"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

फेसबुक र इन्स्टाग्राममा विश्वव्यापी समस्या, भएको के हो ?

Table of Content

काठमाडौँ । मेटाका प्रमुख प्लेटफर्महरू फेसबुक र इन्स्टाग्राम विश्वव्यापी रूपमा अवरुद्ध भएका छन्। समाचार संस्था ‘न्युजविक’का अनुसार अमेरिकी समयअनुसार बिहान ३:२५ बजेदेखि सुरु भएको यो समस्याले केही घण्टामै विश्वभरका लाखौँ प्रयोगकर्तालाई प्रभावित बनाएको छ।

नेपालमा समेत आइतबार दिउँसो साढे १ देखि कैयन प्रयोगकर्ताले फेसबुक नखुलेको बताएका छन् । डेस्कटपबाट फेसबुक लगइन गर्दा खुलेको छैन भने कतिपयले एपबाट भने खुलेको बताएका छन् । 

सुरुमा अमेरिकाबाट रिपोर्ट गरिएको यो समस्या केही समयमै विश्वभर फैलियो । अनलाइन सेवाहरूको अवस्था निगरानी गर्ने ‘डाउनडिटेक्टर’का अनुसार हजारौं प्रयोगकर्ताले एकैसाथ गुनासो दर्ता गरेका छन्।

डेस्कटप प्रयोगकर्ता बढी प्रभावित
यस पटकको अवरोधमा एउटा रोचक ढाँचा देखिएको छ। डाउनडिटेक्टरका अनुसार ६३ प्रतिशत समस्या वेबसाइट (डेस्कटप ब्राउजर) मा देखिएको छ भने २० प्रतिशत मोबाइल उपकरण र १० प्रतिशत एपमा देखिएको छ। धेरैजसो प्रयोगकर्ताले मोबाइलमा फेसबुक चलिरहेको तर डेस्कटपमा खाता अस्थायी रूपमा उपलब्ध छैन भन्ने सन्देश देखाइरहेको बताएका छन्।

केही प्रयोगकर्ताहरूले अनौठो र डरलाग्दो अनुभव पनि साझा गरेका छन्। सामाजिक सञ्जाल ‘रेडिट’ मा एक प्रयोगकर्ताका अनुसार, उनलाई सुरुमा “तपाईंलाई अस्थायी रूपमा प्रतिबन्ध लगाइएको छ भन्ने सन्देश आएको थियो । जुन पछि सामान्य त्रुटिमा परिणत भयो। यस्ता सन्देशका कारण कतिपय प्रयोगकर्ताहरू आफ्नो खाता ह्याक भएको वा बन्द भएको आशंकाले चिन्तित बनेको पाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । 

मेटाले आफ्नो आधिकारिक त्रुटि सन्देशमा भनेको छ— ‘साइटमा आएको समस्याका कारण तपाईंको खाता अहिले उपलब्ध छैन। हामी यो समस्या चाँडै समाधान हुने अपेक्षा गर्दछौं। कृपया केही मिनेटपछि पुनः प्रयास गर्नुहोस्।’ तर ठ्याक्कै के भएको हो भन्नेबारे बताएको छैन । 

सन् २०२१ मा मेटाका फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप झण्डै ६ घण्टाका लागि विश्वभर ठप्प भएका थिए। त्यतिबेला कम्पनीले नेटवर्क पूर्वाधारमा भएको ‘कन्फिगरेसन परिवर्तन’का कारण उक्त समस्या आएको बताएको थियो। त्यसपछि पनि मेटाका प्लेटफर्ममा समस्या देखिँदै आएको छ । 

न्युजविकले यसबारे मेटालाई इमेलमार्फत आधिकारिक जानकारी मागेको जनाएको छ, तर अहिलेसम्म कम्पनीले समस्याको मुख्य कारण र समाधान भइसक्ने निश्चित समय खुलाएको छैन। 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Rastriya-sabha-1

गरिमा हत्याबारे सांसदहरूले मागे सरकारको जवाफ

५ भदौ, काठमाडौं । बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विषयमा सांसदहरूले...
bodhnarayan-shrestha-1787296353

संसदीय सुनुवाइ समितिमा सेना र सुरक्षासँग जोडिएको उजुरी

काठमाण्डाै – संसदीय सुनुवाइ समितिमा सेना र सुरक्षासँग जोडिएको गम्भीर प्रकृतिको उजुरी परेको छ ।...
nrb_SUlch7i9la

राष्ट्र बैंकको गभर्नर र सञ्चालकको योग्यतासम्बन्धी प्रावधान परिमार्जन गरिँदै

काठमाण्डाै – सङ्घीय संसद्को अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐनमा संशोधन गर्दै गभर्नर तथा सञ्चालकहरूको...
mastarni-1787283118

आजदेखि ‘मास्टर्नी’ प्रदर्शनमा

काठमाण्डाै —  अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’ आजदेखि प्रदर्शनमा आएको छ। आयंका फिल्म्सको प्रस्तुतिमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०