"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रुग्ण उद्योग र संस्थान सुधारको बाटोमा फर्किएको प्रधानमन्त्रीको दाबी : ५ बुँदे प्रगति विवरण सार्वजनिक

Table of Content

प्रधानमन्त्री वालेन शाह (बालेन) ले लामो समयदेखि घाटामा रहेका र बन्द अवस्थामा पुगेका सरकारी उद्योग तथा संस्थानहरू सुधारको बाटोमा फर्किएको दाबी गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आज बिहान ५ बुँदे प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नियत सफा र टिमवर्कमा इमानदार भए चुनौतीपूर्ण परिस्थितिमा पनि सुधार सम्भव रहेको बताउनुभएको छ । नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा प्रारम्भ भएका सुधारले रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव रहेको उल्लेख छ ।  प्रधानमन्त्री शाहले यी रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः सञ्चालनमा ल्याएर प्रतिस्पर्धी बनाउन सकिने उल्लेख पनि गर्नुभएको छ । प्रधानमन्त्रीले सार्वजनिक गर्नुभएका उद्योग एवं संस्थानको विवरण यस प्रकार छ :    

नेपाल औषधि लिमिटेड 
वर्षौँसम्म घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जिएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्रीमा बढोत्तरी आएको हो । कम्पनी गएको आर्थिक वर्षमा ३ करोड नाफा आर्जन गर्न सफल भएको छ । चालु आर्थिक वर्षमा ३० करोडको औषधि बिक्री गर्ने लक्ष्य लिइएको छ । सरकारले जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा लिमिटेडबाट आगामी तीन वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ ।  यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिइएकामा २५ प्रकारका औषधिको उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । लिमिटेडबाट अहिले ११ प्रकारका औषधि उत्पादन भइरहेका छन् ।     
     
हेटौँडा कपडा उद्योग     
वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । परीक्षण उत्पादनपछि नेपाल सरकारले नै उद्योग सञ्चालन गर्नेछ ।  तान (लुम) मर्मतपछि परीक्षण उत्पादन शुरु भएको र केही मात्रामा कपडा उत्पादनसमेत शुरु भइसकेको छ ।     

नेपाल वायुसेवा निगम     
नेपाल वायुसेवा निगमले गएको आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको त्यहि अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाखले बढी हो । यस अवधिमा नेपाल एयरलाइन्सको सिट उपयोगिता (अकुपेन्सी) बढेर ८६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा अकुपेन्सी ६ प्रतिशतले बढेको हो । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिद गर्न लिइएको ऋणबापतको १ अर्ब ६ करोड १९ लाख किस्तासमेत यसै अवधिमा भुक्तानी गरिएको छ ।     

दुग्ध विकास संस्थान    
दुग्ध विकास संस्थान (डिडिसी) ले किसानको रोकिएको बक्यौता भुक्तानीलाई प्राथमिकता दिँदै भुक्तानी चक्रलाई आठ महिनाको अवधिबाट घटाएर दुईदेखि तीन महिनामा झारेको छ । यसअघि ७२ करोड रहेको बक्यौता रकम अहिले ३५ करोड रुपैयाँमा झारिएको छ । किसानलाई दूधमा प्रतिलिटर १ रुपैयाँ प्रोत्साहन रकम थप गरिएको छ । सुधारका प्रयास शुरु भएपछि डिडिसीको दैनिक बिक्री ३५ प्रतिशतले बढेको छ । राजस्व सङ्कलनसमेत औसत दैनिक ६० लाखबाट बढेर ९० लाख पुगेको छ । कानुनविपरीत विगतदेखि सबै कर्मचारीलाई वितरण गर्दै आएको घ्यू र दूधको सुविधा कटौती गरी वार्षिक झण्डै ३ करोड बचत गरिएको छ ।  डिडिसीले चाँडै खाडी देशमा घ्यू तथा चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी गरिरहेको छ । नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः शुरु गर्ने तयारीसमेत भइरहेको छ ।     

सिंहदरबार वैद्यखाना विकास समिति     
सिंहदरबार वैद्यखाना विकास समितिले सरकार गठन भएपछि ११ करोड १६ लाख बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारीकरण गरेको छ । गएको आर्थिक वर्षमा औषधिको कारोबार करिब १३ करोड पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी हो । निःशुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा वैद्यखाना आत्मनिर्भर बन्ने दिशातर्फ अग्रसर भएको छ । अहिले १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेका छन् भने चालु आर्थिक वर्षमै १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ । प्रधानमन्त्री शाहले यसअघि गएराति पनि छोटो स्टासटमार्फत ‘ढिलो होला तर, गलत हुँदैन नआत्तिनुहोस्’ भन्नुभएको थियो ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Balen-new-plan-1-1786161500

रुग्ण उद्योग र संस्थान सुधारको बाटोमा फर्किएको प्रधानमन्त्रीको दाबी : ५ बुँदे प्रगति विवरण सार्वजनिक

प्रधानमन्त्री वालेन शाह (बालेन) ले लामो समयदेखि घाटामा रहेका र बन्द अवस्थामा पुगेका सरकारी उद्योग...
WhatsApp Image 2026-08-08 at 11.19.18 AM

महेश र अनु चौधरीको स्वरमा ‘मुना मदन’ २ सार्वजनिक, अनुज–सुष्माको आकर्षक अभिनय

पछिल्लो समयका चर्चित गायक महेश चौधरी र चर्चित गायिका अनु चौधरीको स्वरमा तयार भएको नयाँ...
nea-(13)-1742876966

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आइपिपी)बीच भएको सहमति कार्यान्वयन गर्दा नेपाल विद्युत् प्राधिकरणलाई...
myagdi-pahiro_cLBaM9iVey

पहिरो र बाढीको असर : कैयौँ राजमार्ग पूर्ण तथा एकतर्फी अवरुद्ध (सूची)

काठमाडौँ । नेपाल प्रहरीले शनिबार बिहान ८:३० बजेसम्मको अद्यावधिक विवरण अनुसार बाढी तथा पहिरोका कारण...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०