"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारबीच १९ बुँदे सहमति

Table of Content

काठमाण्डौ – एक हप्तादेखि अनसनरत नर्स अभियन्ता ज्योति रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति भएको छ ।

सहमतिसँगै गएको बिहीबार १४ गतेदेखि अनसनरत रानाभाटले आज बिहानदेखि आफ्नो विरोधका सम्पूर्ण कार्यक्रम अन्त्य गर्नुभएको छ । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त चन्द्र ओझा र कानून अधिकृत जयप्रसाद सुवेदी तथा अभियन्ता रानाभाटबीच  सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सरकारी, निजी तथा सामुदायिक अस्पतालमा कार्यरत नर्स, मिडवाइफ र स्वास्थ्यकर्मीको पारिश्रमिक तथा सेवा सुविधा निर्धारणका लागि ७ दिनभित्र कार्यदल गठन गरी ६ महिनाभित्र काम सम्पन्न गर्ने सहमति भएको छ । ७ दिनभित्र नर्स तथा मिडवाइफको पारिश्रमिक, सेवा–सुविधा र सम्मानजनक सेवा शर्त निर्धारणका लागि कार्यदल गठन गर्ने पनि सहमति भएको छ ।

साथै स्वास्थ्य सेवा ऐन, नर्सिङ तथा मिडवाइफ्री सेवा ऐन र सम्बन्धित नियमावलीमा संशोधन र प्रभावकारी रूपमा लागू गर्ने सहमतिमा उल्लेख छ । त्यस्तै, अस्पतालहरूमा न्यूनतम सेवा मापदण्ड अनिवार्य लागू गर्ने, छात्रवृत्ति प्राप्त स्वास्थ्यकर्मी परिचालन निर्देशिका परिमार्जन गर्ने, ‘एक स्वास्थ्यकर्मी–एक स्वास्थ्य संस्था’ मापदण्ड परिमार्जन गर्ने, तथा प्रवेश परीक्षा नीति सुधार गर्नेजस्ता तत्काल कार्यान्वयन गर्नुपर्नेलगायत विभिन्न १९ बुँदामा सहमति भएको हो ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

mr-beast.jpg-43ff0bf0-16ba-4489-b4f6-0e5d66b6d458

रसुवा बाढीपीडितका लागि चर्चित युट्युबर ‘मिस्टर बिस्ट’ ले संकलन गरे १० लाख डलर

३१ भदौ, काठमाडौं । चर्चित अमेरिकी युट्युबर ‘मिस्टर बिस्ट’ ले रसुवा बाढीपीडितको १० लाख अमेरिकी डलर...
2photo

१९ वर्षीया छोरी बलात्कार आरोप लागेका बाबु थुनामा

भरतपुर । १९ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोग लागेका बाबु पुर्पक्षका लागि थुनामा गएका छन्...
japan-old-people-1789539499

जापानमा १ लाखभन्दा धेरै मानिस १०० वर्ष वा त्योभन्दा धेरै उमेरका

जापानमा १०० वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसहरूको सङ्ख्या पहिलो पटक १ लाख नाघेको छ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०