"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सुस्तामा भारतीय पक्षले बाँध भत्काएपछि विवाद

Table of Content

काठमाण्डौ — पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको नारायणी नदीपारिको सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र सुस्तावासीबीच विवाद भएको छ ।

नारायणी नदी नियन्त्रणका लागि सुस्तावासीले बनाएको अस्थायी बाँध भारतीय सुरक्षाकर्मीले हिजो भत्काउन थालेपछि विवाद भएको हो । माटो भरेर बनाइएको अस्थायी बाँध भारतीय पक्षले भत्काउन थालेपछि स्थानीयले प्रतिकार गरेको सुस्ता बचाऊ अभियानले जनाएको छ ।

नारायणी नदीमा सङ्घीय सरकारले दुई खण्डमा विभाजन गरेर तटबन्ध निर्माणको प्रयास गरेको भए पनि नदी किनारको पूर्वी खण्डमा भारतले तटबन्ध बनाउन रोक लगाएको थियो । यसअघि जेठ २९ गते भारतीय सुरक्षा निकायले अवरोध गरेपछि तनाव भएको थियो ।

भारतले तटबन्ध बनाउन रोकेको ठाउँमा बाढी पस्न थालेपछि स्थानीयबासिन्दाले अस्थायी बाँध बनाएका थिए । सादा पोसाकमा आएका भारतीय सुरक्षाकर्मीले अस्थायी बाँध भत्काउन थालेपछि स्थानीयहरूले प्रतिकार गर्दा केहीबेर तनाव भए पनि अहिले स्थिति सामान्य रहेको स्थानीय प्रशासनले जनाएको छ ।

समस्या समाधानको लागि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले आज स्थानीयबासिन्दा र सुरक्षाकर्मीबीच छलफल गर्दैछ । नारायणी नदीपारिको ऐतिहासिक भूमि सुस्तामा स्थानीयबासिन्दा र भारतीय सुरक्षा निकायबीच बेलाबेलामा विवाद हुँदै आएको छ ।

सुस्तामा कुनै सीमा स्तम्भ नभएका कारण सीमाको विषयमा विवाद हुँदै आएको छ । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०