"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

युक्रेन युद्धको विरोध गरेको भन्दै रुसको एक अदालतद्वारा नेता श्लोसबर्गलाई ११ वर्षको जेल

Table of Content

रुसको राजधानी मस्कोमा रहेको एक अदालतले युक्रेन युद्धको विरोध गर्ने प्रमुख प्रतिपक्षी नेता लेभ श्लोसबर्गलाई दोषी ठहर गर्दै ११ वर्षको जेल सजाय सुनाएको छ ।

रुसमा आउँदो महिना हुने संसदीय चुनावभन्दा अघि विपक्षी नेताहरूविरुद्ध भइरहेको कारबाहीकाबीच यो फैसला सार्वजनिक भएको हो । रुसले युक्रेनमाथि गरेको आक्रमण र युद्धको लेभ श्लोसबर्गले सार्वजनिक रूपमा विरोध गर्दै आएको अलजजीराले जनाएको छ  ।

सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि रुसी आक्रमण भएयता क्रेमलिनले युद्धको आलोचना गर्ने नेता तथा कार्यकर्ताहरूविरुद्ध लगातार कारबाही गर्दै आएको छ ।

याब्लोको पार्टीका वरिष्ठ नेता श्लोसबर्गले रुस–युक्रेन युद्धको विरोध गर्दै आउनुभएको  छ । श्लोसबर्गविरुद्ध पछिल्लो दुई वर्षमा दायर गरिएको यो दोस्रो मुद्दा हो ।

हिजो अदालतले श्लोसबर्गलाई दोषी ठहर गर्दै ११ वर्ष एक महिनाको जेल सजाय सुनाएको हो । साथै श्लोसबर्गको पार्टीलाई पनि  चुनाव लड्न प्रतिबन्ध लागेको छ ।

रुसको सर्वोच्च अदालतले आफ्नो पुरानो फैसलालाई नै कायम राख्दै यो फैसला गरेको हो । रुसमा सेप्टेम्बर १८ देखि २० सम्म संसदीय चुनाव हुँदैछ । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

mr-beast.jpg-43ff0bf0-16ba-4489-b4f6-0e5d66b6d458

रसुवा बाढीपीडितका लागि चर्चित युट्युबर ‘मिस्टर बिस्ट’ ले संकलन गरे १० लाख डलर

३१ भदौ, काठमाडौं । चर्चित अमेरिकी युट्युबर ‘मिस्टर बिस्ट’ ले रसुवा बाढीपीडितको १० लाख अमेरिकी डलर...
2photo

१९ वर्षीया छोरी बलात्कार आरोप लागेका बाबु थुनामा

भरतपुर । १९ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोग लागेका बाबु पुर्पक्षका लागि थुनामा गएका छन्...
japan-old-people-1789539499

जापानमा १ लाखभन्दा धेरै मानिस १०० वर्ष वा त्योभन्दा धेरै उमेरका

जापानमा १०० वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसहरूको सङ्ख्या पहिलो पटक १ लाख नाघेको छ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०