"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

जलविरे दुर्घटना अपडेट : दुई बस र ट्रक ठोक्किँदा २५ जना घाइते, बाटो अवरुद्ध

Table of Content


काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको जलविरेमा दुई बस र एउटा ट्रक आपसमा ठोक्किएका छन् ।

उक्त दुर्द्धटनामा परी २५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार आइतबार (साउन ३) बिहान ७:१० बजे उक्त दुर्घटना भएको हो ।

प्रहरीका अनुसार काठमाडौंबाट दाङतर्फ जाँदै गरेको यात्रुबाहक बस र सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस, सोही दिशाबाट आउँदै गरेको ट्रकमा ठक्कर खाएर दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारको लागि भरतपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुवै बस र ट्रक घटनास्थलमा रहेकोले दुइतर्फी बाटो अवरुद्ध भएकोछ । बाटो खुलाउने प्रयास भइरहेको पनि जनाइएको छ ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Rastriya-sabha-1

गरिमा हत्याबारे सांसदहरूले मागे सरकारको जवाफ

५ भदौ, काठमाडौं । बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विषयमा सांसदहरूले...
bodhnarayan-shrestha-1787296353

संसदीय सुनुवाइ समितिमा सेना र सुरक्षासँग जोडिएको उजुरी

काठमाण्डाै – संसदीय सुनुवाइ समितिमा सेना र सुरक्षासँग जोडिएको गम्भीर प्रकृतिको उजुरी परेको छ ।...
nrb_SUlch7i9la

राष्ट्र बैंकको गभर्नर र सञ्चालकको योग्यतासम्बन्धी प्रावधान परिमार्जन गरिँदै

काठमाण्डाै – सङ्घीय संसद्को अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐनमा संशोधन गर्दै गभर्नर तथा सञ्चालकहरूको...
mastarni-1787283118

आजदेखि ‘मास्टर्नी’ प्रदर्शनमा

काठमाण्डाै —  अभिनेत्री प्रियंका कार्की अभिनित चलचित्र ‘मास्टर्नी’ आजदेखि प्रदर्शनमा आएको छ। आयंका फिल्म्सको प्रस्तुतिमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०