"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

साढे दुई दशकपछि चल्न थाल्यो हेटौँडा कपडा उद्योग

Table of Content

काठमाण्डौ – साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सफल भएको छ ।

सरकारले नेपाली सेनालाई उद्योग मर्मत गरी उत्पादन गर्ने जिम्मेवारी दिएपछि आज प्रारम्भिक उत्पादन परीक्षण सफल भएको नेपाल सरकारका सहसचिव एवम् प्रधानमन्त्री वालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयका झण्डै ४० जना प्राविधिक तथा सैनिक टोलीले उद्योग परिसर सरसफाइ र मेसिनको प्रारम्भिक मर्मत गरी परीक्षण सञ्चालन गरेका हुन् ।

परियारले आफ्नो फेसबुकमा कपडा बुन्ने तान चलेको भिडियो सामग्री राख्दै बिहानदेखि उद्योग परिसरमा फेरि तानको ‘खट्खट्’ आवाज सुनिन थालेको उल्लेख गर्नुभएको छ । चीन सरकारको सहयोगमा २०३२ सालमा स्थापित यस उद्योग राजनीतिक हस्तक्षेप र फितलो व्यवस्थापनका कारण २०५६ सालदेखि बन्द भएको थियो ।

गएको असारमा सरकारले पुनः सञ्चालन गर्ने निर्णय गरेपछि प्राप्त ३० लाख रुपैयाँ बजेटमा मर्मत कार्य अघि बढाइएको हो । सेनाको अध्ययन प्रतिवेदन अनुसार उद्योग सञ्चालनका लागि प्रारम्भिक रूपमा १ अर्ब ९३ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । आफ्नै १६६ रोपनी जग्गा र पूर्वाधार रहेको यस उद्योगबाट उत्पादन सुरु भएमा नेपाली सेना तथा सरकारी कर्मचारीका लागि आवश्यक कपडाको माग सहजै परिपूर्ति हुने विश्वास लिइएको छ । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1photo-8-1280x720

चितवन आइपुग्दा बाढी मथ्थर : त्रिशूली र नारायणी नदीमा भेटियो ५३ शव

भरतपुर । हिमपहिरो फुटेर तिब्बतबाट आएको बाढी रसुवाको भोटेकोसीमा छिरेको बाढीले वितण्डा मच्चायो । रसुवाको...
light_bulb_1D4C8urqw7

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्तिको  व्यवस्था मिलाइयो

काठमाडौं ।  भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल...
1787742462-h01Hq-1787744129

बाढीका कारण १६२ जनाको ज्यान गएको पुष्टी, बेपत्ताको खोजी चल्दै

बाढीबाट रसुवा, नुवाकोट र धादिङमा धेरै क्षति काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासी...
dahal-1024x500

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएकाे आरोपमा एक युवक पक्राउ

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक...
gyanendra-shaha_Xbpk9e6zM0

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०