"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

चितवनमा कक्षा १० पढ्दा पढ्दै लाहुरे बन्न गएका थिए ‘निम्स दाइ’

Table of Content

भरतपुर, साउन १७-

पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को रामनगरस्थित घर शोकमग्न बनेको छ । चितवनको भरतपुर महानगरपालिका–१ रामनगरमा निम्स दाइको घर रहेको छ ।

उक्त घरमा पछिल्लो समय उनका माइलो दाइको परिवार बस्दै आएको छ । निम्स दाइ हिमालमै अस्ताएको खबर आएपछि रामनगर घरमा उनको तस्वीरमा माल्यार्पण गर्नुका साथै दिप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको छ । आफन्तहरु घरमा पुगेका छन् ।

निम्स दाइको साहस र बाल्यकाल सम्झिँदै आफन्तहरु भावुक बनेका छन् । हिमाल चढ्दा सँधै आफुलाई बताउने गरेको भाईले पाकिस्तान जाँदा केहि खबर नगरेको भनि माइलो दाइ जितबहादुर पुर्जा पुन भक्कानिए । ‘पहिला हिमाल चढ्दा घरमा धुपबत्ती बाल्देउ है दाइ भन्थ्यो । पाकिस्तान जाने बेलामा चाँहि मलाई केहि नभनि गयो’, यति भन्दै उनी भावुक भए ।

निर्मलका चार दाजुभाई र एक बहिनी छन् । बहिनी अष्ट्रेलियामा छन् । निर्मलका बुबा पनि ब्रिटिस आर्मी थिए । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ दानामा जन्मिएका उनले चितवनको आँपटारीस्थित स्मल हेभन स्कुलमा कक्षा ३ देखि १० सम्म पढेका थिए । उक्त स्कुल अहिले कल्याणपुरमा सरेको छ ।

कक्षा १० को टेस्ट परीक्षा दिएपछि उनी एसएलसी नदिइकन लाहुरे बन्न गएका थिए । ब्रिटिस आर्मीको जागिर छाडेका निम्स दाइले १४ वटा भीमकाय हिमालहरू चढेर विश्व किर्तिमान बनाएका छन् । ४० वर्ष अघि उनको परिवार चितवन बसाईसरेर आएको थियो ।

स्मल हेभन स्कुलमा २०५२ सालदेखि काम गर्दै आएका प्रशासकिय अधिकृत धर्मराज घिमिरेका अनुसार निर्मल पुर्जा २०५१ सालमा कक्षा ३ मा भर्ना भएका थिए । उनीसँगै बहिनी अनिता पनि सोहि स्कुलमा भर्ना भएकी थिइन् । निर्मलले त्यहाँ कक्षा १० सम्म पढे । ‘खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा उनी अब्बल थिए । म निर्मलसँग अलि नजिक पनि थिए’, स्कुलको प्रशासनमा काम गर्ने कर्मचारी घिमिरेले भने, ‘अग्रजलाई असाध्यै समान्न गर्ने मान्छे थियो । विश्व रेकर्ड बनाएपछि हामीले सम्मान पनि गरेका थियौँ ।’

निर्मलको सम्मानमा रथयात्रा निकालिएको थियो । ‘दाई र बुबा ब्रिटिस आर्मीमा रहेकाले पनि होला १० कक्षा पढ्दा पढ्दै उनलाई पनि फौजी हुन मन लागेछ । टेस्ट परीक्षा दिएर एसएलसी नदिइकन उनी लाहुरे बन्न गए’, उनले विगत सम्झिँदै भने, ‘विद्यार्थी त धेरै हुन्छन् तर, निर्मल जस्तो विद्यार्थी पाउन गाह्रो हुन्छ ।’

निर्मलको बारेमा बोल्दा बोल्दै उनी भावुक पनि भए । ‘यतिछिट्टै हामीलाई छाडेर गए । धेरै दुःख लागेको छ’, भावुक हुँदै उनले भने, ‘सर तपाईलाई केहि प¥यो भने मलाई सम्झिनु है भनेर भन्थे ।’ चितवन आएका बेला जहिल्यै निर्मलसँग उनको भेट हुन्थ्यो । आफ्नो बुबा वितेका बेला निर्मल रामनगर घर आएका थिए । निर्मलसँग अन्तिम पटक त्यहि भेट भएको थियो घिमिरेको । विश्व किर्तिमान बनाएपछि निर्मलले आफ्नो आमालाई हेलिप्टरमा राखेर हिमालको बेसक्याम्प लगेका थिए ।

निर्मल हिमपहिरोमा परेको खबर घिमिरेले समाचार पढेर थाहा पाएका थिए । ‘निर्मल असाधारण व्यक्ति हो । साहसी मान्छे हो । कुनै न कुनै उपाय अपनाएर हिमपहिरो छलेर बाँच्छन् भन्ने लागेको थियो । तर, हामी सबैलाई छाडेर उनी गए’, उनले भने ।

‘निर्मल सैद्धान्तिक भन्दा पनि अतिरिक्त क्रियाकलापमा बढी अब्बल थिए’, उनलाई गणित विषय पढाएका शिक्षक केशव घिमिरे भन्छन्, ‘खेलकुदमा उनको रुची धेरै थियो । निर्मललाई मैले कक्षा ५ देखि ९ सम्म गणित पढाएँ । उनी एकदमै साहसी व्यक्ति हुन् ।’ उनले स्मल हेभनमा २०५२ सालदेखि २०६२ सालसम्म पढाएका थिए ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

pokhara-airport-1787662073

पोखरा–दुबई उडान दिगाे बनाउन पर्यटन व्यवसायीको अग्रसरता

कास्की – आउँदाे असोज ७ गतेदेखि शुरू हुने पोखरा–दुबई सीधा हवाई उडानलाई दिगो बनाउन पाेखराका पर्यटन...
thumb

बागमतीका मुख्यमन्त्री किरण थापामगरले पाए विश्वासको मत, पक्षमा ५७ मत

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री...
yatayat-bibhag_Fjtt36iW48

बालेन सरकारले सिस्टम फेर्दा यातायातमा बिजोग, लाइसेन्सको फर्म भर्न तथा नवीकरणमा सास्ती

काठमाडौँ । सार्वजनिक सेवा प्रवाहमा प्रविधिमैत्री बनाउने भन्दै सुरु गरिएका विभिन्न प्रयासहरू कहिलेकाहीँ कसरी गलपासो...
birganj-karakhana (1)

सरकारी कार्यदलद्वारा वीरगञ्ज चिनी कारखानाको स्थलगत निरीक्षण

९ भदौं, वीरगञ्ज । लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुन: सञ्चालनको सम्भाव्यता अध्ययन...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०