"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बौद्ध गेटअगाडि महिलाको आत्मदाह प्रयास, ५० प्रतिशतभन्दा बढी शरीर जल्यो

Table of Content

बौद्ध गेटअगाडि महिलाको आत्मदाह प्रयास, ५० प्रतिशतभन्दा बढी शरीर जल्यो

काठमाडौं। बौद्धमा खाजाघर सञ्चालन गर्दै आएकी एक महिलाले बौद्ध गेटअगाडि आत्मदाहको प्रयास गरेकी छिन्। आत्मदाहको प्रयासबाट उनको शरीर ५० प्रतिशतभन्दा बढी जलेको छ।

काभ्रेको तिमाल स्थायी घर भई हाल बौद्धमा बसोबास गर्दै आएकी २७ वर्षीया सालु गुरुङले सोमबार बेलुकी पौने ४ बजे बौद्ध गेटअगाडि आफ्नो शरीरमा आगो लगाएकी हुन्।

घटनाको जानकारी दिँदै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले घाइते गुरुङको कीर्तिपुरस्थित बर्निङ अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको जानकारी दिए।

घटनालगत्तै उनको उद्धार गरी गोकर्णेश्वर–६ स्थित सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो। तर, उनको अवस्था गम्भीर भएपछि थप उपचारका लागि तत्काल कीर्तिपुरस्थित बर्निङ अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।

विवाहित गुरुङले बौद्ध क्षेत्रमै खाजाघर सञ्चालन गर्दै आएकी थिइन्। उनले किन यस्तो चरम कदम चालिन् भन्ने विषयमा हालसम्म कुनै पनि कारण खुल्न सकेको छैन। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

balen-shah-1786784298 (1)

सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा छलफल : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रतिबद्धता

काठमाण्डाै – प्रधानमन्त्री वालेन्द्र शाह र देशका शीर्ष उद्योगी–व्यवसायीहरूबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र...
First-aid-service-1789179650

आज विश्व प्राथमिक उपचार दिवस, नेपालमा पनि मनाइँदै

काठमाण्डौ – आज विश्व प्राथमिक उपचार दिवस । ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने मूल नाराका...
Gunlla-parba--3--1789182172

नेवार समुदायले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आज विधिपूर्वक समापन हुँदै

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित नेवार समुदायले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आज विधिपूर्वक पूजाआराधना र...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०