"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

एसएसपीदेखि एआईजीसम्म १५ अधिकृत मधेशमा खटिए, को–कहाँ ? (सूचीसहित)

Table of Content

मोरङ, सुनसरी, सिरहा, धनुषा लगायत जिल्लाहरुमा तनाव सिर्जन भएको छ । आगजनी तोडफोडका घटना भएका छन् । कर्फ्यु लगाउँदै सेना परिचालन गरिएको छ ।

१५ साउन, काठमाडौं । तराई–मधेशमा विकसित पछिल्लो घटनाक्रमको सुरक्षा आकलन गर्दै प्रहरी प्रधान कार्यालयले एसएसपीदेखि एआईजीसम्मका १५ अधिकृतलाई तराई मधेश खटाइएको छ ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार १५ उच्च अधिकृतलाई तराई–मधेश परिचालन गरिएको हो । १० साउनका राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच विवाद हुँदा सुरक्षाकर्मीको गोलीले लागेर एक जनाको ज्यान गएको थियो ।

त्यसपछि यही विषयलाई कारण देखाउँदै तराईका मोरङ, सुनसरी, सिरहा, धनुषा लगायत जिल्लाहरुमा तनाव सिर्जन भएको छ । आगजनी तोडफोडका घटना भएका छन् । कर्फ्यु लगाउँदै सेना परिचालन गरिएको छ । अहिलेसम्म तीन जनाको ज्यान गएको छ ।

यही घटनाका लागि थप प्रहरी जनशक्ति तराई केन्द्रीत बनाइएको हो । स्रोत साधनको परिचालन, प्रभाकारी मूल्यांकन, नीति निर्देशक, सुरक्षा कार्ययोजना, सूचना संकलन तथा विश्लेषण र आवश्यकता अनुसार फिल्डमा खटिएर काम गर्न उच्च अधिकृतहरुलाई परिचालन गरिएको हो ।

उनीहरुले प्रदेश र जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी सहजीकरण गर्ने बताइएको छ ।

को कहाँ खटिए ?

एआईजी शिद्धी विक्रम शाह– बाँके

एआईजी हिमालय कुमार श्रेष्ठ– मधेश प्रदेश

एआईजी उमा प्रसाद चतुर्वेदी– कपिलवस्तु

एआईजी ईशवर कार्की–कोशी प्रदेश र सुनसरी

डीआईजी दिनेश कुमार आचार्य – सिरहा

डीआईजी अबि नारायण काफ्ले–सप्तरी

एसएसपी गोपाल चन्द्र भट्टराई –सर्लाही

एसएसपी सोमेन्द्र सिंह राठौर – पर्सा

एसएसपी दीप शम्शेर जबरा–रौतहट

एसएसपी नवराज अधिकारी– चितवन

एसएसपी कृष्ण प्रसाद पंगेनी– महोत्तरी

एसएसपी होबिन्द्र बोगटी– बारा

एसएसपी ज्ञानेन्द्र प्रसाद फुयाँल– मोरङ

एसएसपी भुवनेश्वर तिवारी– धनुषा

एसएसपी अमरेन्द्र बहादुर सिंह – मधेश

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Sasmit-pokhre-1789262267

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य नरोकिने शिक्षामन्त्री पोखरेलको प्रतिक्रिया

काठमाण्डौ – सिराहामा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सहभागी भएको कार्यक्रममा विवाद भएको छ ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०