा दिनुभएको थियो ।

यसका साथै सेना प्रमुख र्‍यान्डी जर्ज, सेनाका जनरल डेभिड होड्न र मेजर जनरल विलियम ग्रीनले पनि भर्खरै पदबाट राजीनामा दिनुभएको छ ।

अमेरिकी रक्षा मन्त्रालय ‘पेन्टागन’ को जिम्मेवारी सम्हालेयता पिट हेगसेथले १० जनाभन्दा धेरै वरिष्ठ सैन्य अधिकारीलाई पदबाट हटाउनुभएको छ ।

यसमा अमेरिकी नौसेना सञ्चालन प्रमुख र अमेरिकी वायुसेनाका उप–स्टाफ प्रमुख समावेश छन् ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Pokhara-1790128375

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

काठमाण्डौ – पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान शुरु गर्दैछ ।...
Asian Games Cricket

२०औं एशियाडमा भारतलाई पहिलो स्वर्ण, महिला क्रिकेटमा श्रीलंका १४७ रनले पराजित

काठमाण्डौ – जापानको इची–नागोयामा भइरहेको २०औं एशियन गेम्समा भारतले पहिलो स्वर्ण जितेको छ । भारतले...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०