"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सिरहामा बालेन सरकारविरुद्ध चर्कियो आक्रोश ! गृहमन्त्रीलाई गाउँ प्रवेशमै रोक्ने चेतावनी

Table of Content

सिरहामा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार, आफन्त र स्थानीयवासीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रदर्शन गरेका छन्।

सुनसरी घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका औरही गाउँपालिका–२ तुलसियाहीका गणेश यादवको परिवारलाई भेट्न गृहमन्त्री गुरुङ आउने सूचना पाएपछि स्थानीयले बनिनिया चोकमा विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले हातमा विभिन्न प्लेकार्ड बोकेर बालेन सरकार र गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका छन्। उनीहरूले “मृतकले न्याय नपाउञ्जेल गृहमन्त्रीलाई गाउँ प्रवेश गर्न नदिने” चेतावनीसमेत दिएका छन्।

गोली प्रहारबाट १५ वर्षीय बालकको मृत्यु भएको घटनाले स्थानीयमा तीव्र आक्रोश फैलिएको छ। पीडित परिवारले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र न्यायको सुनिश्चितता माग गर्दै आन्दोलनलाई निरन्तरता दिएका छन्।

यस घटनापछि सिरहाको सुरक्षा अवस्था संवेदनशील बनेको छ भने स्थानीय प्रशासनले परिस्थितिमाथि निगरानी बढाएको जनाएको छ। मृतक परिवारसँग भेटका लागि गृहमन्त्रीको कार्यक्रमलाई लक्षित गर्दै विरोध प्रदर्शन चर्किएसँगै क्षेत्रको अवस्था थप तनावपूर्ण बनेको छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Sasmit-pokhre-1789262267

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य नरोकिने शिक्षामन्त्री पोखरेलको प्रतिक्रिया

काठमाण्डौ – सिराहामा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सहभागी भएको कार्यक्रममा विवाद भएको छ ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०