"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

ग्यास अभाव कायमै, यो महिना झण्डै ५५ हजार मेट्रिक टनसम्म आयात हुने

Table of Content

काठमाण्डौ – साउन लागेयता अभाव शुरु भएको ग्यासको आपूर्ति अझै सहज हुन सकेको छैन ।

उपभोक्ता एउटा सिलिन्डर लिन घण्टौँ लाइन बस्न बाध्य छन् । तर नेपाल आयल निगमले सामान्य अवस्थामाको खपतभन्दा धेरै आयात भइरहेको जनाएको छ । पछिल्लो २२ दिनमा ३९ हजार ७७४ मेट्रिक टन ग्यास आयात भएको र यो महिना झण्डै ५५ हजार मेट्रिक टन ग्यास आयात हुने निगमको अनुमान छ ।

सामान्य अवस्थामा महिनामा ४५ /४६ मेट्रिक टनसम्म ग्यास भित्रने गर्छ । निगमको एलपी ग्यास विभागका निर्देशक विनितमणि उपाध्यायले आयात बढाएको र यसले अभाव कम गर्न सहयोग पुग्ने बताउनुभएको छ । सरकारले ठूला चाडपर्वमा ग्यासको अभाव नहोस् भनेर तीन महिनाका लागि ग्यास आयातको कोटा वृद्धि गर्न भारतसँग कूटनीतिक प्रयास पनि गरिरहेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको बताउँदै आउनुभएको छ । यसअघि आधा सिलिन्डर दिइँदै आएकोमा पूर्ण सिलिन्डर उपलब्ध गराउन थालेपछि बजारमा ग्यासको माग र आपूर्तिको असन्तुलन देखिएको छ ।

नेपालमा अहिले ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा रहेका छन् । ती उद्योगमा १० हजार १६६ मेट्रिक टन भण्डारण र दैनिक एक करोड ७५ लाख सिलिन्डर दैनिक फिलिङ क्षमता रहेको छ । बजारमा ग्यास सहज बनाउन मन्त्रालयले उद्योग तथा डिलरको अनुगमनलाई तीव्र पारेको छ ।

हिजो मात्रै उद्योगमन्त्रीसहितको टोलीले काठमाण्डौ बालाजुमा रहेको नेपाल ग्यास उद्योग तथा टेकुको निगम परिसर नेपाल, एसपी, एभरेस्ट, सुगम र श्रीराम ग्यासको बिक्री केन्द्रको निरीक्षण गरेको थियो । निगममा गठन गरिएको क्विक रेस्पोन्स टोलीले पनि ग्यास नपाएको भन्ने उपभोक्ताका ५०० भन्दा धेरै गुनासोलाई सम्बोधन गरेको जनाएको छ ।

वाणिज्य मन्त्रालय, निगम र निजी क्षेत्रका प्रतिनिधि सहभागी टोलीले उपभोक्ताको गुनासाका आधारमा ग्यास उपलब्धताका लागि सहजीकरण गर्दै आइरहेको आपूर्ति मन्त्रालयका शाखा अधिकृत दुर्गादत्त भट्टले बताउनुभएको छ । ग्यासको आपूर्ति निरन्तर भइरहेको र अनावश्यक ग्यासको भण्डारण नगर्न आम उपभोक्तालाई निगमले आग्रह गरेको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1photo-8-1280x720

चितवन आइपुग्दा बाढी मथ्थर : त्रिशूली र नारायणी नदीमा भेटियो ५३ शव

भरतपुर । हिमपहिरो फुटेर तिब्बतबाट आएको बाढी रसुवाको भोटेकोसीमा छिरेको बाढीले वितण्डा मच्चायो । रसुवाको...
light_bulb_1D4C8urqw7

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्तिको  व्यवस्था मिलाइयो

काठमाडौं ।  भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल...
1787742462-h01Hq-1787744129

बाढीका कारण १६२ जनाको ज्यान गएको पुष्टी, बेपत्ताको खोजी चल्दै

बाढीबाट रसुवा, नुवाकोट र धादिङमा धेरै क्षति काठमाण्डौ – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासी...
dahal-1024x500

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिएकाे आरोपमा एक युवक पक्राउ

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की धम्की दिन् युवक...
gyanendra-shaha_Xbpk9e6zM0

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सरकारसँग आग्रह

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०