"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प

Table of Content

काठमाण्डौ – नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका अवरुद्ध भएको तीन हप्ताभन्दा धेरै भइसकेको छ ।

लामो समयदेखि नाका अवरुद्ध हुँदा नेपाल र चीनबीचको वैदेशिक व्यापार पनि ठप्प छ । तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीले विभिन्न ठाउँको पहिरोका कारणले नेपाल र चीनबीचको वैदेशिक व्यापारमा समेत प्रभाव पारेको बताउनुभयो ।

यो नाका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत पर्ने नेपाल र चीनको सिमाना कोदारीमा छ । सडक अवरुद्ध भएकाले चीनबाट मालवाहक सामानसहितका कन्टेनर भित्रिन सकेका छैन । भोटेकोशी गाउँपालिका–४ जिरोकिलो, वडा नं –२ कोदारी र लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै सडक भासिएपछि अरनिको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएका हुन् ।

यसैगरी, चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा अरनिको राजमार्ग अवरुद्ध छ । यी सडक कहिलेदेखि खुल्छन् भन्ने अहिलेसम्म कुनै टुङ्गो नलागेको गिरीले बताउनुभएको छ । यस्तै पहिरोले तेह्रथुमको मध्य पहाडी लोकमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक, रुकुम पश्चिमको भेरी करिडोरलगायत सडक खण्ड पनि प्रभावित छन् ।  

इलाम नगरपालिका–९ राजदुवाली मेची राजमार्गमा यातायात अवरुद्ध भए पनि यो क्षेत्रमा वैकल्पिक सडकको व्यवस्था गरिएको प्रहरीले जनाएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा कटान भएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन प्रहरीको आग्रह छ । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Shankar_Pokhrel_9ZAiybdpLh

शंकर पोखरेलको टिप्पणी : दलहरूसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो

काठमाण्डौ – नेकपा एमाले महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूसँगको संवाद प्रधानमन्त्री वालेन्द्र शाहका लागि एकादेशको...
NRB_Bank_final_iKM3hHv13C

मूल्यवृद्धि उच्च : घिउ, तेल, तरकारी र फलफूल सबैभन्दा महँगो

काठमाण्डाै – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् साउनमा महँगी अत्यधिक बढेको छ ।...
ramchandra_poudel_yyL0tB0G0w

एकताबद्ध भई अगाडि बढ्न सबैलाई राष्ट्रपति पौडेलको आह्वान

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा देशमा दिगो...
Balen-dai23243545-1789793060

संविधानको भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाहले सरकार संविधानको भावनाप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । संविधान...
sena-badi-1789805649

त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो : नेपाली सेना

काठमाण्डौ – रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ११ जनाको शव निकालेको नेपाली सेनाले...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०